Trending
>>   माजिपा लाखे आजुको उग्र तर करुणामयी नृत्यारम्भ (फोटो फिचर) >>   डीएनए परीक्षण गर्न चीनद्वारा नेपाललाई आवश्यक प्रविधि हस्तान्तरण >>   बेपत्ता नागरिकलाई ‘मृतक सरह’ मान्यता दिन नेकपा सांसदको माग >>   सुरक्षाकर्मीका लागि जलविद्युत आयोजनामा २ प्रतिशत आईपीओ सुनिश्चित गरिने >>   मन्त्रिपरिषद्को दैनिक कार्यभार अर्थमन्त्री वाग्लेलाई >>   बाढीका कारण जलविद्युत क्षेत्रमा ४१० मेगावाट क्षतिः ८ सयभन्दा बढी अझै बेपत्ता >>   जानकी मन्दिर विश्व सम्पदा सूचीमा लैजाने प्रक्रिया अघि बढ्यो : सांसद झा >>   महँगी, बाढी पीडितको राहत र सञ्चार क्षेत्रका समस्यामा सांसदहरूको सरकारलाई दबाब >>   एमाले केन्द्रिय कमिटी बैठक आज पनि जारी >>   हनुमानढोकामा इन्द्रध्वजा स्थापनासँगै काठमाडौंमा ऐतिहासिक इन्द्रजात्रा आरम्भ (तस्बिरहरु)
Logo
७ आश्विन २०८३, बुधबार
७ आश्विन २०८३, बुधबार

मुगु जिप दुर्घटना : मृत्यु हुनेको सङ्ख्या चार पुग्यो


३० श्रावण, मुगु । मुगु जिप दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या चार पुगेको छ । मृतक र घाइते सबैको पहिचान खुलेको प्रहरी नायब उपरीक्षक महेश बस्नेतले जानकारी दिए ।

प्रनाउ बस्नेतका अनुसार मृत्यु हुनेमा हुम्ला जिल्ला सर्केगाड–२ रिपगाउँका एकै नाम थारका दुई जना राम परियार, सोही ठेगानाका प्रकाश बोहोरा र पिउस परियार रहेका छन् ।

यस्तै गम्भीर घाइतेहरुमा मुगु जिल्ला सोरु गापा–७ सीप गाउँका चालक दिनेश लावड, सोरु–५ का गोविन्दा शाही र सोही वडाका वडा सदस्य लोकजङ्ग नेपाली रहेका छन् । त्यस्तै सोरु–६ कै सेरे रोकाया र हुम्ला सिमीकोट–२ का उदीप बोहोरा पनि घाइते भएका छन् ।

गमगढी बजार र नेपालगञ्ज जान जिप चढेका पाँचजना हुम्लीमध्ये चार जनाको मृत्यु भएको छ ।

सोमबार बेलुका ४ बजे सोरु गाउँपालिकाबाट मुगु जिल्ला सदरमुकाम गमगढीतर्फ आउँदै गरेको ग१ज ७७६२ नंको बोलेरो जिप सोरु गाउँपालिका–७ चिप्लेगाडामा दुर्घटना भएको थियो । जिप सडकबाट दुई सय मिटर तल खसेको थियो ।


प्रकाशित मिति: ३० श्रावण २०८०, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?