Trending
>>   राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष ओहोदाको प्रमाणपत्र पेश >>   मलेसिया र साउदीका लागि प्रश्तावित राजदूतका नाम अस्वीकृत >>   १० देशका राजदुतको नाम संसदीय सुनुवाई समितिबाट अनुमोदन >>   हुलाकमार्फत नेपाल टेलिकमको सिमकार्ड डेलिभरी शुरु >>   वाणिज्य बैंकहरुले कमाए पौने १८ अर्ब रुपैयाँ बढी नाफा >>   काठमाडौं महानगरद्वारा सम्यक महादानका लागि तयारी तिब्र >>   कर्णालीका समस्या काठमाडौंले बुझ्नुपर्छः महामन्त्री राणा >>   निसर्ग वाटिका एनएसए कप पौडीमा च्याम्पियन >>   रसुवा बाढीः बेपत्ता भएका नागरिकलाई मृत्यु सरह प्रमाणित गरी मृत्यु प्रमाणपत्र दिने प्रक्रिया अन्तिम चरणमा >>   रुस–युक्रेन ऊर्जा युद्धविराम भएको ट्रम्पको दाबी, जेलेन्स्की अनभिज्ञ
Logo
२९ आश्विन २०८३, बिहीबार
२९ आश्विन २०८३, बिहीबार

गाईगोरुसहित किशोर पक्राउ


महोत्तरीको पश्चिमी भारतीय सीमानाकाबाट प्रहरीले ४८ वटा गाईगोरुसहित आज बिहान एक किशोरलाई पक्राउ गरेको छ ।

नेपालबाट भारततर्फ तस्करी गर्न लागिएका ४८ वटा गाईगोरुसहित सम्सी गाउँपालिका–७ का १८ वर्षीय गुफरान शेषलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रवक्ता प्रहरी नायब उपरीक्षक सन्तोषकुमार पोखरेलले जानकारी दिनुभयो । बिहानै नेपाल–भारत तस्करी गर्न लागिएको ४७ गाई र एक गोरुसहित किशोरलाई सीमा गस्तीमा खटिएका प्रहरी टोलीले नियन्त्रणमा लिएको थियो ।

नियन्त्रणमा लिएका किशोरलाई आवश्यक कारबाहीका लागि भन्सार कार्यालयमा बुझाउने तयारी भइरहेको प्रहरी नायब उपरीक्षक पोखरेलले बताउनुभयो ।


प्रकाशित मिति: १ फाल्गुन २०७९, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?