Trending
>>   वाणिज्य बैंकहरुले कमाए पौने १८ अर्ब रुपैयाँ बढी नाफा >>   काठमाडौं महानगरद्वारा सम्यक महादानका लागि तयारी तिब्र >>   कर्णालीका समस्या काठमाडौंले बुझ्नुपर्छः महामन्त्री राणा >>   निसर्ग वाटिका एनएसए कप पौडीमा च्याम्पियन >>   रसुवा बाढीः बेपत्ता भएका नागरिकलाई मृत्यु सरह प्रमाणित गरी मृत्यु प्रमाणपत्र दिने प्रक्रिया अन्तिम चरणमा >>   रुस–युक्रेन ऊर्जा युद्धविराम भएको ट्रम्पको दाबी, जेलेन्स्की अनभिज्ञ >>   सबै दलहरु असफल भइसके, यस्तो बेला राप्रपाले मात्र देशलाई निकास दिनसक्छः अध्यक्ष लिङदेन >>   माओवादी आन्दोलनको आवश्यकता अझै छ, यसलाई नयाँ पुस्ताले पुनर्गठन गर्नुपर्छः जनार्दन शर्मा >>   एमालेमाथि घेराबन्दी चालु छ, एकजुट भएर प्रतिवाद गर्नुपर्छः केपी ओली >>   पुराना दलका सबै नेताहरु भ्रष्टाचारी थिए भन्ने भाष्य निर्माण गर्न खोजिँदैछ:राजेन्द्र पाण्डे
Logo
२८ आश्विन २०८३, बुधबार
२८ आश्विन २०८३, बुधबार

माछा मार्ने क्रममा त्रिशूलीमा युवक बेपत्ता


२ ,भाद्र ,मलेखु (धादिङ) । झुल थापेर माछा मार्ने क्रममा त्रिशूली नदीमा एक जना बेपत्ता भएका छन् ।

धादिङको बेनीघाट रोराङ गाउँपालिका–५ आदामाराका १८ वर्षीय निखिल कँडेल बेपत्ता भएका हुन् ।

साथीहरूसँग माछा मार्न गएका कँडेल माछा समाउने क्रममा नदीमा डुबेका हुन् ।

कँडेलसँग अन्य तीन जना पनि थिए । माछा मार्न प्रयोग भएको झुल प्रहरीले फेला पारेको छ ।

कँडेलसँग माछा मार्न गएका तीन जनालाई प्रहरीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी नायब उपरीक्षक सन्तुलालप्रसाद जैसवारले जानकारी दिए ।

शनिबार दिउँसो बेपत्ता भएका कँडेलको नेपाल प्रहरी र स्थानीयहरुले खोजी कार्य गरिरहेका छन् ।

त्रिशूलीमा पानीको बहाव ठूलो भएकाले खोजीमा कठिनाई भइरहेको जैसवारले बताए ।


प्रकाशित मिति: २ भाद्र २०८०, शनिबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?