Trending
>>   सहकारी पीडितको वचत फिर्तामा सरकार संवेदनशील, १ लाख मुनिकालाई प्राथमिकता >>   सरकारद्वारा चैत १९ मा संघीय संसदको अधिवेशन आह्वान गर्न सिफारिस, संविधान संशोधनका लागि कार्यदल गठन >>   सांसदहरुलाई पूर्णबहादुर खड्काले भने–‘संविधान संशोधनको मुद्दा उठेको छ, ख्याल गर्नुहोला’ >>   बालश्रम शोषणको आरोपमा सांसद रेखा शर्मा पक्राउ >>   राइड शेयरिङमा मनोमानी बढेको भन्दै ‘प्रो राइडर समूह’ आन्दोलित, प्रतिकिलोमिटर २७ रुपैयाँ भाडा तोक्न माग >>   सरकारको कार्ययोजनाः सार्वजनिक खरिद सुधारदेखि ऊर्जा निर्यात रणनीतिसम्म >>   ‘बखान’ उपन्यासलाई शहीद शिवप्रसाद पौडेल स्मृति राष्ट्रिय पुरस्कार >>   पीएसपीपी कार्यान्वयन गर्ने सरकारी निर्णयको निजी क्षेत्रबाट स्वागत >>   पूर्वप्रधानमन्त्री र गृहमन्त्रीको पक्राउः कानूनको शासन कि शक्तिको कानून ? >>   सरकारको कदम प्रतिशोधपूर्ण र घृणायुक्त, अध्यक्ष र पूर्व गृहमन्त्रीलाई तत्काल रिहा गरियोस्ः महेश बस्नेत
Logo
१७ चैत्र २०८२, मंगलवार
१७ चैत्र २०८२, मंगलवार

उदयपुरको त्रियुगा क्षेत्रमा भाइरल ज्वरोको प्रकोप बढ्यो


३० श्रावण, उदयपुर । उदयपुर जिल्लाको त्रियुगा नगरपालिका क्षेत्रमा डेङ्गु र आँखा पाख्ने रोगसँगै अहिले तीव्र रुपमा भाइरलको ज्वरोको प्रकोप बढ्न थालेको छ । साउनको तेस्रो हप्तादेखि देखा पर्न थालेको भाइरल ज्वरोको प्रकोप अहिले त्रियुगा नगरपालिका क्षेत्रको सबै वडाहरुमा फैलिसकेको छ ।

भाइरल ज्वरोको प्रकोप फैलिँदै जान थालेपछि जिल्ला अस्पतालसहित स्थानीय स्वास्थ्य चौकी तथा क्लिनिकहरुमा समेत ज्वरोका बिरामी उपचारका लागि आउन थालेको त्यहाँका  चिकित्सकहरू बताउँछन् ।

जिल्ला अस्पतालका प्रमुख डा ज्ञानेन्द्र झाका अनुसार अहिले भाइरलबाट सङ्क्रमित बिरामीहरु दैनिक तीन दर्जनसम्मको सङ्ख्यामा उपचारका लागि जिल्ला अस्पतालमा आउने गरेका छन् ।

गाईघाट शिवशक्ति मेडिकलका सञ्चालक जीतेन्द्रकुमार महतोका अनुसार भाइरलबाट सङ्क्रमितहरु दैनिक दुई दर्जनसम्म आफ्नो क्लिनिकमा उपचारका लागि आउने गरेका छन् ।

एक हप्तादेखि यता भाइरल ज्वरोको प्रकोप फैलिँदै गएपछि अहिले नगरपालिकाको गाईघाट, बोक्से, जलजले, मोतिगडा, भुल्के, खैजनपुर, बगाहा, जोगिदह, पोर्ताह, लक्ष्मीपुर, राजाबास, चुहाडे क्षेत्रमा अहिले ज्वरोको प्रकोप तीव्र रुपमा फैलँदै गएको छ।

उदयपुर जिल्ला अस्पतालका अनुसार डेङ्गु र आँखा पाक्ने रोगको प्रकोप पूर्णरुपमा न्यूनीकरण नभई फेरि भाइरल ज्वरोको प्रकोप बढ्न सुरु गरेको हो । अहिले नगरपालिका क्षेत्रको गाईघाट, बजार, बोक्से, पुरानो गाईघाट, असारी, खैजनपुर र मोतिगडा क्षेत्रका धेरै बासिन्दा भाइरलका कारण सङ्क्रमित भएका छन्  ।

स्वास्थ्य कार्यालयका अनुसार जिल्लाको नगरपालिका क्षेत्रमा साउन १ गतेदेखि डेङ्गुको प्रकोप फैलन सुरु गरेको थियो । हालसम्म  नगरपालिका क्षेत्रमा मात्र झन्डै चार सय ५० भन्दा बढी डेङ्गुबाट सङ्क्रमित भएका छन् ।

यस्तै नगरक्षेत्रका बालबालिकासहित अन्य उमेरकासमेत गरेर झन्डै तीन हजारको सङ्ख्यामा आँखा पाक्ने रोगबाट सङ्क्रमित भएको बेला पुनः भाइरल ज्वरोको प्रकोपसमेत तीव्र रुपमा फैलँदै जान थालेको स्वास्थ्य कार्यालयले बताएको छ ।


प्रकाशित मिति: ३० श्रावण २०८०, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?