Trending
>>   सत्ताको खोजीमा यी चार पूर्वप्रधानमन्त्रीहरु चुनावी मैदानमा >>   राजुनाथ पाण्डेले गरे काठमाडौँ–३ बाट उम्मेदवारी दर्ता >>   बालेन्द्र साहले गराए झापा क्षेत्र नं. ५ बाट प्रतिनिधि सभा उम्मेदवारी दर्ता >>   ‘चुनावअघि सन्तुलनको दोसाँधमा नेपालः महाशक्तिहरूको नयाँ रणभूमि र क्षेत्रीय स्थिरताको संकट’ >>   महावीर पुनले गरे म्याग्दीबाट उम्मेदवारी दर्ता >>   महेश बस्नेतले गरे भक्तपुर–२ बाट उम्मेदवारी दर्ता >>   रिक्त मन्त्रालयको कार्यभार प्रधानमन्त्रीले सम्हाल्नुहुने >>   झापा–५ को चुनावी माहोल तात्यो, बालेन हजारौँ समर्थकसहित मनोनयन दर्ता गर्न दमकमा >>   स्पेनमा रेल दुर्घटनाः ४० जनाको मृत्यु, तीन दिने राष्ट्रिय शोकको घोषणा >>   सरकारद्वारा रवि लामिछाने विरुद्धका दुई अभियोग फिर्ता
Logo
८ माघ २०८२, बिहीबार
८ माघ २०८२, बिहीबार

रहेनन् वरिष्ठ पत्रकार श्रेष्ठ


वरिष्ठ पत्रकार मनिन्द्रलाल श्रेष्ठको निधन भएको छ । लामो समयदेखि क्यान्सरको उपचारमा रहनुभएका श्रेष्ठको काठमाडौँको पेप्सीकोलास्थित आफ्नै निवासमा आज बिहान निधन भएको हो ।

पाल्पाको वसन्तपुरमा जन्म भई राष्ट्रिय समाचार समिति (रासस)मा रही मुलुकको पत्रकारिता क्षेत्रमा करिब तीन दशक सेवा गर्नुभएका ७९ वर्षीय श्रेष्ठका श्रीमती, तीन छोरी र एक छोरा हुनुहुन्छ ।

उहाँको आजै पशुपतिस्थित आर्यघाटमा दाहसंस्कार गरिने पारिवारिक स्रोतले जनाएको छ ।


प्रकाशित मिति: १५ पुष २०७९, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?