Trending
>>   संसद् कमजोर भएको महसुस मैले पटक्कै गरेको छैन:सभामुख अर्याल >>   धक्का खाए पनि दुई तिहाईको लक्ष्यमा पुग्न सकिन्छः अध्यक्ष ओली >>   प्रतिनिधि सभाको दोस्रो अधिवेशन सम्पन्नः १४५ दिनमा १२ विधेयक पारित >>   राष्ट्रिय सभाको २१ औं अधिवेशन सम्पन्नः १४५ दिनमा ५२ बैठक, के–के भए उपलब्धि ? >>   काठमाडौंमा साढे ३ हजार प्रहरी परिचालन >>   संसदीय अधिवेशन कानून निर्माण र जनजीविकामा केन्द्रित रह्योः सांसद ढकाल >>   ग्लोवल आइएमई बैंकको २० औं साधारण सभा सम्पन्न, शेयरधनीहरुको १० प्रतिशत लाभांश पारित >>   सरकार र निजी क्षेत्रबीचको टकरावलाई अल्झिन नदिन पूर्वाधार अदालत गठन गर्ने तयारी >>   रास्वपा सरकार नेपालको इतिहासकै निजी क्षेत्रमैत्री र सुधारमुखी सरकार भएको कुरा पुष्टि हुँदैछः अर्थमन्त्री वाग्ले >>   वीरगञ्जको नेशनल मेडिकल कलेजमा ‘मुन्ना भाइ’ शैलीको गोरखधन्दाः संसदमा उठ्यो छानबिनको माग
Logo
१६ आश्विन २०८३, शुक्रबार
१६ आश्विन २०८३, शुक्रबार

आफ्नो लिंग आँफै काटेका युवकले भने – बिच्छीले टोकेपछि काटेर फालिदिएँ


१ भदाै, चितवन । आफ्नो लिंग आँफै काटेका युवकले बिच्छीले टोकेपछि शरीरमा विष फैलिन नदिन लिंग काटेको बताएका छन् । अस्पताल भर्ना भएका उनले शरीरमा विष फैलिने डरले लिंग नै काटेर फालिदिएको बताएका हुन् ।

बुधबार राती मकवानपुरगढी गाउँपालिकाका २२ वर्षीय युवकले बसपार्क नजिकैको फूलबारी होटलमा लिंग काटेका थिए । उनले ट्वाइलेट गएको समयमा बिच्छीले लिंगमा टोकेपछि त्यसो गरेको बताएका हुन् ।

लिंग काटेर उनी आँफै उपचारका लागि हेटौंडा अस्पताल पुगेका थिए । त्यहाँ उनको उपचार सम्भव नभएपछि सोही रात चितवन मेडिकल कलेज भरतपुर पठाएका थिए ।

अहिले उनको शल्यक्रिया गरिएको र अवस्था सामान्य रहेको उपचारमा संलग्न चिकित्सकहरूले जानकारी दिएका छन् । उनको लिंगको आधा भाग काटिएको बताइएको छ ।


प्रकाशित मिति: १ भाद्र २०८०, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?