Trending
>>   सत्ताको खोजीमा यी चार पूर्वप्रधानमन्त्रीहरु चुनावी मैदानमा >>   राजुनाथ पाण्डेले गरे काठमाडौँ–३ बाट उम्मेदवारी दर्ता >>   बालेन्द्र साहले गराए झापा क्षेत्र नं. ५ बाट प्रतिनिधि सभा उम्मेदवारी दर्ता >>   ‘चुनावअघि सन्तुलनको दोसाँधमा नेपालः महाशक्तिहरूको नयाँ रणभूमि र क्षेत्रीय स्थिरताको संकट’ >>   महावीर पुनले गरे म्याग्दीबाट उम्मेदवारी दर्ता >>   महेश बस्नेतले गरे भक्तपुर–२ बाट उम्मेदवारी दर्ता >>   रिक्त मन्त्रालयको कार्यभार प्रधानमन्त्रीले सम्हाल्नुहुने >>   झापा–५ को चुनावी माहोल तात्यो, बालेन हजारौँ समर्थकसहित मनोनयन दर्ता गर्न दमकमा >>   स्पेनमा रेल दुर्घटनाः ४० जनाको मृत्यु, तीन दिने राष्ट्रिय शोकको घोषणा >>   सरकारद्वारा रवि लामिछाने विरुद्धका दुई अभियोग फिर्ता
Logo
९ माघ २०८२, शुक्रबार
९ माघ २०८२, शुक्रबार

महोत्सवपछि हलमा ‘हल्कारा’


अन्तर्राष्ट्रिय महोत्सवमा पुरस्कृत भएको चलचित्र ‘हल्कारा’ नेपालमा आउँदो वर्षको वैशाख २९ मा प्रदर्शन हुने तय गरिएको छ । निर्माण पक्षले नयाँ पोस्टर सार्वजनिक गर्दै घोषणा गरेको हो । विक्रम सापकोटाको लेखन तथा निर्देशनमा तयार चलचित्रमा महेश त्रिपाठी र विनिता थापामगर प्रमुख भूमिकामा हुनुहुन्छ ।

“गाउँमा चिठ्ठी प¥याउने एक हल्काराको माध्यमबाट वैदेशिक रोजगारीले नेपाली समाजमा पारेको प्रभावलाई देखाउने कोसिस गरेका छौँ”, निर्देशक सापकोटाले भन्नुभयो, “सत्यकथा प्रेरित भएता पनि मनोरञ्जक हिसाबले प्रस्तुत गर्ने गरिएको छ ।” यसमा अभिनेता त्रिपाठीले हुलाकीको चरित्र निर्वाह गर्नुभएको छ । यसमा उमेश तामाङ, पशुपति राई, स्व दीपक क्षेत्री, विद्या कार्की आदि कलाकारको अभिनयसमेत रहेको छ । ‘हल्कारा’ अमेरिकाको ‘वर्ल्ड फेस्ट ह्युस्टन फिल्म फेस्टिवल’मा उत्कृष्ट घोषित भएको थियो भने अभिनेता त्रिपाठीले उत्कृष्ट अभिनेताको पुरस्कार जित्नुभएको थियो ।

यस्तै, नेपाल–अमेरिका फिल्म फेस्टिभलमा ‘लङ न्यारेटिभ’ विधामा पुरस्कृत हुन सफल भएको यो चलचित्र अन्य महोत्सवमा समेत छनोट भएको थियो । यसअगाडि कालोपोथी, सेतो सूर्यलगायतका चलचित्रसमेत अन्तर्राष्ट्रिय महोत्सवमा पुरस्कृत भएपछि मात्र प्रदर्शन भएका थिए ।


प्रकाशित मिति: १ फाल्गुन २०७९, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?