Trending
>>   राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष ओहोदाको प्रमाणपत्र पेश >>   मलेसिया र साउदीका लागि प्रश्तावित राजदूतका नाम अस्वीकृत >>   १० देशका राजदुतको नाम संसदीय सुनुवाई समितिबाट अनुमोदन >>   हुलाकमार्फत नेपाल टेलिकमको सिमकार्ड डेलिभरी शुरु >>   वाणिज्य बैंकहरुले कमाए पौने १८ अर्ब रुपैयाँ बढी नाफा >>   काठमाडौं महानगरद्वारा सम्यक महादानका लागि तयारी तिब्र >>   कर्णालीका समस्या काठमाडौंले बुझ्नुपर्छः महामन्त्री राणा >>   निसर्ग वाटिका एनएसए कप पौडीमा च्याम्पियन >>   रसुवा बाढीः बेपत्ता भएका नागरिकलाई मृत्यु सरह प्रमाणित गरी मृत्यु प्रमाणपत्र दिने प्रक्रिया अन्तिम चरणमा >>   रुस–युक्रेन ऊर्जा युद्धविराम भएको ट्रम्पको दाबी, जेलेन्स्की अनभिज्ञ
Logo
२९ आश्विन २०८३, बिहीबार
२९ आश्विन २०८३, बिहीबार

रिलिज अगावै ‘गणपति’ चलचित्रको गीत हिट ! (भिडियो)


२ भदाै, काठमाडाैँ । चलचित्र गणपतिको “उन भित्र गुण फुल्ने ठाउँ कहाँ होला, माया रोप्दा मायै फुल्ने ठाउँ कहाँ होला” बोलको गित टिकटक लगायतका सामाजिक सञ्जालमा रिलिज अगावै हिट भएको छ।शंकर अधिकारी घायलको रचना र बाबुल गिरीको संगीत रहेको उक्त गीतको सामाजिक सञ्जालमा चर्चा चल्न थालेको हो ।

चलचित्र गणपति नेपालसँगै बिश्वभर एक साथ प्रदर्शनको मिति तय भएसँगै गित पनि हिट भएपछि चलचित्रको ब्यापार समेत बढ्ने ठाँनिएको हो ।

सबिन अधिकारीद्वारा लिखित तथा निर्देशीत रामप्रसाद र लक्ष्मण रिजालको चलचित्र गणपतिको वल्र्डवाइड रिलिज राइट सेभेन सि इन्टरटेनमेन्टले लिएको छ ।

फिल्म अमेरिका,अष्ट्रेलिया, जापान,क्यानडा,मिडिल इष्टलगायत म्यानमार र थाइल्याण्डका हलमा समेत बक्स अफिस रिलिज हुनेछ ।रिजाल एन्ड रिजाल प्रोड्क्सनका प्रमुख रामप्रसाद र सेभेन सि इन्टरटेनमेन्ट बीच बिहीबार सम्झौता भएको हो ।

भदौ १४ गते प्रदर्शन हुने फिल्ममा मुकुन भुसाल, मेनुका प्रधान, प्रकाश घिमिरेलगायतका कलाकार मुख्य भुमिकामा छ्न ।


प्रकाशित मिति: २ भाद्र २०८०, शनिबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?