Trending
>>   आचारसंहिता उल्लंघनमा निर्वाचन आयोगको मौनताप्रति एमालेको आपत्ति >>   सरकारले निषेधाज्ञा र कर्फ्यु लगाएर त्रास सिर्जना गर्‍यो, फागुन २१ मै चुनाव हुनुपर्छः एमाले >>   उद्योग वाणिज्य महासंघको अग्रसरतामा १० अर्बको कम्पनी खडा गरेका छौँः ढकाल >>   निर्वाचन सुरक्षा समितिको बैठक जारीः रौतहट र वीरगञ्जको झडपपछि सुरक्षा व्यवस्था थप मजबुत पारिँदै >>   उत्पादनमुखी अर्थतन्त्र निर्माण मेरो मुख्य एजेण्डा होः वरिष्ठ उपाध्यक्षका प्रत्यासी ढकाल >>   संक्रमणकालीन न्याय र निष्पक्ष निर्वाचन नेपालको प्राथमिकताः प्रधानमन्त्री कार्की >>   अमेरिकी सेना सिरियाको कासरक आधारबाट फिर्ता हुँदै >>   आईजिन निर्देशिका कार्यान्वयनमा ‘अदृश्य शक्ति’ को अवरोध : सीडीएससी >>   मतदान सकिएको २४ घण्टाभित्रै मतपरिणाम सार्वजनिक गर्छौंः रामप्रसाद भण्डारी >>   ‘डबल आईएसआईएन’ ले पुँजी बजारमा विकृति ल्यायो, एकीकृत बजार सिद्धान्त अपनाउनुपर्छः कमलेश अग्रवाल
Logo
१२ फाल्गुन २०८२, मंगलवार
१२ फाल्गुन २०८२, मंगलवार

आज मिति २०८० साल श्रावण २८ गते आइतबार, हेर्नुहोस आजको राशिफल


आज मिति २०८० साल श्रावण २८ गते आइतबार ( Aug 13, 2023 ) द्वादशी, अधिक श्रावण कृष्णपक्ष

नेपाल सम्बत -११४३
सुर्योदय बिहान – ०५:३३ बजे
सुर्यास्त साझ – १८:४३ बजे

नक्षत्र : आर्द्रा १०:१३ बजेसम्म, त्यसपछी पुनर्वशु
योग : वज्र १८:२७ बजेसम्म, त्यसपछी सिद्धि

करण : तैतिल ०९:०१ बजेसम्म, त्यसपछी गर २१:३८ बजेसम्म, त्यसपछी वणिज

मेष – खानपानमा ध्यान दिनुहोला, स्वास्थ्यमा समस्या आई उपचार खर्च बढ्ने योग रहेको छ । ऋण लाग्ने तथा सापटी मागेर दैनिकी गुजार गर्नुपर्ने अवस्था आउन सक्छ । अध्ययन अध्यापनमा मन नजाँदा अरुभन्दा पछी परिनेछ । प्रेम सम्बन्धमा चिसोपन बढ्नेछ, ध्यान दिनुहोला । विवादित विषयमा सहभागी नहुनु होला, समय मध्ययम रहेको छ ।

वृष – स्वास्थ्य आफ्नै काबुमा रहने हुनाले नयाँ–नयाँ काम गर्ने जोस जाँगर बढेर आउनेछ । माया प्रेम गर्नेहरुले आफ्नो मन परेको मान्छेसँग बसेर समय व्यतित गर्दा खुसी भएको महसुस गर्नेछन् । रमाईलो यात्रा तय हुने तथा व्यापारबाट मनग्गे नाफा कमाउन सकिनेछ । अध्ययन अध्यापनमा अरुलाई पछी पार्दै पुरस्कार तथा प्रशंसा पत्र जित्न सकिनेछ ।

मिथुन – विभिन्न अवसर आएपनि ती अवसरको सही तरिकाले सदुपयोग गर्न नसक्दा समयले तपाईंलाई पछाडि छोड्नेछ । व्यापार व्यवसायमा आम्दानी कम हुनेछ भने खर्च बढ्नाले आर्थिक व्यवस्थापन गर्न कठिनाई हुनेछ । राजनीति तथा समाजसेवामा समय लगानी गर्नेहरुले जनताको आलोचनात्मक समर्थन पाउने योग रहेको छ ।

कर्कट – व्यवसायमा लगानी गरे पनि आम्दानी थोरै हुनेहुँदा दैनिक गुजारा गर्न गाह्रो हुनेछ । मायाप्रेममा धोका हुनेछ भने परिवारमा झै झगडा हुने सम्भावना अधिक रहेको छ । स्वास्थ्य सम्बन्धि सामान्य समस्याले सताउनेछ । विद्यामा अरुभन्दा पछी परिने हुँदा मन खिन्न हुनेछ । समयमा काम नबन्ने हुँदा मनमा निरासा पैदा हुनेछ ।

