Trending
>>   एपिएफ फाइनलनजिक >>   रोजगारी सिर्जना र विदेशी मुद्रा आर्जनमा हस्तकला व्यवसायको भुमिका महत्वपूर्णः मन्त्री सिन्हा >>   चिसोलाई चुनौती: जाडोमा स्वस्थ रहने ५ प्रभावकारी उपाय >>   विधान संशोधन गरी १० औँ महाधिवेशनकै कमिटीमा फर्कियो एमाले, युवाका लागि छुट्यायो क्लस्टर >>   मौलिक खाना प्रवर्द्धन गर्न खाद्य मेला >>   एमालेले वरिष्ठ उपाध्यक्ष पद हटायो, उपाध्यक्ष पाँच जना रहने >>   जातिय र भाषिक विविधता नेपालको सम्पतीः मन्त्री खनाल >>   राष्ट्रिय सुरक्षा परिषद्को प्रतिवेदन राष्ट्रपतिसमक्ष पेश >>   पर्यटनमन्त्री सिन्हाको प्रतिवद्धताः कुनैपनि दबाबमा नपरी काम गर्नेछु >>   मन्त्रालयमै जेन–जी कक्ष राखेर युवालाई रोजगारीको व्यवस्थापन गर्छौंः श्रममन्त्री भण्डारी
Logo
१ पुष २०८२, मंगलवार
१ पुष २०८२, मंगलवार

जापान सरकारद्वारा अस्पताललाई भेन्टिलेटर सहयोग


५ ,भाद्र ,काठमाडौँ । जापान सरकारले सुस्मा कोइराला मेमोरियल अस्पताल साँखुलाई भेन्टिलेटर सहयोग गरेको छ ।

आगोले पोलेका बिरामीलाई सन् १९९७ देखि प्लास्टिक सर्जरीमार्फत उपचार गर्दै आइरहेको उक्त अस्पताललाई भेन्टिलेटर र स्वास्थ्य सामग्री सहयोग गरेको हो ।

जापान सरकारले अस्पताललाई प्रदान गरेको भेन्टिलेटरसहितको आइसियु कक्षको सोमबार सुष्मा कोइराला मेमोरियल ट्रष्टका संस्थापक संरक्षक एवं पूर्वउपप्रधानमन्त्री सुजाता कोइराला र नेपालका लागि जापानी राजदूत किकुता युतुकाले आज संयुक्त रुपमा उद्घाटन गरेका छन् ।

पूर्वउपप्रधानमन्त्री कोइरालाले आफ्नो आमाको जलनको कारण उपचारको अभावमा मृत्यु भएको चर्चा गर्दै कोही नेपाली पनि जलनका कारण मृत्यु हुन नपरोस् भन्ने चाहनाका साथ अस्पताल स्थापना गरिएको बताईन् ।

उक्त अस्पतालले हालसम्म २४ हजार बिरामीको शल्यक्रिया गर्नाका साथै चार लाख ५० हजार बिरामी जाँच गरिसकेको छ ।

जापान सरकारबाट उपलब्ध गराइएको उपकरणले जलनका बिरामीको उपचारमा थप टेवा मिल्ने अस्पतालका मेडिकल डाइरेक्टर डा विक्रम भण्डारीले बताए ।

कार्यक्रममा नेपालका लागि जापानी राजदूत युतुकाले राजदूतावासको सानो सहयोगले जलनका बिरामीको जीवन रक्षा गर्न ठूलो भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गरे ।

अस्पतालमा आगोले पोलेको, करेन्ट तथा एसिडबाट भएका जलनको उपचार हुनाका साथै अन्य विशेषज्ञ सेवा दैनिक रुपमा उपलब्ध हुँदै आएको छ ।


प्रकाशित मिति: ५ भाद्र २०८०, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?