Trending
>>   पेट्रोलियमको मूल्य नबढेसम्म चाडपर्वमा भाडा बढाउँदैनौँः अध्यक्ष सिटौला >>   पुनर्निर्माणमा मोडेल परिवर्तनः ‘टाउनसिप’ मोडेलमा बस्ती विकास गरिने’ >>   एउटै आन्दोलनमा निधन भएकाहरु शहीद अनि बाचेकाहरु अपराधी कसरी ? >>   रसुवा बाढीमा सम्पर्कविहीनहरु अब जीवित भेट्टिने सम्भावना कम छ: गृहसचिव शर्मा >>   गएको साता ८७ अंकले बढेको नेप्सेको यो साता कस्तो रहला ? >>   सम्पती धितोमा आधारित कर्जा प्रणालीले परियोजना कर्जालाई निरुत्साहित गर्‍योः राष्ट्र बैंक >>   नेपाल शक्ति राष्ट्रको प्रतिष्पर्धाको ‘भिक्टिम’ बन्नु हुँदैन:पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी >>   संविधान नागरिकका सपना, आशा र अधिकारको साझा प्रतिज्ञा होः राष्ट्रपति पौडेल >>   संविधान केवल कानूनी दस्तावेज र शब्दहरूको संग्रह होइनः प्रदेश प्रमुख देवकोटा >>   मुलुकमा भ्रष्टाचार र दण्डहिनताको जरा गहिरो छः प्रधानमन्त्री बालेन्द्र शाह
Logo
५ आश्विन २०८३, सोमबार
५ आश्विन २०८३, सोमबार

चार जिल्लाका सीडीओ फेरिएः धनुषामा पाण्डे


३० श्रावण, काठमाडाैँ ।  गृह मन्त्रालयले चार जिल्लाका प्रमुख जिल्ला अधिकारी (सीडीओ) हरूको सरुवा गरेको छ । मन्त्रालयले मंगलबार गरेको निर्णय अनुसार चितवन, नुवाकोट, सप्तरी र धनुषाका प्रमुख जिल्ला अधिकारी फेरिएका छन् ।
सप्तरीका सीडीओ भुपेन्द्र थापालाई चितवनको सीडीओमा सरुवा गरिएको छ । त्यस्तै चितवनका सीडीओ सुरेन्द्र पौड्याललाई नुवाकोटको सीडीओ बनाइएको छ । मन्त्रालयले नुवाकोटका सीडीओ किरण थापालाई सप्तरीको सीडीओ बनाएको छ । उता धनुषाका सीडीओ काशीराज दाहाललाई कारागार व्यवस्थापन विभागको महानिर्देशकमा सरुवा गरी कारागार व्यवस्थापन विभागका महानिर्देशक चक्रपाणी पाण्डेलाई धनुषाको सीडीओ बनाइएको छ ।

प्रकाशित मिति: ३० श्रावण २०८०, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?