Trending
>>   विपद् जोखिम न्युनिकरणका लागि पूर्वसूचना सबैको पहुँचमा पुग्नुपर्छः सरोकारवाला >>   मान्छे कर्मले सधैँ अमर रहन्छः सञ्चारमन्त्री खरेल >>   २५ अर्ब निक्षेप खिच्दै राष्ट्र बैंक >>   प्रतिनिधिसभा चुनावका लागि महोत्तरी–४ बाट प्रचण्डको नाम सिफारिस >>   निर्वाचन आयोगको कडा कदमः ६ दल खारेज >>   सरकार एमाले निर्वाचनमा सहभागी होस् भन्ने चाहँदैनः रघुवीर महासेठ >>   शान्तिपूर्ण निर्वाचनका लागि राजनीतिक दलहरुसँग सघन संवाद जरुरीः नेकपा >>   दलहरूमार्फत निर्वाचनको सन्देश तल्लो तहसम्म पुर्‍याउन संवाद थालेका छौँः मन्त्री सिन्हा >>   आइसिसी महिला टी ट्वान्टी विश्वकपमा छनोट हुन्छौंः हर्षल पाठक >>   अध्यादेशमार्फत समानुपातिक प्रतिनिधित्व हटाइएको भन्दै अपाङ्गता भएका व्यक्तिहरूको संघ–संस्थाद्वारा विरोध
Logo
९ पुष २०८२, बुधबार
९ पुष २०८२, बुधबार

सामाजिक सञ्जालमार्फत महिलाको चरित्र हत्या गरेको अभियोगमा पक्राउ


६ ,भाद्र ,काठमाडौँ । सामाजिक सञ्जाल फेसबुक म्यासेन्जरमार्फत महिलाको चरित्र हत्या गरेको अभियोगमा प्रहरीले एक जनालाई काठमाडौँबाट पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा अर्घाखाँची भूमिकास्थान नगरपालिका–४ घर भई हाल ललितपुर महानगरपालिका–१९ कुमारीपाटी बस्ने २९ वर्षीय तुफान केसी रहेका छन् ।

केसीलाई प्रहरी प्रधान कार्यालय साइबर ब्यूरो भोटाहिटीबाट खटिएको प्रहरीले काठमाडौँबाट पक्राउ गरेको केन्द्रीय प्रहरी प्रवक्ता तथा प्रहरी नायब महानिरीक्षक कुवेर कठायत जानकारी दिए ।

उनका अनुसार फेसबुक म्यासेन्जरमा आएको भिडियो कल चिनजानकै व्यक्तिको भनी रिसिभ गर्दा अश्लीलता प्रदर्शन गरेको र यस्ता गतिविधि नगर्न आग्रह गर्दा पीडितकै फेसबुकमा पोष्ट गरेका तस्बिरमा अश्लील र अपमानजनक शब्द प्रयोग गरी चरित्रहत्या गरेको उजुरीको आधारमा साइबर ब्यूरोले पक्राउ गरेको हो ।

नेपाल प्रहरी प्रधान कार्यालय साइबर ब्यूरो भोटाहिटीबाट खटिएको प्रहरीले प्राविधिक अनुसन्धान र विश्लेषण गर्दा केसीको संलग्नता खुल्न आएको प्रहरीको दाबी छ ।

पक्राउ परेका केसी उपर विद्युतीय कारोबार ऐन, २०६३ अपराधअन्तर्गतको कसुरमा जिल्ला अदालत काठमाडौँबाट सात दिन म्याद थप भई आवश्यक अनुसन्धान भइरहेको प्रहरी प्रधान कार्यालय साइबर ब्यूरोले जनाएको छ ।


प्रकाशित मिति: ६ भाद्र २०८०, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?