Trending
>>   तरकारी बोकेको ट्रकबाट २६ सय किलो गाँजा बरामद >>   विपद् प्रतिरोधि जलविद्युत संरचना बनाउन नयाँ मापदण्ड आवश्यकः ऊर्जामन्त्री श्रेष्ठ >>   पोखराको फिर्के खोला अतिक्रमणविरुद्ध महानगरको बुलडोजरः हालसम्म २६ अवैध संरचना भत्काइयो(तस्बिरसहित) >>   डिजिटल युगमा न्यायपालिकाको पहुँच र सुरक्षाका लागि ‘इन्टरनेट लचिलोपन’ अनिवार्यः प्रधानन्यायाधीश शर्मा >>   सेयर बजार गिरावटको दबाबबीच नीतिगत बहस, सोमबार बजार सुधारतर्फ कि थप दबाबतर्फ? >>   रविलाई गगनको जवाफः काँग्रेस प्रशिक्षित नेताहरूले नै रास्वपा धानेका छन् >>   संविधान संशोधन सत्ताको गणित वा स्वार्थको विषय बन्नु हुँदैनः विश्वप्रकाश शर्मा >>   अब जथाभावी पार्किङ र सडकमा सामान राखेर दुर्घटना भए क्षतिपूर्ति सम्बन्धित पक्षबाटै असुलिने >>   शिक्षा ऐनमा बालकेन्द्रित तथा खेलकुदमा आधारित सिकाई प्रणालीलाई प्राथमिकता दिनुपर्छः सभापति शेरचन >>   संसदमा सत्ताको छायाँ पर्‍यो, सरकार स्वेच्छाचारी र तानाशाही बाटोतर्फ उन्मुख:एमाले
Logo
१९ आश्विन २०८३, सोमबार
१९ आश्विन २०८३, सोमबार

जापान सरकारद्वारा अस्पताललाई भेन्टिलेटर सहयोग


५ ,भाद्र ,काठमाडौँ । जापान सरकारले सुस्मा कोइराला मेमोरियल अस्पताल साँखुलाई भेन्टिलेटर सहयोग गरेको छ ।

आगोले पोलेका बिरामीलाई सन् १९९७ देखि प्लास्टिक सर्जरीमार्फत उपचार गर्दै आइरहेको उक्त अस्पताललाई भेन्टिलेटर र स्वास्थ्य सामग्री सहयोग गरेको हो ।

जापान सरकारले अस्पताललाई प्रदान गरेको भेन्टिलेटरसहितको आइसियु कक्षको सोमबार सुष्मा कोइराला मेमोरियल ट्रष्टका संस्थापक संरक्षक एवं पूर्वउपप्रधानमन्त्री सुजाता कोइराला र नेपालका लागि जापानी राजदूत किकुता युतुकाले आज संयुक्त रुपमा उद्घाटन गरेका छन् ।

पूर्वउपप्रधानमन्त्री कोइरालाले आफ्नो आमाको जलनको कारण उपचारको अभावमा मृत्यु भएको चर्चा गर्दै कोही नेपाली पनि जलनका कारण मृत्यु हुन नपरोस् भन्ने चाहनाका साथ अस्पताल स्थापना गरिएको बताईन् ।

उक्त अस्पतालले हालसम्म २४ हजार बिरामीको शल्यक्रिया गर्नाका साथै चार लाख ५० हजार बिरामी जाँच गरिसकेको छ ।

जापान सरकारबाट उपलब्ध गराइएको उपकरणले जलनका बिरामीको उपचारमा थप टेवा मिल्ने अस्पतालका मेडिकल डाइरेक्टर डा विक्रम भण्डारीले बताए ।

कार्यक्रममा नेपालका लागि जापानी राजदूत युतुकाले राजदूतावासको सानो सहयोगले जलनका बिरामीको जीवन रक्षा गर्न ठूलो भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गरे ।

अस्पतालमा आगोले पोलेको, करेन्ट तथा एसिडबाट भएका जलनको उपचार हुनाका साथै अन्य विशेषज्ञ सेवा दैनिक रुपमा उपलब्ध हुँदै आएको छ ।


प्रकाशित मिति: ५ भाद्र २०८०, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?