Trending
>>   प्रतिनिधिसभा चुनावका लागि महोत्तरी–४ बाट प्रचण्डको नाम सिफारिस >>   निर्वाचन आयोगको कडा कदमः ६ दल खारेज >>   सरकार एमाले निर्वाचनमा सहभागी होस् भन्ने चाहँदैनः रघुवीर महासेठ >>   शान्तिपूर्ण निर्वाचनका लागि राजनीतिक दलहरुसँग सघन संवाद जरुरीः नेकपा >>   दलहरूमार्फत निर्वाचनको सन्देश तल्लो तहसम्म पुर्‍याउन संवाद थालेका छौँः मन्त्री सिन्हा >>   आइसिसी महिला टी ट्वान्टी विश्वकपमा छनोट हुन्छौंः हर्षल पाठक >>   अध्यादेशमार्फत समानुपातिक प्रतिनिधित्व हटाइएको भन्दै अपाङ्गता भएका व्यक्तिहरूको संघ–संस्थाद्वारा विरोध >>   संसारका लागि हात्ती र बाघ पाल्दा नेपालले के पाउँछ:नारायणदत्त मिश्र >>   सरकारविरुद्ध माईतीघरमा जेन–जीको नाराबाजीः ‘जेन–जीको माग हरायो, निर्वाचन भनि करायो’ (तस्बिरहरु) >>   एमाले निर्वाचनमा जान तयार भयो, ओलीको स्थानहदमा सरकार लचिलो बन्नसक्छः सञ्चारमन्त्री खरेल
Logo
८ पुष २०८२, मंगलवार
८ पुष २०८२, मंगलवार

सिरियाली सेनाको बसमा आइएसको आक्रमण, २३ सैनिकको मृत्यु


२६ ,श्रावण ,बेरुत । युद्धग्रस्त सिरियाको पूर्वी क्षेत्रमा इस्लामिक स्टेट (आइएस) जिहादी समूहले गरेको आक्रमणमा परी कम्तीमा २३ सैनिकको मृत्यु भएको छ ।

सन् २०१९ मा सिरियामा आफ्नो अन्तिम भू–भाग गुमाएपनि आइएसले सिरियाको विशाल मरुभूमिमा लुकेर बसेको स्थानबाट अक्कल झुक्कल आफ्नो उपस्थिति देखाउँदै आएको छ ।

‘सिरियन अब्जरभेटरी फर ह्युमन राइट्स’ले इस्लामिक स्टेट (आइएस)का सदस्यले बिहीबार देइर एजोर प्रान्तमा एउटा सैन्य बसलाई निशाना बनाएको जनाएको छ ।

सिरियामा रहेका स्रोतको नेटवर्कमा निर्भर रहेको बेलायतस्थित उक्त समूहले पछिल्लो आक्रमणमा परी २३ सैनिकको मृत्यु हुनुका साथै अन्य १० जनाभन्दा बढी घाइते भएको जनाएको छ ।

सिरियाको विशाल बाडिया मरुभूमिमा रहेको देइर एजोर प्रान्तको मायादीन क्षेत्रमा जिहादीहरूले बसलाई घेरेर गोली चलाएपछि भएको झडपपछि दर्जनौं (अन्य) सैनिक सम्पर्कमा आउन सकेका छैनन् ।

सिरियाको सरकारी समाचार संस्था सानाले नाम नखुलाइएका एक सैन्य स्रोतलाई उद्धृत गर्दै उक्त ‘आतङ्ककारी हमला’का कारण कैयौँ सैनिक हताहत भएको जनाएको छ ।

सिरियाली सरकारी सेना र उनीहरूका सहयोगी इरानी समर्थित सशस्त्र समूहहरू शुक्रबार बिहान डेर एजोरमा तैनाथ उच्च सतर्कतामा रहेको अब्जरभेटरीले जनाएको छ ।

अब्जरभेटरीका रामी अब्देल रहमानले भने, “आइएसले सम्भव भएसम्म धेरैभन्दा धेरै मृत्युहरू निम्त्याउने लक्ष्यसाथ पछिल्लो समय आफ्नो घातक सैन्य आक्रमणलाई बढाइरहेको छ ।”

जिहादीहरूले यसो गरेर ‘आफ्ना नेताहरूमाथि लक्षित सैन्य कारबाही हुँदासमेत पनि’ समूह अझै सक्रिय र शक्तिशाली छ भन्ने सन्देश दिन खोजेका छन्,” उनले एएफपीलाई भने ।

गत साता इस्लामिक स्टेटले आफ्ना नेता अबु अल हुसेन अल हुसैनी अल–कुरैशीको मृत्यु भएको घोषणा गरेको थियो । समूहका प्रवक्ताले टेलिग्राम सन्देश एपमा आफ्नो च्यानलमा रेकर्ड गरिएको सन्देशमा अबु हफ्स अल–हाशिमी अल–कुरैशी भनिने नयाँ नेताको घोषणा गरेका छन् ।

सन् २०१९ को मार्चमा आइएसले सिरियामा आफ्नो कब्जामा रहेको अन्तिम भूभाग अमेरिकी नेतृत्वको गठबन्धनसमर्थित कुर्दिश नेतृत्वको प्रतिआक्रमणका कारण गुमायो, तर जिहादी अवशेषले घातक आक्रमण जारी राखेको छ ।


प्रकाशित मिति: २६ श्रावण २०८०, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?