Trending
>>   जेन–जीहरुले निर्वाचन हुन दिन्न भन्न पाइदैंन :मेयर महर्जन >>   वैदेशिक लगानी प्रतिवद्धता प्रत्येक महिना बढ्दोः पाँच महिनामै ३८ अर्ब ५९ करोडको प्रतिवद्धता >>   प्रधानमन्त्री कार्कीसँग चिनियाँ राजदुतको शिष्टाचार भेट >>   तत्कालीन प्रधानमन्त्री र गृहमन्त्रीलाई अर्को हप्ता बयानमा बोलाउने तयारी >>   जनकपुरधाममा भारत–नेपाल गोलमेच छलफल सम्पन्न >>   राष्ट्रियताको रक्षा गर्न ओलीको विकल्प छैनः पदम गिरी >>   पक्ष—विपक्ष छैन, हामी सबै एमाले हौँः कृष्णगोपाल श्रेष्ठ >>   एमाले फुटोस् र पार्टी बनाउँछौँ भन्ने सपना देख्नेहरुको चाहना पूरा हुनेछैनः महेश बर्तौला >>   एमालेको नयाँ नेतृत्व चयनका लागि मतदान जारी (तस्बिरसहित) >>   पुस १२ गतेभित्र राष्ट्रिय सभा बैठक बोलाउँछौँः नारायणप्रसाद दाहाल
Logo
२ पुष २०८२, बुधबार
२ पुष २०८२, बुधबार

नेपाल प्रज्ञा–प्रतिष्ठानको ‘इ–बुकिङ’ हलसेवा शुभारम्भ


१ ,भाद्र ,काठमाडौँ । नेपाल प्रज्ञा–प्रतिष्ठानले हल प्रयोगकर्ताका लागि ‘हल इ–बुकिङ सेवा’ खुल्ला गरेको छ ।

प्रज्ञा–प्रतिष्ठानले उपलब्ध गराउँदै आएको कार्यक्रम हललाई अनलाइन माध्यमबाट नै ‘बुकिङ’ गर्न सक्ने व्यवस्थाका लागि ‘हल इ –बुकिङ सेवा’को आज एक समारोहका बीच शुभारम्भ गरिएको हो ।

प्रज्ञा–प्रतिष्ठानका कुलपति भूपाल रार्ईले यस सेवाको शुभारम्भ गर्नुभयो । कुलपति राईले आजको विश्वमा प्रविधिमैत्री हुनुको विकल्प नभएको भन्दै यस सेवाले हल प्रयोगकर्तालाई छिटो, छरितो र सर्वसुलभ सेवाप्रवाह गर्न सकिने जिकिर गरे ।

प्रज्ञा–प्रतिष्ठानका सदस्य सचिव डा धनप्रसाद सुवेदीले यस सेवाको प्रभावकारिता बढ्ने उल्लेख गर्दै वेबसाइटलाई आवश्यकताअनुसार परिमार्जनसमेत गरिने बताए ।

सिल्भरगेट सफ्टवेयर प्राइभेट लिमिटेडले निमार्ण गरेको ‘हल–इ –बुकिङ’ शुभारम्भ कार्यक्रममा प्रज्ञा–प्रतिष्ठानका उपकुलपति विमलकृष्ण श्रेष्ठ ‘विमल निभा’, प्राज्ञ परिषद् सदस्य डा मधुसुदन गिरी, डा कृष्णराज अधिकारी, बाबा बस्नेत, त्रैलोक्यमान बनेपाली ‘अगिव’, अमर न्यौपाने, हङ्सावती कुर्मी, प्राज्ञसभा सदस्य चेतनाथ धमला, प्रशासन प्रमुख सुमन अधिकारी, महाशाखा प्रमुख र प्रज्ञा प्रतिष्ठानका सम्पूर्ण साहित्यकार, कलाकार तथा कर्मचारीको उपस्थिति रहेको थियो ।


प्रकाशित मिति: १ भाद्र २०८०, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?