Trending
>>   प्रतिनिधिसभा चुनावका लागि महोत्तरी–४ बाट प्रचण्डको नाम सिफारिस >>   निर्वाचन आयोगको कडा कदमः ६ दल खारेज >>   सरकार एमाले निर्वाचनमा सहभागी होस् भन्ने चाहँदैनः रघुवीर महासेठ >>   शान्तिपूर्ण निर्वाचनका लागि राजनीतिक दलहरुसँग सघन संवाद जरुरीः नेकपा >>   दलहरूमार्फत निर्वाचनको सन्देश तल्लो तहसम्म पुर्‍याउन संवाद थालेका छौँः मन्त्री सिन्हा >>   आइसिसी महिला टी ट्वान्टी विश्वकपमा छनोट हुन्छौंः हर्षल पाठक >>   अध्यादेशमार्फत समानुपातिक प्रतिनिधित्व हटाइएको भन्दै अपाङ्गता भएका व्यक्तिहरूको संघ–संस्थाद्वारा विरोध >>   संसारका लागि हात्ती र बाघ पाल्दा नेपालले के पाउँछ:नारायणदत्त मिश्र >>   सरकारविरुद्ध माईतीघरमा जेन–जीको नाराबाजीः ‘जेन–जीको माग हरायो, निर्वाचन भनि करायो’ (तस्बिरहरु) >>   एमाले निर्वाचनमा जान तयार भयो, ओलीको स्थानहदमा सरकार लचिलो बन्नसक्छः सञ्चारमन्त्री खरेल
Logo
९ पुष २०८२, बुधबार
९ पुष २०८२, बुधबार

अझै नियन्त्रणमा लिन सकिएन बस्तीमा देखिन थालेको बाघ


 ४ भदाै, चितवन । बस्तीमा देखिन थालेको बाघ नियन्त्रणका लागि चितवन राष्ट्रिय निकुञ्जको प्रयास असफल बन्दै आएको छ ।

पश्चिम चितवनको भरतपुर महानगरपालिका वडा नम्बर २६, २७, २८ लगायतका क्षेत्रमा देखा परेको बाघ नियन्त्रणका लागि निकुञ्जले प्राविधिक टोली खटाएको छ । साउन २५ गतेदेखि निकुञ्जको टोली परिचालन भएको भए पनि अहिलेसम्म बाघलाई नियन्त्रणमा लिन सकेको छैन । निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीका अनुसार अहिले वाघ मेघौली क्षेत्रमा रहेको अनुमान गरिएको छ । नियन्त्रणमा लिनका लागि निकुञ्जका वरिष्ठ पशु चिकित्सक डा विजयकुमार श्रेष्ठको नेतृत्वमा २२ जना खटिएका छन् ।

यस्तै दैनिक सात हात्ती परिचालन गरिएको उनले जानकारी दिए । हात्तीलाई आवश्यकताअनुसार थपघट गरिँदै आएको छ । टोलीले बाघ भेटेको भए पनि डार्ट गर्न नसक्दा नियन्त्रणमा लिन कठिन भएको हो । तिवारीका अनुसार अनुमानित आठ वर्षको यो बाघ बस्तिको छेउ छाउमा आउने, पशु चौपायमाथि आक्रमण गर्न थालेपछि यसलाई नियन्त्रणमा लिन लागिएको हो । उनले भने, “बाघ बस्ती क्षेत्रमा बस्न नरुचाउने जनावर हो । यो किन बस्तीको नजिक बस्न थाल्यो भन्ने विषयमा बुझ्दै छौँ ।” बस्ती क्षेत्र आसपासमा बस्न खोज्नुले बाघको अवस्थाबारे बुझ्न र नियन्त्रणमा लिएर निकुञ्ज आसपासका जनतालाई त्रास मुक्त बनाउन टोली खटाइएको हो ।

निकुञ्जले बाघ नियन्त्रणमा लिए पनि राख्ने ठाउँको भने अभाव भएको छ । बाघ राख्ने खोरको अभावका कारण नियन्त्रणमा लिएपछि बाघलाई कहाँ राख्ने भन्ने अन्यौल छ । केही महिनाअघि नियन्त्रणमा लिएको बाघलाई पर्सा राष्ट्रिय निकुञ्जमा लगेर छोडिएको थियो भने साउनमा नियन्त्रणमा लिइएको बाघलाई निकुञ्जको भित्री क्षेत्रमा लगेर छोडिएको थियो ।

निकुञ्जको खोरमा अहिले पनि पाँच बाघ रहेका छन् । कसरामा रहेका तीन बाघमध्ये एउटा चार वर्ष घि बाँकेमा हिंस्रक बनेर मान्छेको सिकार गर्न थालेपछि नियन्त्रणमा लिएर यहाँ ल्याइएको हो । सो अन्दाजी १० वर्षको भाले बाघ हो । गत वर्ष चितवनकै माडीमा मानिसलाई आक्रमण गरी मारेपछि अन्दाजी १३ वर्षको पोथी बाघ नियन्त्रणमा लिएर खोरमा राखिएको छ । अर्काे देवनगरबाट तीन वर्ष अघि ल्याइएको अन्दाजी १० वर्षको भाले बाघ रहेको छ ।

तीन वटै बाघलाई कसरामा पक्की खोरमा राखिएको छ । सौराहामा रहेका दुई बाघमध्ये एउटा यही साउन महिनामा खैरहनीबाट नियन्त्रणमा लिएर खोरमा राखिएको छ । उक्त बाघ अन्दाजी चार वर्षको भाले हो । अर्काे गत वर्ष मेघौलीबाट ल्याइएको अन्दाजी १० वर्षको भाले रहेको छ ।


प्रकाशित मिति: ४ भाद्र २०८०, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?