Trending
>>   सहकारी पीडितको वचत फिर्तामा सरकार संवेदनशील, १ लाख मुनिकालाई प्राथमिकता >>   सरकारद्वारा चैत १९ मा संघीय संसदको अधिवेशन आह्वान गर्न सिफारिस, संविधान संशोधनका लागि कार्यदल गठन >>   सांसदहरुलाई पूर्णबहादुर खड्काले भने–‘संविधान संशोधनको मुद्दा उठेको छ, ख्याल गर्नुहोला’ >>   बालश्रम शोषणको आरोपमा सांसद रेखा शर्मा पक्राउ >>   राइड शेयरिङमा मनोमानी बढेको भन्दै ‘प्रो राइडर समूह’ आन्दोलित, प्रतिकिलोमिटर २७ रुपैयाँ भाडा तोक्न माग >>   सरकारको कार्ययोजनाः सार्वजनिक खरिद सुधारदेखि ऊर्जा निर्यात रणनीतिसम्म >>   ‘बखान’ उपन्यासलाई शहीद शिवप्रसाद पौडेल स्मृति राष्ट्रिय पुरस्कार >>   पीएसपीपी कार्यान्वयन गर्ने सरकारी निर्णयको निजी क्षेत्रबाट स्वागत >>   पूर्वप्रधानमन्त्री र गृहमन्त्रीको पक्राउः कानूनको शासन कि शक्तिको कानून ? >>   सरकारको कदम प्रतिशोधपूर्ण र घृणायुक्त, अध्यक्ष र पूर्व गृहमन्त्रीलाई तत्काल रिहा गरियोस्ः महेश बस्नेत
Logo
१६ चैत्र २०८२, सोमबार
१६ चैत्र २०८२, सोमबार

पहिरोले वडा र स्वास्थ्य भवन जोखिममा


७ भदाै, बैतडी । वर्षाले पहिरो जाँदा बैतडीको एक वडा कार्यालय र स्वास्थ्य भवन जोखिममा परेको छ । जिल्लाको पुर्चाैडी नगरपालिका–१० को वडा कार्यालय र सुर्नया गाउँपालिका–४ स्थित शान्तिपुर सामुदायिक स्वास्थ्य एकाइको भवन पहिरोको जोखिममा परेको हो ।

वर्षापछि वडा कार्यालय अगाडिको पर्खाल भत्किएपछि भवन जोखिममा परेको सामाजिक परिचालक रनबहादुर विष्टले जानकारी दिए । यस्तै लगातारको वर्षाले सुर्नया गाउँपालिका–४ स्थित शान्तिपुर सामुदायिक स्वास्थ्य इकाइको भवन पनि जोखिममा परेको छ । एकाइका अहेब विनोद भट्टका अनुसार स्वास्थ्य एकाइको भवनको आँगन पहिरोले भत्काएपछि भवन नै पहिरोको जोखिममा परेको छ । यसअघि पनि सोही ठाउँमा २०७७ सालमा प्रसूति सेवा केन्द्रको भवन पहिरोले भत्काएको थियो । त्यो बेला स्वास्थ्य एकाइको नयाँ भवन निर्माण भएकाले सेवा सञ्चालन गरिएको थियो । नयाँ भवन पनि पहिरोको जोखिममा परेपछि स्वास्थ्य सेवा प्रभावित भएको छ ।

यसैबीच बर्सातका कारण यहाँका ग्रामीण क्षेत्रको यातायात सेवा सञ्चालनमा समस्या भएको छ । कतिपय ठाउँमा वर्षाले बिग्रिएका ग्रामीण सडक नबन्दा सास्ती खेप्नुपरेको छ । बर्सातको समयमा पानीका कारण ठाउँ ठाउँमा खाल्टाखुल्टी परेर बिग्रिएका सडक समयमै मर्मत नहुँदा ओहोरदोहर गर्ने यात्रुलाई अहिले सास्ती भएको हो ।

बर्सातले बिग्रिएका सडक नबन्दा जोखिम मोलेर यात्रा गर्नुपरेको यात्रुको गुनासो छ । जिल्लाका विभिन्न पालिकाभित्र रहेका ग्रामीण सडक बर्सातका कारण बिग्रिएका छन् । बर्सातले भत्किएर, खाल्टाखुल्टी परे पनि सम्बन्धित निकायले समयमै मर्मत नगरिदिँदा समस्या भएको हो । वर्षातले सडकखण्डको हालत खराब भए पनि स्थानीय सरकारको ध्यान नगएको नागरिकको आरोप छ । महिनौँसम्म ग्रामीण सडक सञ्चालन नहुँदा खाद्यान्नसमेत अभाव हुने गरेको स्थानीय बासिन्दाले बताएका छन् ।

यसअघि साउन ८ गते बिहान पहिरोले घर पुर्दा बैतडी पुर्चौडीमा आमाछोराको मृत्यु भएको छ । पहिरोले पुर्चाैडी नगरपालिका–२ भैरु टोलका २४ वर्षीया अञ्जु जागरी र ४ वर्षीय रिजन जागरीको मृत्यु भएको थियो ।


प्रकाशित मिति: ७ भाद्र २०८०, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?