Trending
>>   माजिपा लाखे आजुको उग्र तर करुणामयी नृत्यारम्भ (फोटो फिचर) >>   डीएनए परीक्षण गर्न चीनद्वारा नेपाललाई आवश्यक प्रविधि हस्तान्तरण >>   बेपत्ता नागरिकलाई ‘मृतक सरह’ मान्यता दिन नेकपा सांसदको माग >>   सुरक्षाकर्मीका लागि जलविद्युत आयोजनामा २ प्रतिशत आईपीओ सुनिश्चित गरिने >>   मन्त्रिपरिषद्को दैनिक कार्यभार अर्थमन्त्री वाग्लेलाई >>   बाढीका कारण जलविद्युत क्षेत्रमा ४१० मेगावाट क्षतिः ८ सयभन्दा बढी अझै बेपत्ता >>   जानकी मन्दिर विश्व सम्पदा सूचीमा लैजाने प्रक्रिया अघि बढ्यो : सांसद झा >>   महँगी, बाढी पीडितको राहत र सञ्चार क्षेत्रका समस्यामा सांसदहरूको सरकारलाई दबाब >>   एमाले केन्द्रिय कमिटी बैठक आज पनि जारी >>   हनुमानढोकामा इन्द्रध्वजा स्थापनासँगै काठमाडौंमा ऐतिहासिक इन्द्रजात्रा आरम्भ (तस्बिरहरु)
Logo
८ आश्विन २०८३, बिहीबार
८ आश्विन २०८३, बिहीबार

नेपाल प्रज्ञा–प्रतिष्ठानको ‘इ–बुकिङ’ हलसेवा शुभारम्भ


१ ,भाद्र ,काठमाडौँ । नेपाल प्रज्ञा–प्रतिष्ठानले हल प्रयोगकर्ताका लागि ‘हल इ–बुकिङ सेवा’ खुल्ला गरेको छ ।

प्रज्ञा–प्रतिष्ठानले उपलब्ध गराउँदै आएको कार्यक्रम हललाई अनलाइन माध्यमबाट नै ‘बुकिङ’ गर्न सक्ने व्यवस्थाका लागि ‘हल इ –बुकिङ सेवा’को आज एक समारोहका बीच शुभारम्भ गरिएको हो ।

प्रज्ञा–प्रतिष्ठानका कुलपति भूपाल रार्ईले यस सेवाको शुभारम्भ गर्नुभयो । कुलपति राईले आजको विश्वमा प्रविधिमैत्री हुनुको विकल्प नभएको भन्दै यस सेवाले हल प्रयोगकर्तालाई छिटो, छरितो र सर्वसुलभ सेवाप्रवाह गर्न सकिने जिकिर गरे ।

प्रज्ञा–प्रतिष्ठानका सदस्य सचिव डा धनप्रसाद सुवेदीले यस सेवाको प्रभावकारिता बढ्ने उल्लेख गर्दै वेबसाइटलाई आवश्यकताअनुसार परिमार्जनसमेत गरिने बताए ।

सिल्भरगेट सफ्टवेयर प्राइभेट लिमिटेडले निमार्ण गरेको ‘हल–इ –बुकिङ’ शुभारम्भ कार्यक्रममा प्रज्ञा–प्रतिष्ठानका उपकुलपति विमलकृष्ण श्रेष्ठ ‘विमल निभा’, प्राज्ञ परिषद् सदस्य डा मधुसुदन गिरी, डा कृष्णराज अधिकारी, बाबा बस्नेत, त्रैलोक्यमान बनेपाली ‘अगिव’, अमर न्यौपाने, हङ्सावती कुर्मी, प्राज्ञसभा सदस्य चेतनाथ धमला, प्रशासन प्रमुख सुमन अधिकारी, महाशाखा प्रमुख र प्रज्ञा प्रतिष्ठानका सम्पूर्ण साहित्यकार, कलाकार तथा कर्मचारीको उपस्थिति रहेको थियो ।


प्रकाशित मिति: १ भाद्र २०८०, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?