Trending
>>   वाणिज्य बैंकहरुले कमाए पौने १८ अर्ब रुपैयाँ बढी नाफा >>   काठमाडौं महानगरद्वारा सम्यक महादानका लागि तयारी तिब्र >>   कर्णालीका समस्या काठमाडौंले बुझ्नुपर्छः महामन्त्री राणा >>   निसर्ग वाटिका एनएसए कप पौडीमा च्याम्पियन >>   रसुवा बाढीः बेपत्ता भएका नागरिकलाई मृत्यु सरह प्रमाणित गरी मृत्यु प्रमाणपत्र दिने प्रक्रिया अन्तिम चरणमा >>   रुस–युक्रेन ऊर्जा युद्धविराम भएको ट्रम्पको दाबी, जेलेन्स्की अनभिज्ञ >>   सबै दलहरु असफल भइसके, यस्तो बेला राप्रपाले मात्र देशलाई निकास दिनसक्छः अध्यक्ष लिङदेन >>   माओवादी आन्दोलनको आवश्यकता अझै छ, यसलाई नयाँ पुस्ताले पुनर्गठन गर्नुपर्छः जनार्दन शर्मा >>   एमालेमाथि घेराबन्दी चालु छ, एकजुट भएर प्रतिवाद गर्नुपर्छः केपी ओली >>   पुराना दलका सबै नेताहरु भ्रष्टाचारी थिए भन्ने भाष्य निर्माण गर्न खोजिँदैछ:राजेन्द्र पाण्डे
Logo
२८ आश्विन २०८३, बुधबार
२८ आश्विन २०८३, बुधबार

नवजात शिशुसहित छ जना मारिए


२८ ,श्रावण ,किएभ । दक्षिणी युक्रेनमा रुसले गरेको आक्रमणमा परी २३ दिनकी एक बालिकासहित छ जनाको मृत्यु भएको छ ।

रुसले खेरसन क्षेत्रमा छ जनाको हत्या गरेको युक्रेनका गृहमन्त्री इगोर क्लाइमेन्कोले बताएका छन् । सिरोका बल्का गाउँमा उनीहरु मारिएका हुन् ।

सानिस्लाभ गाउँमा पनि तीन जनामारिएका उनले बताएका छन् । खेरसनका दुई भिन्न स्थानमा भएका अक्रमणमा चार जना घाइते भएका जानकारी दिँदै मन्त्री क्लाइभेन्कोले जसरी भएपनि आक्रमणकारीलाई परास्त गर्नैपर्ने बताएका छन् ।

गत वर्षको प्रारम्भमा रुसीसेना खेरसनबाट फर्केपछि त्यहाँ रुसी आक्रमण रोकिएको छैन । गतवर्षको सेप्टेम्बरमा खेरसन रुसको नियन्त्रणमा आएको दावी राष्ट्रपति भ्लादिमिर पुटिनले गरेका थिए ।


प्रकाशित मिति: २८ श्रावण २०८०, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?