Trending
>>   पुराना दलका सबै नेताहरु भ्रष्टाचारी थिए भन्ने भाष्य निर्माण गर्न खोजिँदैछ:राजेन्द्र पाण्डे >>   नागरिकलाई राज्यप्रति जिम्मेवार बनाउन मुलुकको शिक्षा प्रणालीमा व्यापक सुधार आवश्यकः एमाले वरिष्ठ नेता भण्डारी >>   प्रहरी निरीक्षकहरूलाई प्रधानमन्त्रीको निर्देशनः ‘दबाब र प्रभावमुक्त रहेर अपराध अनुसन्धानमा प्रविधिमैत्री बन्नुहोस्’ >>   नागरिकको विश्वास नै प्रहरीको वास्तविक शक्ति होः आईजीपी कार्की >>   मदन पुरस्कार र जगदम्बा–श्री पुरस्कार प्रदान >>   पुस्तान्तरण स्वाभाविक प्रक्रिया हो, यसमा धेरै लफडा गरिराख्न पर्दैनः अध्यक्ष ओली >>   मौसम पूर्वानुमान क्षमता सात दिनसम्म विस्तार गरिएको छः उर्जामन्त्री श्रेष्ठ >>   दशैँघरमा जमरा राखियो >>   गलौँदीमा भासिएको सडक आजबाट खुलाउने तयारी >>   भोटेकोशी बाढीले बगाएको बेत्रावती पुल पुनर्निर्माणः यातायात सुचारु
Logo
२६ आश्विन २०८३, सोमबार
२६ आश्विन २०८३, सोमबार

मन्त्री ज्वाला र रुसी राजदूतबीच भेटवार्ता, मेट्रो रेलका बारेमा छलफल


४ ,भाद्र ,काठमाडौँ । भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले मेट्रो रेल निर्माणका विषयमा यहाँस्थित रुसका राजदूतलगायतसँग छलफल गरेका छन् ।

आज नेपालका लागि रुसी राजदूत अलेक्सी नोमिकोसहितको टोलीसँग मेट्रो रेल, सडक, सुरुङ मार्ग र रेलका विषयमा छलफल भएको मन्त्रालयका सहसचिव अर्जुन थापाले जानकारी दिए ।

रुसको मस्को मेट्रो रेल विश्व प्रख्यात मानिन्छ । रुसको सहयोगमा विश्वका धेरै देशले मेट्रो रेल सञ्चालन गरेका छन ।

भारतका विभिन्न ठाउँमा पनि रुसी मेट्रो रेल नै सञ्चालन हुँदै आएको छ । मन्त्री ज्वालाले काठमाडौँ उपत्यकामा मेट्रो रेल र पूर्वपश्चिम रेल मार्गका विषयमा छलफल गरेका हुन् ।

केही समयमै रुसी संसद्का अध्यक्ष भ्याचिसलोभ भिक्टोरोभिज भोलोडिन नेपाल भ्रमणमा आउँदै छन् ।

उनको भ्रमणअघि मेट्रो रेल, पूर्वपश्चिम रेलमार्ग र भौतिक पूर्वाधारका विषयमा छलफल गर्न रुसी टोली भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा आएको मन्त्री ज्वालाको सचिवालयले जनाएको छ ।

छलफलमा मन्त्री ज्वालाले काठमाडौँ उपत्यकामा सञ्चालन गर्ने गरी मेट्रो रेलको प्रस्ताव गरेका थिए ।

“मेट्रो, पूर्वपश्चिम रेल, सुरुङ मार्गलगायतका विषयमा छलफल भयो”, मन्त्रालयका सचिव केशवकुमार शर्माले भने ।

जवाफमा रुसी राजदूतले मेट्रो रेल निर्माणका लागि रुसी रेल्वे कम्पनी तयार रहेको बताएका थिए । त्यसका लागि ठोस प्रस्तावसमेत माग गरिएको छ ।

यस्तै, पोखरा–रिडी सडकका विषयमा पनि चासो देखाएको बताइएको छ । रुसी पक्षको चासोलाई मन्त्रालयले प्राथमिकतामा राखेको सहसचिव थापाले बताए ।

छलफलका क्रममा मन्त्री ज्वालाले नेपालका सयौँ इन्जिनियरहरूले रुसबाट तालिम र शिक्षा लिएको र उनीहरूको दक्षताले नेपाललाई सहयोग पुगेको बताएका थिए ।


प्रकाशित मिति: ४ भाद्र २०८०, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?