Trending
>>   प्रश्तावित चार न्यायाधीशहरुको नाम संसदीय समितिबाट अनुमोदन >>   गगन थापालाई ‘भिलेन’ नबनाऊँः डा. शशांक कोईराला >>   गगनलाई देउवाको आरोपः पैसामा पार्टी बेच्नेले काँग्रेस जोगाउँछ ? >>   नेपाल संवत ११४७ को स्वागतमा काँग्रेसको सुकुण्दा र्‍याली, सभापति थापा सहभागी(तस्बिरसहित) >>   लायन्स क्लब अफ काठमाडौं ब्राइट स्टारको रक्तदान कार्यक्रम सम्पन्न >>   काग तिहारमा रत्नपार्कमा काग सम्मेलन >>   तिहार र छठमा विद्युत आपूर्ति सहज बनाउन प्राधिकरणको विशेष तयारी >>   बेलिब्रिज राख्नु जोखिमपूर्ण, वर्षायामअघि हटाउन सडक विभागको चेतावनी >>   अदालतलगायत राज्यका संस्थालाई कमजोर बनाउने गतिविधि रोकौँः रवि लामिछाने >>   प्रेस काउन्सिल अध्यादेश मिडिया क्षेत्रलाई नियन्त्रण गर्ने उद्देश्यबाट प्रेरितः महासंघ
Logo
२२ कार्तिक २०८३, आईतवार
२२ कार्तिक २०८३, आईतवार

प्रस्तावित शिक्षा ऐनले समस्या सुल्झदैन : महामन्त्री शर्मा


२ ,भाद्र ,झापा । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले प्रस्तावित सार्वजनिक विद्यालय शिक्षा ऐन, २०८० अपुरो रहेकाले विद्यमान शैक्षिक समस्या नसुल्झने बताएका छन् ।

आन्दोलनरत सामुदायिक विद्यालयका शिक्षक तथा कर्मचारीले हिजो धुलाबारीमा बुझाएको ध्यानाकर्षणपत्र बुझ्दै उनले सरोकारवालसँग बसेर छलफल नगरी विद्येयक ल्याउँदा यस्तो समस्या भएको बताए ।

महामन्त्री शर्माले प्रस्तावित ऐनले शिक्षा क्षेत्रका समस्या नसुल्झनेमा आफू दृढ रहेको बताए । उनले शिक्षकको जारी आन्दोलनप्रति ऐक्यबद्धतासमेत जनाएक छन् ।

“मैले प्रस्तावित यो ऐन सुक्ष्म अध्ययन गरेको छु” उनले भने, “ऐनको मस्यौदा कसले, किन, कुन उद्देश्य र प्रयोजनका लागि तयार गरेको भन्ने कुराले अन्योल सिर्जना गरेको छ ।”

उनले विधेयक क्याविनेटमा पास नभई संसद्मा नआउने र गलत ढङ्गले आए विधेयक संशोधन नहुने भन्दै शिक्षकलाई आश्वासन दिए ।

उहाँले शिक्षा क्षेत्र राम्रो भए समाज राम्रो हुने भएकाले आफू व्यक्तिगतरुपमा पनि राम्रो विद्यालय ऐन बनाउने पक्षमा रहेको बताए ।

ध्यानाकर्षणपत्र बुझाउन पुगेका शिक्षकले पनि ऐन संशोधन गर्न जरुरी भएको बताएका थिए । उनिहरूले प्रस्तावित ऐनमा शिक्षकलाई हेर्ने मनोविज्ञान गलत भएको र मानमर्दन गरिएकाले यो विधेयक ल्याए जस्तोसुकै आन्दोलन गर्न तयार रहेको चेतावनी दिएका थिए ।

ध्यानाकर्षणपत्र बुझाउन नेपाल शिक्षक सङ्घका कोशी प्रदेश अध्यक्ष तेजप्रसाद चौलागाई, नेपाल राष्ट्रिय शिक्षक सङ्गठन अध्यक्ष झापा अध्यक्ष द्रोण श्रेष्ठ, प्रगतिशील राष्ट्रिय शिक्षक सङ्गठन झापा अध्यक्ष ज्ञानेन्द्र ढुङ्गाना, एकीकृत अखिल नेपाल शिक्षक सङ्गठन झापा अध्यक्ष रविन्द्र मैनाली, नेपाल शिक्षक सङ्घ झापा अध्यक्ष तोयानाथ दाहाल (भाष्कर), पूर्वअध्यक्ष नेत्रप्रसाद खरेललगायत महामन्त्री शर्माको निजी निवास मै पुगेका थिए ।


प्रकाशित मिति: २ भाद्र २०८०, शनिबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?