Trending
>>   हात देऊ प्रिय >>   जर्मनीमा कांग्रेसको निर्वाचन प्रचार समिति >>   यसकारण कांग्रेसलाई तपाईंको मन र मत >>   नेपाली र भारतीय फिल्मका चर्चित अभिनेता सुनिल थापाको निधन >>   प्रभु बैंकको सीईओमा सुमन शर्मा, शेरचनले दिए राजीनामा >>   डिजिटल नागरिकता सेवामा काभ्रेपलाञ्चोक अगाडि :वडा तहबाटै अनलाइन सिफारिस सफल >>   भरतपुरको राधापुर नहरमा मोटरसाइकल खस्दा एक जनाको मृत्यु >>   प्रतिनिधिसभा निर्वाचन मितव्ययी बनाउने आयोगको रणनीति >>   लुटपाटविरुद्ध प्रहरीको कडा प्रहार: गोली चलाएर मूलपानीबाट १० लुटेरा नियन्त्रणमा >>   महाराष्ट्रका उपमुख्यमन्त्री चढेको विमान दुर्घटनाग्रस्त
Logo
२७ माघ २०८२, मंगलवार
२७ माघ २०८२, मंगलवार

प्रकाशमानको आह्वान– खर्च धेरै, परिणाम कम आउने कार्यशैली बदलौं


३० साउन, काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले जनतामा भिज्ने गरी पार्टीका कार्यक्रममा सक्रिय हुनुपर्ने बताएका छन् । कार्यक्रम गर्दा खर्च धेरै, तर परिणाम कम आउने खालको कार्यशैली बदल्नुपर्ने उनको भनाइ छ ।

‘माछा जसरी पानीमा रमाउँछ, त्यसैगरी हामी जनतामा भिज्नुपर्यो,’ आज बिहान काठमाडौंको नयाँबानेश्वरमा आयोजित बागमती प्रदेश सम्मेलनलाई सम्बोधन गर्दै उनले भने, ‘कार्यक्रम गर्दा सकेसम्म कम खर्च गरेर गरौं । धेरै खर्च गर्ने तर परिणाम थोरै निकाल्नु हुँदैन । बरु दुःख गरौं न ।’

उनले २०४६ सालभन्दा अघिको जस्तै पार्टी बनाउनुपर्ने चुनौती रहेको भन्दै पार्टीका सबै तह र संरचनामा विधि, पद्दती र नियमबाट चलाउनुपर्ने चुनौती रहेको बताए । त्यसका लागि पैसाको बलमा पार्टीमा चलखेल गर्नेहरुलाई ठेगाउन लगाउनुपर्ने उनले बताए । पार्टीभित्र सुविधाभोगी गतिविधि अब रोक्नुपर्ने बताउँदै उनले भने, ‘काम सुको नगर्ने तर पैसाको चलखेल गर्नेहरुलाई अब ठेगान लगाउनुपर्छ । त्यसका लागि पार्टीभित्रैबाट अभियान चलाउनुपर्छ ।’

भ्रष्टाचार र अनियमितता रोक्दै टोल र वडाबाटै कार्यशैलीमा सुधार गरेमा कांग्रेस २०४६ सालभन्दा अगाडिको जस्तै सशक्त बन्ने बताए । ‘बिस्तारै करेक्सन गरेर २०४६ अघिको जस्तै पार्टी बनाउनुपर्ने छ । त्यसो भयो भने कांग्रेसलाई कसैले च्यालेन्ज दिन सक्दैन,’ उनले भने ।

कांग्रेस लोकतान्त्रिक पार्टी भएको भन्दै सबैलाई खबरदारी गर्दै समस्याको समाधान गर्नेतिर लाग्नुपर्ने उनको भनाइ छ । ‘कप्लेन त सबैतिर छ । कप्लेन गरेर मात्र भएन नि । के गरेर समाधान गर्ने भन्नेतिर लाग्नुपर्यो,’ उनले भने, ‘मैले ५६ सालदेखि भन्दै आएको छु– टोल, वडासम्म विधि र नियमबाट चलाउनु पर्यो नि । हामी जहाँ–जहाँ छौं, त्यहाँबाट लागौं न ।’ कसैकसैले कचकच गर्दैमा जिम्मेवारी दिउँ नत भनेर दिन नहुने बताउँदै उनले त्यसो गरेमा इमान्दार नेता कार्यकर्ता निराश हुने बताए ।

केन्द्रबाट सर्कुलर भएका कार्यक्रमलाई परिणाममुखी बनाउन उनले निर्देशन दिए । चर्का कुुरा गर्ने तर काम नगर्ने शैली बदल्न उनले आह्वान गरे । ‘केन्द्रले पठाइहाल्यो, गर्दिउँ न भनेर झारा टार्ने किसिमको काम गर्ने र भाषण मात्र चर्काचर्का कुरा गरेर मात्र हुँदैन,’ नेता सिंहले भने, ‘आधारभूत कुरा नगरेर उडन्ते कुरा गरेर, पार्टी कता–कता पुगिराछ आफूचाहिँ उडिराछ, यसरी काहिँ चल्छ ?’ कार्यक्रम मा बाेल्दै नेपाली कांग्रेस का सहमहामन्त्री भीष्म राज आङदाङबे ले पाटिका निर्देश पालना गरेर पाटि संगठन मज्बुत बनाउन लाग्नु पर्ने बताउनु भएकाेछ कांग्रेस ले मात्रै मुलुका चुनाैति काे सामना गर्न सक्ने भन्दै नेपाली कांग्रेस ले नै मुलुकलाई निकास दिने सक्ने बताउनु भयकाेछ नेपाली कांग्रेस काठमाडौ क्षेत्र नं 1 काे आयाेजना मा आज भयकाे कार्यक्रममा नेता हरुले उक्त कुरा बताउनु भएकाे हाे ।


प्रकाशित मिति: ३० श्रावण २०८०, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?