Trending
>>   आजको राशिफल : २०८२ साल साउन ०५ गते सोमबार >>   चालु आर्थिक वर्ष १ सय २० वटा कानून निर्माण गर्ने सरकारको लक्ष्य >>   एन्फा युथ लिगमा शिर्षमा उक्लियो संकटा, मनाङको पहिलो हार >>   शेखर कोईरालालाई पार्टी फुटाएर प्रधानमन्त्री बन्ने चाहना छैनः सांसद बजगाईं >>   आफूनिकट संघ र प्रदेशका मन्त्रीलाई फिर्ता बोलाउने पक्षमा शेखर पक्ष, अर्को बैठकबाट निष्कर्ष निकालिने >>   मानव अधिकार कार्यान्वयनका लागि राष्ट्रिय कार्ययोजना बनाउन सरकारलाई निर्देशन >>   ओली—भण्डारीबीचको छलफलबाट सुखद् समाचार सुन्न पाउँछौँः कर्ण थापा >>   दुई वर्ष पहिल्यै भण्डारीको पार्टी सदस्यता नविकरण : एमाले उपाध्यक्ष पाण्डेको दाबी >>   अवैध लागूऔषध गाँजा सहित पक्राउ >>   द्वन्द्व व्यवस्थापन र शान्ती प्रक्रिया टुंग्याउन राजनीतिक दलहरुले खेलेको भुमिका असाधारणः प्रमुख सचेतक बर्तौला
Logo
५ श्रावण २०८२, सोमबार
५ श्रावण २०८२, सोमबार

जैविक मार्गको धरापले मर्दै हात्ती


५ भदाै, कञ्चनपुर । पछिल्लो केही वर्षयता कञ्चनपुरमा मानव वन्यजन्तु द्वन्द्वका घटना बढिरहेका छन् । हात्ती हिँड्ने परम्परागत मार्गमा मानव बस्तीका साथै विभिन्न संरचना बन्न थालेपछि मानव–वन्यजन्तु द्वन्द्वका घटना बढिरहेका हुन् ।

परम्परागत मार्गमा अवरोध आउँदा हात्ती बस्ती पस्न थालेका छन् । जङ्गली हात्तीले बर्सेनि बालीनाली सखाप पार्नाका साथै मान्छे पनि मार्ने गरेको शुक्लाफाँटा नगरपालिका–७ कालापानीस्थित वातावरण मध्यवर्ती सामुदायिक वनका अध्यक्ष लोकेन्द्रराज जोशी बताउँछन् ।

सामुदायिक वन कालापानी गाउँसँगै जोडिएको छ । साउनदेखि कात्तिक र माघ–फागुनमा जङ्गली हात्तीको बथानै आउने गरेको छ । “स्थानीय सामुदायिक वनभित्र पस्न डराउँछन्, हात्ती आएकै हुन्छन्”, उनि भन्छन्, “सामुदायिक वनमा मानव–वन्यजन्तु द्वन्द्व कम गर्न बाँस रोपेका छौँ, त्यहीँ आहार गर्न हात्ती आउँछन् ।” शुक्लाफाँटा–४ कालापानीस्थित सेफ्टी ट्याङ्की भासिदा गत बिहीबार जङ्गली हात्ती मर्यो ।

गत वर्ष वातावरण मध्यवर्ती सामुदायिक वन र वेदकोट नगरपालिकाको हात्तीथलास्थित बैजनाथ मध्यवर्ती सामुदायिक वनमा दुई छावा भेटिएका थिए । शुक्लाफाँटा राष्ट्रिय निकुञ्जले उद्धार गरेपछि एउटा त्यसै राति र अर्को हात्तीसारमा १७ दिनपछि मरेको थियो ।

विसं २०७८ मा पुनर्वास क्षेत्रमा पनि हात्ती मृत फेला परेको थियो । त्यसको अघिल्लो वर्ष पनि विद्युतीय धरापमा परेर हात्ती मरेको थियो । हात्तीको बासस्थान क्षयीकरण र पूर्वाधार निर्माणले परम्परागत मार्ग खण्डीकृत हुँदा हात्ती संरक्षणमा चुनौती थपिएको निकुञ्जका सहायक संरक्षण अधिकृत मनोज ऐर बताउँछन् । “हात्तीको जैविक मार्ग ‘डिस्ट्रब’ छ, जसले हात्ती आफ्नो ‘रुट’मा हिँड्न सकिरहेको छैन”, उनले भने, “त्यसैले हात्ती यताउता बस्तीतिर आइरहेका हुन् ।” शुक्लाफाँटाको वातावरण मध्यवर्ती र वेदकोटको बैजनाथ मध्यवर्ती सामुदायिक वन हात्तीको करिडोरअन्तर्गत पर्दछन् । भारतको पिलिभित टाइगर रिजर्भबाट हात्ती शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको घाँसेमैदान, बडेपानी खोला हुँदै चुरेसम्म पुग्छन् ।

चुरेबाट वातावरण, वैजनाथ मध्यवर्ती सामुदायिक वन, तारापुर हुँदै ढक्का, लालझाडी मोहना संरक्षित क्षेत्र, पुनर्वास, भारतको दुधुवा नेसनल पार्क, कतर्निया हुँदै हात्ती बर्दिया राष्ट्रिय निकुञ्ज पुग्छन् । यसलाई हात्ती हिँड्ने परम्परागत मार्गका रुपमा लिने गरिएको निकुञ्जका सहायक संरक्षण अधिकृत ऐरले बताए । अहिले यो मार्गमा मानव बस्ती विकासका साथै भौतिक संरचना र पूर्वाधार निर्माण हुँदा हात्तीका लागि धराप बनेका छन् । यस्ता धरापले अकालमा वन्यजन्तु मर्ने गरेको ऐरले बताए । “ढक्कामा शिविर छ, पुनर्वास क्षेत्रमा हुलाकी राजमार्ग साथै मानव बस्ती विकास भएको छ”, निकुञ्जका सहायक संरक्षण अधिकृत ऐर भन्छन्, “हात्तीलाई विचरणका लागि ठूलो भूभाग आवश्यक पर्छ ।”

जैविक मार्गमा रोकावट आएपछि हात्तीले बस्ती पसेर मान्छेलाई आक्रमण गर्ने गरेको उनले बताए । सेफ्टी ट्याङ्कीमा हात्ती मरेको ठाउँमा एक वर्षअघि हात्तीको आक्रमणबाट एक किशोरीको ज्यान गएको थियो । सेफ्टी ट्याङ्कीमा मरेको हात्ती पोथी भएकाले ठूलो क्षति पुगेको छ । “जीवजन्तुको सङ्ख्या बढाउन र कायम राख्न पोथी अनिवार्य हो, त्यसै त पोथीको सङ्ख्या कम छ”, ऐरले भने, “पोथी हात्ती मर्दा निकै क्षति भएको छ ।”

 


प्रकाशित मिति: ५ भाद्र २०८०, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?