Trending
>>   प्रहरीमा महिलाको संख्या २० प्रतिशत पुर्‍याउन गृहमन्त्रीको निर्देशन >>   भारत–चीनबीच भएको लिपुलेक सहमतिले तात्यो संसदः एक ठाउँमा उभिए सत्तापक्ष–प्रतिपक्ष >>   न्यायाधीश मल्लको आग्रहः महिला प्रहरीबाट सुरक्षा लिनुस् >>   शिक्षा समितिमा आउँदा मलाई विधेयक रोक्न आयो भनेर आरोप लगाइयोः श्याम घिमिरे >>   चलचित्र ‘जनै हराएको मान्छे’को प्रिमियर सम्पन्नः भावुक बने कलाकार >>   सरकारले संविधानको अपमान गरिरहेको छ : रास्वपा >>   घट्यो वैदेशिक सहायता : अघिल्लो आवको तुलनामा ०.४९ प्रतिशत कमि >>   शहरी विकास मन्त्रालयको ‘अनलाइन अनुगमन कक्ष’मा जोडिए प्राथमिकतायुक्त आयोजना >>   करोडौँ चन्दा दिन तयार हुने निजी क्षेत्र पाँच जना विद्यार्थी निःशुल्क पढाउनुपर्दा खुट्टा कमाउँछ :सांसद… >>   सरकारी कर्मचारीका सन्तान सार्वजनिक विद्यालयमा पढ्नु पर्ने व्यवस्था राखौँः सांसद बस्नेत
Logo
४ भाद्र २०८२, बिहीबार
४ भाद्र २०८२, बिहीबार

कम्युनिष्ट आन्दोलन जोगाउन प्रतिनिधिसभा विघटन गरियो : अध्यक्ष ओली


३१ ,श्रावण ,काठमाडौँ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले कम्युनिष्ट आन्दोलनलाई जोगाउनका लागि प्रनिनिधिसभा विघटन गरेको बताएका छन् ।

पार्टी स्कुल विभाग, बागमती प्रदेश सङ्गठन कमिटीले हिजो आयोजना गरेको ‘प्रशिक्षक प्रशिक्षण’ कार्यक्रमलाई सम्बोधन गर्दै उनले प्रतिनिधिसभा विघटन नगरेको भए देशको कम्युनिष्ट आन्दोलन समाप्त हुने थियो भने ।

“हामीले पुस ५ गते प्रतिनिधिसभा विघटन गर्न सिफारिस गर्‍यौँ त्यो विघटन ठीक थियो। नगरि नहुने थियो, त्यसैले गर्‍यौँ”, उनले भने, “यदि हामीले प्रतिनिधिसभा विघटन नगरेको भए हाम्रो आन्दोलन ध्वस्त हुन्थ्यो । ध्वस्त पार्ने षड्यन्त्र थियो । हामीलाई झुन्ड्याउन जुन डोरी उनीहरूले तयार गरेका थिए, त्यो डोरी हामीले छिनाल्दियौँ ।”

उनले प्रतिनिधिसभा विघटनपछि पार्टीको सदस्यबाटै निकालिएका आफूहरूले सङ्गठन विस्तार र सुदृढ गरेर मजबुत एवं प्रमुख पार्टीको रूपमा पुनः स्थापित गरी प्रतिनिधिसभामा प्रवेश गरेको बताए ।

“हाम्रो सङ्गठन ध्वस्त पार्ने, चकनाचुर पार्ने र नेपालमा वामपन्थी आन्दोलन, परिवर्तनकारी आन्दोलन समाप्त पार्ने जुन योजना थियो, त्यस योजनालाई हामीले पूरा हुन दिएनौँ”, उनले भने ।

प्रतिनिधिसभा विघटन त्यस बेलाको अपरिहार्यता भएको भन्दै अध्यक्ष ओलीले प्रतिनिधिसभा विघटन राजनीतिक कदम, संवैधानिक कदम र संसदीय कदम रहेको उल्लेख गरे ।

उनले प्रतिनिधिसभा विघटनपछि पार्टी मजबुतरुपमा अगाडि बढेको दाबी गरे । पार्टीबाट निकालिएको शक्ति फेरि पनि प्रतिनिधिसभा पुनःस्थापना हुँदा पहिलो शक्तिको रुपमा रहेको अध्यक्ष ओलीको भनाइ थियो ।

वामपन्थी चिन्तनलाई प्रतिक्रियावादीले सुन्न नचाहने गरेको उल्लेख गर्दै उनले यथास्थितिवाद र वामपन्थको कहिले मिलाप नहुने उल्लेख गरे ।

“वामपन्थले देशमा सुधार र परिवर्तन चाहने गर्दछ । चाहे त्यो सङ्ख्यात्मक होस् वा गुणात्मक । परिस्थिति अनुकूल छ भने गुणात्मक परिवर्तन ल्याउने काम वामपन्थले गर्दछ”, अध्यक्षले भने ।

अध्यक्ष ओलीले अहिले पुँजीवादीसँग पैसा भएकाले कम्युनिष्ट आन्दोलन दबाउन खोजिएको बताए ।

“अहिले पद, पैसा, सुविधा र क्रयशक्ति पुँजीवादीसँग रहेको छ । त्यस कारणले क्रयशक्तिको कारणले पुँजीवादी घुसपैठ पनि गर्न सक्दछन्”, उनले भने, “हाम्रोजस्तो देशमा अहिले पनि परम्परागत शक्ति दबाउने चलन रहेको छ । उनीहरुको वर्चश्व रहेको छ ।”

उनले ज्ञानलाई व्यवस्थित गर्नका लागि चिन्तन आवश्यक रहेको भन्दै चिन्तनबाट प्राप्त गरेको ज्ञानलाई सम्प्रेषण गर्नुपर्ने भनाइ राखे ।

अध्यक्ष ओलीले सँधै गुरुले सिकाएको ज्ञान मात्र ज्ञान नभएको भन्दै रचनात्मक ढङ्गले मानिले आफैँमा ज्ञान प्रस्फुटन गराउनुपर्ने भनाइ राखे ।


प्रकाशित मिति: ३१ श्रावण २०८०, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?