Trending
>>   बालेनलक्षित ओलीको टिप्पणी :‘देशमा चर्चित भनिएकाहरु नै नसामा भेटिन्छन्’ >>   नेपालको न्यायपालिका विकास विरोधी छैनः न्यायाधीश ढुंगाना >>   कुहिरो र हुस्सुले जनकपुरको जनजीवन प्रभावितः स्थानीय सरकारले चासो नदिएको गुनासो >>   विपद् जोखिम न्युनिकरणका लागि पूर्वसूचना सबैको पहुँचमा पुग्नुपर्छः सरोकारवाला >>   मान्छे कर्मले सधैँ अमर रहन्छः सञ्चारमन्त्री खरेल >>   २५ अर्ब निक्षेप खिच्दै राष्ट्र बैंक >>   प्रतिनिधिसभा चुनावका लागि महोत्तरी–४ बाट प्रचण्डको नाम सिफारिस >>   निर्वाचन आयोगको कडा कदमः ६ दल खारेज >>   सरकार एमाले निर्वाचनमा सहभागी होस् भन्ने चाहँदैनः रघुवीर महासेठ >>   शान्तिपूर्ण निर्वाचनका लागि राजनीतिक दलहरुसँग सघन संवाद जरुरीः नेकपा
Logo
११ पुष २०८२, शुक्रबार
११ पुष २०८२, शुक्रबार

पत्रकार यादवमाथि सांघातिक आक्रमणमा संलग्नलाई कारबाहीको माग


२ भदाै, काठमाडाैँ । नेपाल पत्रकार महासंघ सप्तरीले पत्रकार नेपाल पत्रकार महासंघ सप्तरीले पत्रकार यादवमाथि कुटपिट घटनाको निन्दा गरेको छ । महासंघले संलग्नमाथ कारबाहीको माग गरेको छ । नयाँ पत्रिका दैनिकका सप्तरी संवाददाता सौरभ यादवमाथि शुक्रबार राति १० बजे राजविराजमा कुटपिट भएको थियो ।

‘सूचनाको माध्यमबाट आमजनतालाई सुचित गराउने जिम्मेवारी बोकेका पत्रकार यादवमाथि कुटपिट गर्नेमाथि कारबाही गर्न जिल्ला प्रहरी कार्यालय सप्तरीसँग नेपाल पत्रकार महासंघ जोडदार माग गर्दछ,’ महासंघका सप्तरी सचिव रामनारायण विश्वासद्वारा जारी विज्ञप्तिमा भनिएको छ । महासंघले पत्रकारको सुरक्षाको वातावरण मिलाउन गृह मन्त्रालय, राष्ट्रिय मानवअधिकार आयोग सहितका सम्बद्ध निकायको ध्यानाकर्षण पनि गराएको छ ।

प्रेस मञ्च नेपाल सप्तरीले पनि घटनामा संलग्न दोषीलाई तत्काल पक्राउ गरी कारबाहीको माग गरेको छ । ‘पत्रकार यादवमाथि भएको आक्रमणको प्रेस मञ्च नेपाल, सप्तरी घोर निन्दा एवम् भत्स्रना गर्दै घटनामा संलग्न दोषीलाई तत्काल पक्राउ गरी कारवाहीको माग गर्दछ,’ सचिव विद्यानन्द रामद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

राति पत्रकार यादवलाई टेलिफोन गरेर राजदेवी चोक बोलाएर उनीहरुले ‘हिरो बन्न खोजेको’ डिभोर्स सम्बन्धि रिपोर्टिङ गर्न खोजेको’ भन्दै निर्घात कुटपिट गरेका थिए । यादवमाथि कुटपिट गर्नेमध्ये एकजना वब्बी यादव भए पनि थप एक युवाको पहिचान हुन सकेको छैन। लगत्तै प्रहरी घटनास्थलमा आए पनि कुटपिट गर्नेहरु फरार भएका  थिए । कुटपिटबाट छातिमा चोट लागेका यादवको गजेन्द्रनारायणसिंह अस्पतलामा उपचार भएको छ ।


प्रकाशित मिति: २ भाद्र २०८०, शनिबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?