Trending
>>   पुराना दलका सबै नेताहरु भ्रष्टाचारी थिए भन्ने भाष्य निर्माण गर्न खोजिँदैछ:राजेन्द्र पाण्डे >>   नागरिकलाई राज्यप्रति जिम्मेवार बनाउन मुलुकको शिक्षा प्रणालीमा व्यापक सुधार आवश्यकः एमाले वरिष्ठ नेता भण्डारी >>   प्रहरी निरीक्षकहरूलाई प्रधानमन्त्रीको निर्देशनः ‘दबाब र प्रभावमुक्त रहेर अपराध अनुसन्धानमा प्रविधिमैत्री बन्नुहोस्’ >>   नागरिकको विश्वास नै प्रहरीको वास्तविक शक्ति होः आईजीपी कार्की >>   मदन पुरस्कार र जगदम्बा–श्री पुरस्कार प्रदान >>   पुस्तान्तरण स्वाभाविक प्रक्रिया हो, यसमा धेरै लफडा गरिराख्न पर्दैनः अध्यक्ष ओली >>   मौसम पूर्वानुमान क्षमता सात दिनसम्म विस्तार गरिएको छः उर्जामन्त्री श्रेष्ठ >>   दशैँघरमा जमरा राखियो >>   गलौँदीमा भासिएको सडक आजबाट खुलाउने तयारी >>   भोटेकोशी बाढीले बगाएको बेत्रावती पुल पुनर्निर्माणः यातायात सुचारु
Logo
२६ आश्विन २०८३, सोमबार
२६ आश्विन २०८३, सोमबार

भीमफेदी कारागारले बायो ग्यास उत्पादन गर्ने


२ ,भाद्र ,मकवानपुर । मकवानपुरको भीमफेदी कारागार व्यवस्थापनले फोहर बायो ग्यास उत्पादन सुरु गर्ने भएको छ ।

कारागारले आगामी असोजको अन्तिम साताबाट बायो ग्यास उत्पादन प्रक्रिया सुरु गर्ने जानकारी दिएको छ ।

यसका लागि कारागार व्यवस्थापनले बोलपत्र आह्वान गरिसकेको र भदौको तेस्रो सातासम्ममा बोलपत्रलाई स्वीकृत गर्ने लक्ष्य रहेको भीमफेदी कारागारका जेलर तीर्थराज पौडेलले राससलाई जानकारी दिए ।

बागमती प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले भीमफेदी कारागारबाट निस्कने फोहरको सदुपयोग गर्न चालु आर्थिक वर्ष २०८०/८१ मा रु ३० लाख अनुदान रकम उपलब्ध गराइएको छ ।

बायो ग्यास उत्पादन गर्ने क्रममा विभिन्न उपकरणको खरिद गरी जडान गर्न सो अनुदान रकम खर्च गरिने भएको कारागारका जेलर पौडेलले बताए ।

कारागारबाट निस्कने फोहर सिधै भूमिगत पाइपबाट भीमफेदीको विभिन्न खोलामा मिसाउने गरिएको थियो ।

कारागारमा उत्पादन हुने वायु ग्यास कारागारमै खपत गरिनेछ । भीमफेदी कारागारमा हाल एक हजार ७० जना कैदीबन्दी छन् । तीमध्ये ३१ जना महिला छन् ।


प्रकाशित मिति: २ भाद्र २०८०, शनिबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?