Trending
>>   विपद् जोखिम न्युनिकरणका लागि पूर्वसूचना सबैको पहुँचमा पुग्नुपर्छः सरोकारवाला >>   मान्छे कर्मले सधैँ अमर रहन्छः सञ्चारमन्त्री खरेल >>   २५ अर्ब निक्षेप खिच्दै राष्ट्र बैंक >>   प्रतिनिधिसभा चुनावका लागि महोत्तरी–४ बाट प्रचण्डको नाम सिफारिस >>   निर्वाचन आयोगको कडा कदमः ६ दल खारेज >>   सरकार एमाले निर्वाचनमा सहभागी होस् भन्ने चाहँदैनः रघुवीर महासेठ >>   शान्तिपूर्ण निर्वाचनका लागि राजनीतिक दलहरुसँग सघन संवाद जरुरीः नेकपा >>   दलहरूमार्फत निर्वाचनको सन्देश तल्लो तहसम्म पुर्‍याउन संवाद थालेका छौँः मन्त्री सिन्हा >>   आइसिसी महिला टी ट्वान्टी विश्वकपमा छनोट हुन्छौंः हर्षल पाठक >>   अध्यादेशमार्फत समानुपातिक प्रतिनिधित्व हटाइएको भन्दै अपाङ्गता भएका व्यक्तिहरूको संघ–संस्थाद्वारा विरोध
Logo
१० पुष २०८२, बिहीबार
१० पुष २०८२, बिहीबार

आफ्नो लिंग आँफै काटेका युवकले भने – बिच्छीले टोकेपछि काटेर फालिदिएँ


१ भदाै, चितवन । आफ्नो लिंग आँफै काटेका युवकले बिच्छीले टोकेपछि शरीरमा विष फैलिन नदिन लिंग काटेको बताएका छन् । अस्पताल भर्ना भएका उनले शरीरमा विष फैलिने डरले लिंग नै काटेर फालिदिएको बताएका हुन् ।

बुधबार राती मकवानपुरगढी गाउँपालिकाका २२ वर्षीय युवकले बसपार्क नजिकैको फूलबारी होटलमा लिंग काटेका थिए । उनले ट्वाइलेट गएको समयमा बिच्छीले लिंगमा टोकेपछि त्यसो गरेको बताएका हुन् ।

लिंग काटेर उनी आँफै उपचारका लागि हेटौंडा अस्पताल पुगेका थिए । त्यहाँ उनको उपचार सम्भव नभएपछि सोही रात चितवन मेडिकल कलेज भरतपुर पठाएका थिए ।

अहिले उनको शल्यक्रिया गरिएको र अवस्था सामान्य रहेको उपचारमा संलग्न चिकित्सकहरूले जानकारी दिएका छन् । उनको लिंगको आधा भाग काटिएको बताइएको छ ।


प्रकाशित मिति: १ भाद्र २०८०, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?