Trending
>>   बालेनलाई ओलीको बधाई सन्देश :पाँच वर्षे कार्यकाल निर्विघ्न सफल रहोस् >>   बालेन्द्र शाहको धमाकेदार विजय: केपी ओली झापा–५ मा पराजित >>   रास्वपाले विजय र्‍याली नगर्ने, जितको उन्मादमा विपक्षीलाई गालीगलौज नगर्न कार्यकर्तालाई लामिछानेको निर्देशन >>   रास्वपाले जनताको युगौं युगदेखिको समस्या समाधान हुनेगरी काम गर्छः सोविता गौतम >>   हाम्रो कुटनीति ‘विकास कुटनीति’ हुनेछ, लगानीकर्ताले नेताको आश्रय लिनुपर्दैनः रवि लामिछाने >>   मदिरा बिक्री र रात्रीकालीन व्यवसायमाथि लगाइएको प्रतिबन्ध हटाइयो >>   हामी काम गर्छौं भनेर आएका छौँ, काम नै हाम्रो आवाज होः विना गुरुङ >>   जेन–जी आन्दोलनको मर्म अनुसार काम गर्नेछुः उत्तमप्रसाद पौडेल >>   सोबिता गौतमलाई बधाई दिँदै रेणु दाहालले भनिन्– जनताको निर्णयलाई सम्मान गर्छु >>   जेनजी आन्दोलनबारे कार्की आयोगको प्रतिवेदन सरकारलाई बुझाउने तयारी
Logo
२३ फाल्गुन २०८२, शनिबार
२३ फाल्गुन २०८२, शनिबार

केही स्थानमा हल्का वर्षाको सम्भावना


२ ,भाद्र ,काठमाडौँ । मनसुनको न्यून चापीय रेखा पश्चिमतिर सरदर स्थानभन्दा उत्तरतिर र पूर्वतर्फ सरदर स्थानभन्दा दक्षिणतिर रहेको छ ।

भारतको ओडिसा र आसपासमा रहेको न्यून चापिय क्षेत्रको समेत आंशिक प्रभाव रहेको छ ।

हाल मधेस प्रदेश लगायत पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी स्थानमा आंशिक बदली रहेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार गण्डकी प्रदेशका थोरै स्थानहरुमा तथा बाँकी प्रदेशका एक–दुई स्थानमा हल्का वर्षा भइरहेको छ ।

आज दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहनेछ । देशको पहाडी भूभागको केही स्थानमा र बाँकी भूभागको थोरै स्थानमा चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।

अहिले काठमाडौँ उपत्यकामा पनि मौसम आंशिक बदली रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

काठमाडौँ उपत्यकामा दिउँसोपछि थोरै पानी पर्ने सम्भावना रहेको मौसमविद् रोजन लामिछानेले बताए ।

राति कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू–भागका केही स्थानमा तथा बाँकी प्रदेशका थोरै स्थानमा चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको र भोलि कोशी, बाग्मती र गण्डकी प्रदेशका एक/दुई ठाउँमा मेघगर्जन र चट्याङसहित ठूलो पानी पर्ने अनुमान गरिएको छ ।

यसैगरी पर्सी सोमबार देशका विभिन्न भागमा आज र भोलिको तुलनामा पानी पर्ने गतिविधि बढ्ने सम्भावना रहेको मौसमविद् रोजन लामिछानेले जानकारी दिए ।

उनका अनुसार विशेष गरी दिउँसोको समयमा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको एक दुई स्थानमा मेघगर्जन र चट्याङसहित भारी सम्भावना रहेको र रातिको समयमा गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको एक दुई स्थानमा भारी वर्षा हुने सम्भावना छ ।


प्रकाशित मिति: २ भाद्र २०८०, शनिबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?