Trending
>>   आज मिति २०८२ साल भदौ ०२ गते सोमबार,हेर्नूहोस् आजको राशिफल >>   पल्सर स्पोर्ट्स अवार्ड, २०८१ को पिपल्स च्वाइसको मनोनयनमा पाँच खेल विधाका खेलाडी >>   दुर्गममा काज खटाउँदा जान नमान्ने कर्मचारीको नाम सार्वजनिक गर्छौंः मन्त्री न्यौपाने >>   ५९ वटा स्थानीय तहले समयमा नै बजेट ल्याउन सकेनन् >>   प्रधानमन्त्रीको प्रतिवद्धताः प्रतिगमनकारी कुनै कानूनको मस्यौदा संसदमा पठाउँदैनौँ >>   साफ महिला यु–१७ च्याम्पियनसिप जित्छौंः प्रशिक्षक श्रेष्ठ >>   सडक सुरक्षाको दीर्घकालिन योजनाको काम सरकारले कहिलेदेखि थाल्छ:निशा डाँगी >>   आगामी वर्षदेखि नोटबाहेक सबै छपाई सम्बन्धी काम सुरक्षण मुद्रण केन्द्रले गर्छः सञ्चारमन्त्री >>   परराष्ट्रमन्त्री डा. राणा र भारतीय विदेश सचिव मिश्रीबीच भेट >>   सरकारका कदमहरु सुशासनका विरुद्धमाः माओवादी उपाध्यक्ष भुसाल
Logo
१ भाद्र २०८२, सोमबार
१ भाद्र २०८२, सोमबार

एक महिनामा एक सयभन्दा बढीले लिए सर्पदंशको उपचार


७ भदाै, चितवन । भरतपुर अस्पतालमा साउनमा मात्र एक सय १७ जना सर्पदंशका बिरामीले उपचार लिएका छन् । चितवनसहित छिमेकी जिल्लाबाट आएका सर्पदंशका बिरामीले सेवा लिएका हुन् । उपचारमा आएकामध्ये १३ जनालाई एन्टिस्नेक भेनम प्रयोग गरि उपचार गरिएको थियो भने अन्यलाई सामान्य उपचारपछि घर फर्काइएको छ ।

चितवन, नवलपुर, मकवानपुर, तनहुँलगायतका जिल्लाबाट सर्पदंशका बिरामी भरतपुर अस्पताल आउने गरेको अस्पतालका सूचना अधिकारी गोपाल पौडेलले जानकारी दिए । उनका अनुसार सर्पदंशका बिरामीमध्ये एन्टिस्नेक भेनम औषधिको प्रयोग गर्नुपरेकालाई सघन उपचार कक्षमा राखी उपचार गरिएको थियो । उनले भने, “गत आर्थिक वर्षमा २२ जनालाई एन्टिस्नेक भेनम दिइएको थियो ।”

यस्तै सोही समयमा ७१ जनाको सघन उपचार कक्षमा राखेर उपचार गरिएको थियो । सर्पदंशका बिरामी बढी सङ्ख्यामा वर्षात्का समयमा आउने गरेको चिकित्सकले बताएका छन् । वरिष्ठ फिजिसियन डा महेन्द्र अग्रहरीका अनुसार खेती लगाउने समयमा सर्पदंशको समस्या बढी हुने गर्दछ ।

विषालु सर्पले टोक्दा बिरामीलाई पेट दुख्ने, कमजोरी महसुस हुने, आँखाको परेला झर्ने, हात खुट्टा चलाउन नसक्ने, बान्ता हुने, बेहोस हुनेजस्ता लक्षण देखिने उनले बताए । उनले भने, “विषादी नभएको सर्पले टोक्दा घाउ हुने र सुनिने मात्रै हुन्छ ।”

रुखमा पाइने हरियो सर्पले टोक्दा रक्तश्राप बढी हुने, सुनिनेजस्ता लक्षण देखिने गरेको उनले जानकारी दिए । सर्पले टोकेमा दौडिन, हिँड्न र हलचल गर्न नहुने, टोकेको ठाउँमा भन्दामाथि रक्तसञ्चार विस्तारै होस् भनेर बाँध्ने र नजिकैको अस्पतालमा लैजाने गर्नुपर्ने उनको भनाइ छ ।

तेह्र वर्षअघि सर्पदंशका कारण श्रीमती गुमाएका भरतपुर महानगरपालिका–८ का धर्म कार्कीले पछिल्ला वर्षमा सर्पदंशका कारण मृत्यु हुनेको सङ्ख्या घट्दै गएको बताए । उनले भने, “यस्ता घटना जसलाई पर्छ उसको परिवारले ठूलो पीडा भोग्नुपर्दो रहेछ, मेरो परिवारले जस्तो अरुले भोग्नु नपरोस् ।”

वर्षातको समयमा सरकारी तवरबाट व्यापक रुपमा जनचेतना जगाएर सर्पदंशका घटनामा कमी ल्याउनुपर्ने उनले सुझाव दिए ।


प्रकाशित मिति: ७ भाद्र २०८०, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?