सिंह – समयले साथ दिने हुनाले थोरै लगानीबाट भनेजस्तो आम्दानी गर्न सकिनेछ भने दैनिकी सुधार भएर जानेछ । व्यापारमा लगानी गरी मनग्गे लाभ लिन सकिनेछ । आफन्त तथा सहयोगीको साथ पाइने हुनाले जस्तो सुकै परिस्थितिहरुको पनि सामना गर्न सहज वातावरण बनेर जानेछ ।

कन्या – परिवार तथा आफन्तजनमा आत्मियताको भाव बढ्नेछ भने माया प्रेममा नजिक हुने समय रहेको छ । व्यापार विस्तार गरी भनेजस्तो लाभ लिन सकिने तथा विभिन्न क्षेत्रमा लगानी गरी आम्दानीका स्रोतहरु बिस्तार गर्न सकिनेछ । पढाइ लेखाइमा मन जाने हुनाले अन्य प्रतिस्पर्धीहरुलाई टप्न सकिने तथा सबैको धन्यवादको पात्र हुँदा मन प्रशन्न रहनेछ ।

तुला – आत्मिय मित्र तथा सहयोगीको सहयोग नपाउँदा थालेका कामहरु बीचमा छोड्नु पर्ने हुनसक्छ । व्यापार व्यावसायमा समय दिन सकिने छैन भने सोचेजस्तो आम्दानी नहुँदा दैनिक खर्च जुटाउन मुस्किल पर्नेछ । समय प्रतिकूल बन्नेछ भने यहि बेलामा आय आम्दानीका बाटाहरु साँघुरा हुनेछन् ।

बृश्चिक – आर्थिक व्यवस्थापन तथा रुपैयाँ पैसाको कारोबार गर्दा ध्यान दिनुहोला सही तरिकाले बाँडफाँट गर्न नसक्दा कामहरु थाती रहनेछन् । पैत्रिक धन तथा सम्पत्तिमा विवाद आउने योग रहेको छ भने दाजुभाइसँग काम गर्दा सामान्य मनमुटाव हुनेछ । पढाइ लेखाइमा मन नजाने हुनाले नतिजा अरुकै पोल्टोमा जानेछ ।

धनु – जनताको काम तथा सामाजिक काम गर्दा ध्यान दिनुहोला, काम बिग्रने हुँदा मान सम्मानमा दाग लाग्न सक्छ । कार्यक्षेत्रमा आफ्नै सहयोगीले फसाउन सक्छन्, ध्यान दिनुहोला । तपाईंको राम्रा विचारलाई अरुले गलत तरिकाले व्याख्या गरी साख गिराउन खोज्नेछन् । विद्या तथा प्रतिस्पर्धामा अरु नै हावी हुनाले चाहेको सफलता प्राप्त गर्न कठिन हुनेछ ।

मकर – साथीभाइ तथा आफन्तको सहयोगले राम्रा काम गर्न सकिनेछ । व्यापार व्यावसाय फस्टाएर जाने तथा धर्म तथा सस्कृतीसँग सम्बन्धित सामानको कारोबार फस्टाएर जानेछ । अध्ययनमा सुधार हुने तथा शिक्षासँग सम्बन्धित कामहरु समयमा नै सम्पन्न हुनेछन् । माया प्रेमको डोरो कसिलो भएर जानेछ ।

कुम्भ – समय तथा परिस्थितीको राम्रोसँग अध्ययन गरेर मात्र कुनै पनि कामको थालनी गर्नुहोला, कामहरु बिग्रने अधिक सम्भावना रहेको छ । आफन्त तथा आफूले मन पराएको मानिससँग दुरी बढ्ने योग रहेको छ । व्यापार व्यावसायमा प्रशस्त समय लगानी गरेपनि आम्दानी थोरै हुँदा आर्थिक व्यावस्थापन गर्न गाह्रो हुनेछ ।

मीन – छोटो दुरीको व्यावसायिक यात्रा हुनेछ भने व्यापार व्यावसाय फस्टाएर जाने हुनाले आर्थिक रुपमा सम्पन्न हुने योग रहेको छ । माया प्रेममा नजिक हुने समय रहेको छ भने जीवन साथीको सहयोग पाइने छ । अध्ययनमा विद्यार्थीहरुले चाहेजस्तो नतिजा हात पार्न सक्नेछन् । विलासी वस्तुको प्रयोग मार्फत् अरुको मन तान्न सकिनेछ ।


प्रकाशित मिति: २८ श्रावण २०८०, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?