Trending
>>   वाणिज्य बैंकहरुले कमाए पौने १८ अर्ब रुपैयाँ बढी नाफा >>   काठमाडौं महानगरद्वारा सम्यक महादानका लागि तयारी तिब्र >>   कर्णालीका समस्या काठमाडौंले बुझ्नुपर्छः महामन्त्री राणा >>   निसर्ग वाटिका एनएसए कप पौडीमा च्याम्पियन >>   रसुवा बाढीः बेपत्ता भएका नागरिकलाई मृत्यु सरह प्रमाणित गरी मृत्यु प्रमाणपत्र दिने प्रक्रिया अन्तिम चरणमा >>   रुस–युक्रेन ऊर्जा युद्धविराम भएको ट्रम्पको दाबी, जेलेन्स्की अनभिज्ञ >>   सबै दलहरु असफल भइसके, यस्तो बेला राप्रपाले मात्र देशलाई निकास दिनसक्छः अध्यक्ष लिङदेन >>   माओवादी आन्दोलनको आवश्यकता अझै छ, यसलाई नयाँ पुस्ताले पुनर्गठन गर्नुपर्छः जनार्दन शर्मा >>   एमालेमाथि घेराबन्दी चालु छ, एकजुट भएर प्रतिवाद गर्नुपर्छः केपी ओली >>   पुराना दलका सबै नेताहरु भ्रष्टाचारी थिए भन्ने भाष्य निर्माण गर्न खोजिँदैछ:राजेन्द्र पाण्डे
Logo
२८ आश्विन २०८३, बुधबार
२८ आश्विन २०८३, बुधबार

हवाईमा डढेलोमा परी ५५ जनाको मृत्यु भएको पुष्टि


२६ ,श्रावण ,काहुलुई, संयुक्त राज्य अमेरिका । हवाईको ऐतिहासिक शहरमा लागेको डढेलोका कारण कम्तीमा ५५ जनाको मृत्यु भएको अधिकारीहरूले बिहीबार बताएका छन् ।

नजिकैको आँधीबेहरीबाट आएको तीव्र हावाहुरीका कारण माउईमा मङ्गलबार लागेको डढेलोले समुन्द्री किनारको लाहैना सहरलाई तीव्र गतिमा प्रभावित पारेको थियो । आगोको लप्का यति छिटो सर्यो, जसका कारण धेरै जना सडकहरूमा फसेका थिए वा भाग्नको लागि समुद्रमा हामफालेका थिए ।

“शहरको दृश्यलाई भिडियोमा हेर्दा वास्तवमा कसैले एक्कासी पूरै शहरमा बमबारी गर्यो । मानिसहरूले आगोबाट बच्ने विकल्प केही नहुँदा आगोको लप्काबाट जोगिन समुद्रमा हाम फालेका थिए । शहर पूर्ण रूपमा तहसनहस भएको छ,“ क्यानेडियन ब्रान्डन विल्सनले भनर ।

विल्सने आफ्नी पत्नीसँग आफ्नो २५ औं वार्षिकोत्सव मनाउन हवाई जानुभएको थियो । विमानस्थलमा उडान भर्ने प्रयास भइरहँदा उनले दृष्यलाई प्रत्यक्ष देख्न सकेका थिए । आँसु झार्दै उनले भने, “यो हेर्न साँच्चै कठिन हुन्थ्यो । तिनीहरूले आफ्नो घर, आफ्नो जीवन, आफ्नो जीविकोपार्जन गुमाए ।”

यो गर्मीयाममा उत्तरी अमेरिकामा भएका अन्य चरम मौसमी घटनाहरूमध्ये हवाई ठढेलो घटना एक हो । क्यानाडामा अझै पनि विशाल डढेलो लागिरहेको छ । अमेरिकाको दक्षिण–पश्चिममा उच्च उष्ण लहर फैलिरहेको छ ।

यूरोप र एसियाका केही भागले पनि बढ्दो तापक्रमको सामना गर्नुपरेको छ, जहाँ विशाल डढेलो र बाढीले आतङ्क मच्चाएको छ । “आज हामीले जे देखेका छौं त्यो विनाशकारी भएको छ । सम्भवतः हवाई राज्यको इतिहासकै सबैभन्दा ठूलो प्राकृतिक विपत्ति हो,” गभर्नर जोस ग्रीनले भने ।

“सन् १९६० मा बिग आइल्याण्डमा ठूलो लहर आउँदा ६१ जनाको मृत्यु भएको थियो,” हवाई अमेरिकाको ५० औं राज्य बनेको एक वर्षपछि भएको त्रासदीतर्फ सङ्केत गर्दै उनले भने ।

माउ काउन्टीका अधिकारीहरूले बिहीबार राति ९ः०० बजेपछि दिएको जानकारीमा ५५ जनाको मृत्यु भएका पुष्टि गरिएको हो । अधिकारीहरूले १९ औं शताब्दीको सुरुमा हवाई राज्यको राजधानीको रूपमा रहेको शहरमा अग्निनियन्त्रकहरू अझै पनि आगोसँग जुधिरहेको बताएका छन् ।

लाहैनामाथि उडेका एएफपीका एक फोटोग्राफरले खिचेका तस्बिरहरूले यो कालो र धुम्रपानको भग्नावशेषमा परिणत भएको देखाउँछ । ग्रीनका अनुसार शहरको ८० प्रतिशत भाग हराइसकेको छ । उनले भने, “हामी सबैले दशकौंदेखि सँगै रमाएका र पुस्तौंदेखि देख्दै आएका भवनहरू पूर्णरूपमा ध्वस्त भएका छन् ।”

हजारौं मानिस घरबारविहीन भएका छन् र ग्रीनले आवासको खोजीका लागि व्यापक अभियान सञ्चालन भइरहेको बताएका छन् । उनले पत्रकार सम्मेलनमा भने, “हामीले हजारौं विस्थापित व्यक्तिलाई बस्ने र खाने व्इवस्था गर्न आवश्यक छ ।”

अमेरिकी राष्ट्रपति जो बाइडेनले डढेलोलाई बिहीबार ‘ठूलो विपत्ति’ भन्दै राहत कार्यका लागि सङ्घीय सहायता खुला गरिएको घोषणा गरेका थिए । पोप फ्रान्सिसले शुक्रबार हवाईका जनताको सुरक्षाको लागि प्रार्थना गर्दै घटनाबाट आफू निकै मर्माहत भएको भ्याटिकनले जारी गरेको एक टेलिग्राममा उल्लेख छ ।

अमेरिकी तटरक्षक बलका कमान्डर अजा कर्कसीले सीएनएनलाई बताएअनुसार आगोको लप्काबाट जोगिन करिब १०० जना मानिस पानीमा हामफालेको अनुमान गरिएको छ ।


प्रकाशित मिति: २६ श्रावण २०८०, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?