Trending
>>   माजिपा लाखे आजुको उग्र तर करुणामयी नृत्यारम्भ (फोटो फिचर) >>   डीएनए परीक्षण गर्न चीनद्वारा नेपाललाई आवश्यक प्रविधि हस्तान्तरण >>   बेपत्ता नागरिकलाई ‘मृतक सरह’ मान्यता दिन नेकपा सांसदको माग >>   सुरक्षाकर्मीका लागि जलविद्युत आयोजनामा २ प्रतिशत आईपीओ सुनिश्चित गरिने >>   मन्त्रिपरिषद्को दैनिक कार्यभार अर्थमन्त्री वाग्लेलाई >>   बाढीका कारण जलविद्युत क्षेत्रमा ४१० मेगावाट क्षतिः ८ सयभन्दा बढी अझै बेपत्ता >>   जानकी मन्दिर विश्व सम्पदा सूचीमा लैजाने प्रक्रिया अघि बढ्यो : सांसद झा >>   महँगी, बाढी पीडितको राहत र सञ्चार क्षेत्रका समस्यामा सांसदहरूको सरकारलाई दबाब >>   एमाले केन्द्रिय कमिटी बैठक आज पनि जारी >>   हनुमानढोकामा इन्द्रध्वजा स्थापनासँगै काठमाडौंमा ऐतिहासिक इन्द्रजात्रा आरम्भ (तस्बिरहरु)
Logo
८ आश्विन २०८३, बिहीबार
८ आश्विन २०८३, बिहीबार

पत्रकार यादवमाथि सांघातिक आक्रमणमा संलग्नलाई कारबाहीको माग


२ भदाै, काठमाडाैँ । नेपाल पत्रकार महासंघ सप्तरीले पत्रकार नेपाल पत्रकार महासंघ सप्तरीले पत्रकार यादवमाथि कुटपिट घटनाको निन्दा गरेको छ । महासंघले संलग्नमाथ कारबाहीको माग गरेको छ । नयाँ पत्रिका दैनिकका सप्तरी संवाददाता सौरभ यादवमाथि शुक्रबार राति १० बजे राजविराजमा कुटपिट भएको थियो ।

‘सूचनाको माध्यमबाट आमजनतालाई सुचित गराउने जिम्मेवारी बोकेका पत्रकार यादवमाथि कुटपिट गर्नेमाथि कारबाही गर्न जिल्ला प्रहरी कार्यालय सप्तरीसँग नेपाल पत्रकार महासंघ जोडदार माग गर्दछ,’ महासंघका सप्तरी सचिव रामनारायण विश्वासद्वारा जारी विज्ञप्तिमा भनिएको छ । महासंघले पत्रकारको सुरक्षाको वातावरण मिलाउन गृह मन्त्रालय, राष्ट्रिय मानवअधिकार आयोग सहितका सम्बद्ध निकायको ध्यानाकर्षण पनि गराएको छ ।

प्रेस मञ्च नेपाल सप्तरीले पनि घटनामा संलग्न दोषीलाई तत्काल पक्राउ गरी कारबाहीको माग गरेको छ । ‘पत्रकार यादवमाथि भएको आक्रमणको प्रेस मञ्च नेपाल, सप्तरी घोर निन्दा एवम् भत्स्रना गर्दै घटनामा संलग्न दोषीलाई तत्काल पक्राउ गरी कारवाहीको माग गर्दछ,’ सचिव विद्यानन्द रामद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

राति पत्रकार यादवलाई टेलिफोन गरेर राजदेवी चोक बोलाएर उनीहरुले ‘हिरो बन्न खोजेको’ डिभोर्स सम्बन्धि रिपोर्टिङ गर्न खोजेको’ भन्दै निर्घात कुटपिट गरेका थिए । यादवमाथि कुटपिट गर्नेमध्ये एकजना वब्बी यादव भए पनि थप एक युवाको पहिचान हुन सकेको छैन। लगत्तै प्रहरी घटनास्थलमा आए पनि कुटपिट गर्नेहरु फरार भएका  थिए । कुटपिटबाट छातिमा चोट लागेका यादवको गजेन्द्रनारायणसिंह अस्पतलामा उपचार भएको छ ।


प्रकाशित मिति: २ भाद्र २०८०, शनिबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?