Trending
>>   सरकारले जेन–जी आन्दोलनको लक्ष्य अनुसार काम गरिरहेको छः स्वास्थ्यमन्त्री गौतम >>   अदालतबाट न्याय पाएर फर्किएको छुः हितेन्द्रदेव शाक्य >>   सक्रिय राजतन्त्रसँग सहमत छैनौँः धवल शमशेर जबरा >>   राजा, राजनीतिक दल र जेन–जी पुस्ताबीच नयाँ समझदारी गरेर अघि बढौं : राजेन्द्र लिङदेन >>   केपी ओलीले महिलाको अपमान गर्छन्ः अष्टलक्ष्मी शाक्य >>   निर्णय नलिने प्रोजेक्ट म्यानेजरलाई छानविन गरेर कारबाही गर्नुपर्छः कुलमान घिसिङ >>   लुम्बिनीमा भारत–नेपाल सांस्कृतिक महोत्सवको तेस्रो संस्करण सम्पन्न(तस्बिरसहित) >>   इन्धनबाट चल्ने गाडीहरु विस्थापन हुँदा सयौँ मजदुरहरु पलायन हुने स्थिति आयोः श्रेष्ठ >>   देशभरका भन्सार कार्यालयमा पेन डाउन, जाँचपास सेवा पूर्णरूपमा ठप्प >>   यो चुनावी सरकार मात्र होइन,कसैको धम्कीबाट डराउँदैनौँः प्रधानमन्त्री कार्की
Logo
२४ मंसिर २०८२, बुधबार
२४ मंसिर २०८२, बुधबार

दार्चुलामा सम्बन्धविच्छेद गराउनेको सङ्ख्या बढ्दै


३० श्रावण, दार्चुला । दार्चुला जिल्ला अदालतमा  सम्बन्धविच्छेद गराउनेको सङ्ख्या बढ्दै गएको छ । विगत दुई आर्थिक वर्ष र चालु आर्थिक वर्षको एक  महिनामा उक्त रहेका सम्बन्धविच्छेदका मुद्दाको तथ्याङ्कले त्यस्ता मुद्दाको सङ्ख्या बढ्दै गएको देखाएको हो । गत आर्थिक वर्षमा अदालतमा दर्ता भएका मुद्दाहरुमध्ये २४ दशमलव ८७ प्रतिशत मुद्दा सम्बन्धविच्छेदसम्बन्धी थिए भने चालु आर्थिक वर्षको एक महिनामा यस्ता मुद्दाको प्रतिशत ३६ दशमलव ३६ प्रतिशत पुगेको छ ।

गत आर्थिक वर्षमा दर्ता भएका दुई सय पाँचमध्ये ५१ मुद्दा सम्बन्धविच्छेदसम्बन्धी मुद्दा रहेको अदालतका सूचना अधिकारी गणेशबहादुर बिष्टले जानकारी दिए । उनका अनुसार गत आर्थिक वर्षमा ४६ मुद्दा अघिल्लो वर्षबाट जिम्मेवारी सरी आएका हुन् भने पाँच मुद्दा नयाँ रहेका छन् । त्यस्तै   चालु आर्थिक वर्षको दुई महिनामै आठ नयाँ मुद्दा दर्ता भएका छन् ।

चालु आर्थिक वर्षको  दुई महिनामा आठ नयाँ र १३ गत वर्षबाट जिम्मवारी सरी आएका गरी २१ सम्बन्ध विच्छेदका मुद्दा जिल्ला अदालतमा विचाराधीन रहेको  सूचना अधिकारी विष्टले बताउनुभयो । आव २०७८÷७९ मा भने सम्बन्धविच्छेदसम्बन्धी ४७ मुद्दा थिए । गत वर्ष एकजोडीले मुद्दा फिर्ता लिएकै दोस्रो दिन पुनः सम्बन्धविच्छेदका लागि निवेदन दिएर सम्बन्धविच्छेद गराएका थिए ।   सम्बन्धविच्छेदका लागि  पुरुषभन्दा महिलाहरुले बढी मुद्दा दिएको पाइएको छ ।

अदालतका अनुसार आव २०७९÷८० मा अभिलेख कायम गरिएका ४९ सम्बन्धविच्छेदका मुद्दाहरुमध्ये ६५ प्रतिशतभन्दा बढी (३३जना)महिलाहरुका तर्फबाट उजुरी परेका थिए भने पुरुषहरुको सङ्ख्या १६ मात्रै रहेको  थियो ।


प्रकाशित मिति: ३० श्रावण २०८०, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?