Trending
>>   सरकारले जेन–जी आन्दोलनको लक्ष्य अनुसार काम गरिरहेको छः स्वास्थ्यमन्त्री गौतम >>   अदालतबाट न्याय पाएर फर्किएको छुः हितेन्द्रदेव शाक्य >>   सक्रिय राजतन्त्रसँग सहमत छैनौँः धवल शमशेर जबरा >>   राजा, राजनीतिक दल र जेन–जी पुस्ताबीच नयाँ समझदारी गरेर अघि बढौं : राजेन्द्र लिङदेन >>   केपी ओलीले महिलाको अपमान गर्छन्ः अष्टलक्ष्मी शाक्य >>   निर्णय नलिने प्रोजेक्ट म्यानेजरलाई छानविन गरेर कारबाही गर्नुपर्छः कुलमान घिसिङ >>   लुम्बिनीमा भारत–नेपाल सांस्कृतिक महोत्सवको तेस्रो संस्करण सम्पन्न(तस्बिरसहित) >>   इन्धनबाट चल्ने गाडीहरु विस्थापन हुँदा सयौँ मजदुरहरु पलायन हुने स्थिति आयोः श्रेष्ठ >>   देशभरका भन्सार कार्यालयमा पेन डाउन, जाँचपास सेवा पूर्णरूपमा ठप्प >>   यो चुनावी सरकार मात्र होइन,कसैको धम्कीबाट डराउँदैनौँः प्रधानमन्त्री कार्की
Logo
२४ मंसिर २०८२, बुधबार
२४ मंसिर २०८२, बुधबार

पहिरोले वडा र स्वास्थ्य भवन जोखिममा


७ भदाै, बैतडी । वर्षाले पहिरो जाँदा बैतडीको एक वडा कार्यालय र स्वास्थ्य भवन जोखिममा परेको छ । जिल्लाको पुर्चाैडी नगरपालिका–१० को वडा कार्यालय र सुर्नया गाउँपालिका–४ स्थित शान्तिपुर सामुदायिक स्वास्थ्य एकाइको भवन पहिरोको जोखिममा परेको हो ।

वर्षापछि वडा कार्यालय अगाडिको पर्खाल भत्किएपछि भवन जोखिममा परेको सामाजिक परिचालक रनबहादुर विष्टले जानकारी दिए । यस्तै लगातारको वर्षाले सुर्नया गाउँपालिका–४ स्थित शान्तिपुर सामुदायिक स्वास्थ्य इकाइको भवन पनि जोखिममा परेको छ । एकाइका अहेब विनोद भट्टका अनुसार स्वास्थ्य एकाइको भवनको आँगन पहिरोले भत्काएपछि भवन नै पहिरोको जोखिममा परेको छ । यसअघि पनि सोही ठाउँमा २०७७ सालमा प्रसूति सेवा केन्द्रको भवन पहिरोले भत्काएको थियो । त्यो बेला स्वास्थ्य एकाइको नयाँ भवन निर्माण भएकाले सेवा सञ्चालन गरिएको थियो । नयाँ भवन पनि पहिरोको जोखिममा परेपछि स्वास्थ्य सेवा प्रभावित भएको छ ।

यसैबीच बर्सातका कारण यहाँका ग्रामीण क्षेत्रको यातायात सेवा सञ्चालनमा समस्या भएको छ । कतिपय ठाउँमा वर्षाले बिग्रिएका ग्रामीण सडक नबन्दा सास्ती खेप्नुपरेको छ । बर्सातको समयमा पानीका कारण ठाउँ ठाउँमा खाल्टाखुल्टी परेर बिग्रिएका सडक समयमै मर्मत नहुँदा ओहोरदोहर गर्ने यात्रुलाई अहिले सास्ती भएको हो ।

बर्सातले बिग्रिएका सडक नबन्दा जोखिम मोलेर यात्रा गर्नुपरेको यात्रुको गुनासो छ । जिल्लाका विभिन्न पालिकाभित्र रहेका ग्रामीण सडक बर्सातका कारण बिग्रिएका छन् । बर्सातले भत्किएर, खाल्टाखुल्टी परे पनि सम्बन्धित निकायले समयमै मर्मत नगरिदिँदा समस्या भएको हो । वर्षातले सडकखण्डको हालत खराब भए पनि स्थानीय सरकारको ध्यान नगएको नागरिकको आरोप छ । महिनौँसम्म ग्रामीण सडक सञ्चालन नहुँदा खाद्यान्नसमेत अभाव हुने गरेको स्थानीय बासिन्दाले बताएका छन् ।

यसअघि साउन ८ गते बिहान पहिरोले घर पुर्दा बैतडी पुर्चौडीमा आमाछोराको मृत्यु भएको छ । पहिरोले पुर्चाैडी नगरपालिका–२ भैरु टोलका २४ वर्षीया अञ्जु जागरी र ४ वर्षीय रिजन जागरीको मृत्यु भएको थियो ।


प्रकाशित मिति: ७ भाद्र २०८०, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?