Trending
>>   काठमाडौंको दरवारमार्गबाट स्रोत नखुलेको नगद सहित दुई जना पक्राउ >>   संसदीय दलको नेता छान्न केही समय लाग्छः रास्वपा >>   शिर्ष टोली एपिएफसँग चित्लाङले अंक खोस्यो >>   फागुनसम्म सरकारले उठायो ७ खर्ब ५१ अर्ब राजश्व >>   गृहमन्त्री ओमप्रकाश अर्याललाई राष्ट्रिय सभा सदस्य बनाउन सरकारको सिफारिस >>   जेन–जी आन्दोलन जाँचबुझ आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै प्रदर्शन >>   काँग्रेसले टुंग्यायो २० जना समानुपातिक सांसद >>   चैतका लागि वाणिज्य बैंकहरुले व्याजदर घटाए >>   राप्रपाले समानुपातिकतर्फका सांसदको नामावली टुंगो लगायो >>   देशका विभिन्न स्थानमा वर्षा र हिमपातको सम्भावना
Logo
४ चैत्र २०८२, बुधबार
४ चैत्र २०८२, बुधबार

‘गोर्खा वारियर’लाई बेलायतका प्रधानमन्त्री सुनकले दिए शुभकामना


६ भदाै, काठमाडाैँ । नेपाली चलचित्र ‘गोर्खा वारियर’ लाई बेलायतका प्रधानमन्त्री ऋषि सुनकले पत्रमार्फत सफलताको शुभकामना दिएका छन् ।

भदौ २४ मा त्यहाँको प्रतिष्ठित आइम्याक्स सिनेवल्र्डमा विशेष प्रदर्शनी (वल्र्ड प्रिमियर) गर्न लागिएको चलचित्र हेर्न कार्यव्यस्तताको कारण उपस्थित हुन् नसके पनि गोर्खालीका विषयमा चलचित्र बन्नु गौरवको विषय रहेको उनले पत्रमा उल्लेख गरेका छन् ।“बहादुर गोर्खा सैनिकको वीरता, त्याग र समर्पणबारे बनेको चलचित्रको विषयमा थाहा पाउँदा म हर्षित छु । निम्तोका लागि हार्दिक धन्यवाद । म प्रिमियर समारोहमा उपस्थित हुन असमर्थ छु । प्रिमियर सो र चलचित्र सफलताको शुभकामना दिन चाहन्छु । पत्रका लागि धन्यवाद”, प्रधानमन्त्री सुनकले पठाएको पत्रमा उल्लेख छ ।

बेलायती प्रधानमन्त्री कार्यालय टेन डाउनिङ स्ट्रिटका तर्फबाट अगस्ट १७ मा सांस्कृतिक मामिलामन्त्री डेनिम गोलिङलाई सम्बोधन गर्दै प्रधानमन्त्री सुनकले उक्त पत्र लेखेका हुन् । केही समय अगाडि निर्माता तथा निर्देशक मिलन चाम्सले सांस्कृतिक मामिलामन्त्री गोलिङमार्फत प्रधानमन्त्रीलाई विशेष प्रदर्शनीमा सहभागी हुन निम्तो पठाएका थिए ।

बेलायतका प्रधानमन्त्रीबाट सम्बोधन भएको जानकारी दिन पाउँदा खुसी लागेको प्रतिक्रिया उनले दिए । निर्देशक चाम्सले भने,“नेपाली चलचित्रमा संभवत् उहाँले पहिलो पटक सम्बोधन गर्नुभएको हो । गोर्खालीको विषयमा चलचित्र बनेको थाहा पाएपछि बेलायतमा हामीलाई प्राप्त भइरहेको प्रतिक्रियालाई शब्दमा व्याख्या गर्न सकिदैन । नेपालीको विषयलाई यसअगाडि हामीले अन्तर्राष्ट्रिय बजारमा यतिबलियोसँग पहिले प्रस्तुत गर्न सकेका थिएनौँ।”

निर्देशक चाम्सले ‘गोर्खा वारियर’मार्फत अन्तर्राष्ट्रिय बजारमा भइरहेको चर्चाले समग्र नेपाली चलचित्रलाई टेवा पुग्ने विश्वास व्यक्त गर्नुभयो । “हामीले हलिउडका चलचित्रको प्रिमियर हुने चलचित्र भवनमा सोही शैलीमा गर्ने प्रिमियरमा लण्डनमा नेपाली चलचित्रको बारेमा चर्चा हुनेमा दुईमत छैन। अब हामीले हाम्रो वीरताको कथा भन्नुपर्छ, त्यसमा चलचित्र बन्नुपर्छ”, उनले भने ।

युद्ध विधामा बनेको यस चलचित्रमा सन् १९४९ मा मलाया जङ्गलमा बेलायती सेनामा आवद्ध गोर्खा सैनिकका लडाइँबारे देखाइएको छ । नेपाली, अङ्ग्रेजी र हिन्दी भाषामा प्रदर्शन हुने चलचित्रमा रितेश चाम्स, विजय लामा, रेविका गुरुङ, रियर राई, शिशिर बाङ्देल, कविता आले, बिरूप घले, सारा राईलगायत कलाकारले अभिनय गरेका छन् ।


प्रकाशित मिति: ६ भाद्र २०८०, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?