Trending
>>   पुस १२ गतेभित्र राष्ट्रिय सभा बैठक बोलाउँछौँः नारायणप्रसाद दाहाल >>   सडक पीडित श्रेष्ठ भन्छन् – हामी सुकुम्वासी हुने भयौँ >>   फागुन २१ मा निर्वाचन नभए सरकारको औचित्य समाप्त हुन्छः वर्षमान पुन >>   नेपाल आउने भारतीय र भारत जाने नेपालीले प्रतिव्यक्ति भा.रु. २५ हजारसम्म बोक्न पाउने >>   एपिएफ फाइनलनजिक >>   रोजगारी सिर्जना र विदेशी मुद्रा आर्जनमा हस्तकला व्यवसायको भुमिका महत्वपूर्णः मन्त्री सिन्हा >>   चिसोलाई चुनौती: जाडोमा स्वस्थ रहने ५ प्रभावकारी उपाय >>   विधान संशोधन गरी १० औँ महाधिवेशनकै कमिटीमा फर्कियो एमाले, युवाका लागि छुट्यायो क्लस्टर >>   मौलिक खाना प्रवर्द्धन गर्न खाद्य मेला >>   एमालेले वरिष्ठ उपाध्यक्ष पद हटायो, उपाध्यक्ष पाँच जना रहने
Logo
१ पुष २०८२, मंगलवार
१ पुष २०८२, मंगलवार

ट्रकको ठक्करबाट एक महिलाको मृत्यु, पूर्वपश्चिम राजमार्ग अवरुद्ध


७ भदाै, राैतहट । सडक दुर्घटनामा एक महिलाको मृत्यु भएको घटनामा आज दिउँसोदेखि रौतहटको पूर्वपश्चिम राजमार्ग बागमती–चपुर सडकखण्ड अवरुद्ध भएको छ ।

चन्द्रपुर नगरपालिका वडा नं १ स्थित बागमती क्षेत्रमा ट्रकको ठक्करबाट स्थानीय करिव ५५ वर्षीया बिमलाकुमारी बिमलीको मृत्यु भएपछि आक्रोशित स्थानीयवासीले उक्त ट्रकमा आगजनी गर्नाका साथै राजमार्ग पनि अवरुद्ध गरेका हुन् ।

पश्चिम दिशाबाट पूर्वतर्फ जाँदै गरेको ना ६ ख १५०० नं को मालबाहक ट्रकले ठक्कर दिँदा उनि सख्त घाइते भएपछि चालकले जानीजानी गाडी ब्याक गरेर मारेको आरोप लगाउँदै उनीहरूले ट्रकमा आगजनी गरेको बताइएको छ

उक्त ट्रकका चालक फरार भएका र सहचालकलाई भने नियन्त्रणमा लिइएको इलाका प्रहरी कार्यालयले जनाएको छ । आगजनी भएको ट्रकको आगो निभाउन गएको नगरपालिकाको दमकललाई आक्रोशित स्थानीयवासीले तोडफोड गरी क्षति पुर्याएको बताइएको छ ।

दमकलमा ढङ्गा प्रहार गर्दा ना १ झ ६८८ नं को उक्त दमकलको अगाडिको शिशा पूर्णरूपले फुटेको र चालक कुमार बस्नेत सामान्य घाइते भएका छन् । चालक बस्नेतले आफ्नो आँखामा शिशाको टुक्राले चोट पुर्याएको बताए ।


प्रकाशित मिति: ७ भाद्र २०८०, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?