Trending
>>   पुराना दलका सबै नेताहरु भ्रष्टाचारी थिए भन्ने भाष्य निर्माण गर्न खोजिँदैछ:राजेन्द्र पाण्डे >>   नागरिकलाई राज्यप्रति जिम्मेवार बनाउन मुलुकको शिक्षा प्रणालीमा व्यापक सुधार आवश्यकः एमाले वरिष्ठ नेता भण्डारी >>   प्रहरी निरीक्षकहरूलाई प्रधानमन्त्रीको निर्देशनः ‘दबाब र प्रभावमुक्त रहेर अपराध अनुसन्धानमा प्रविधिमैत्री बन्नुहोस्’ >>   नागरिकको विश्वास नै प्रहरीको वास्तविक शक्ति होः आईजीपी कार्की >>   मदन पुरस्कार र जगदम्बा–श्री पुरस्कार प्रदान >>   पुस्तान्तरण स्वाभाविक प्रक्रिया हो, यसमा धेरै लफडा गरिराख्न पर्दैनः अध्यक्ष ओली >>   मौसम पूर्वानुमान क्षमता सात दिनसम्म विस्तार गरिएको छः उर्जामन्त्री श्रेष्ठ >>   दशैँघरमा जमरा राखियो >>   गलौँदीमा भासिएको सडक आजबाट खुलाउने तयारी >>   भोटेकोशी बाढीले बगाएको बेत्रावती पुल पुनर्निर्माणः यातायात सुचारु
Logo
२६ आश्विन २०८३, सोमबार
२६ आश्विन २०८३, सोमबार

एमालेले सचिवालय बैठक डाक्यो


४ ,भाद्र ,काठमाडौँ । नेकपा (एमाले) ले यही भदौ ९ गते सचिवालय बैठक डाकेको छ ।

एमालेले यसपटकको सचिवालय बैठकले काठमाडौँ उपत्यकाबाहिर राखेको छ ।

तत्कालीन नेकपा (माले)को चौथो महाधिवेशन भएको स्थल सिराहाको विष्णुपुरकट्टीमा सचिवालय बैठक राखेको एमाले प्रचार विभागका प्रमुख राजेन्द्र गौतमले जानकारी दिए ।

उनले बैठकको बेला नै कम्युनिष्ट पार्टी स्थापना भएको ७५ वर्ष पुगेको अवसरमा सोही ठाउँमा स्मारकको पनि शिलान्यास गर्ने कार्यक्रम रहेको बताए ।

“उक्त महाविधेशनबाट पार्टीले निरङ्कुश राजतन्त्रको विरुद्ध कम्युनिष्ट एक भएर संयुक्त जनआन्दोलनमा सहभागी हुने निर्णय गरेको थियो । सोही महाधिवेशनले नै पुष्पलालले अगाडि सारेको संयुक्त आन्दोलनलाई महासचिवमा निर्वाचित भएपछि मदन भण्डारीको नेतृत्वमा कार्यान्वयन गरिएको थियो”, उनले भने, “महाधिवेशन भएको ऐतिहासिक ठाउँको महत्त्व दर्शाउन यसपटक सिराहामा सचिवालय बैठक गर्ने निर्णय गरेको हौँ ।”

तत्कालीन मालेको चौथो महाधिवेशन विसं २०४६ भदौ ९ देखि १४ गतेसम्म विष्णुपुरकट्टीमा भएको थियो ।

सोही महाधिवेशनमा महासचिवमा मदन भण्डारी निर्वाचित भएका थिए ।

महाधिवेशनको सम्झनामा ३४ वर्षपछि एमालेले सोही ठाउँमा पार्टीको सचिवालय बैठक राखेको छ ।


प्रकाशित मिति: ४ भाद्र २०८०, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?