Trending
>>   माजिपा लाखे आजुको उग्र तर करुणामयी नृत्यारम्भ (फोटो फिचर) >>   डीएनए परीक्षण गर्न चीनद्वारा नेपाललाई आवश्यक प्रविधि हस्तान्तरण >>   बेपत्ता नागरिकलाई ‘मृतक सरह’ मान्यता दिन नेकपा सांसदको माग >>   सुरक्षाकर्मीका लागि जलविद्युत आयोजनामा २ प्रतिशत आईपीओ सुनिश्चित गरिने >>   मन्त्रिपरिषद्को दैनिक कार्यभार अर्थमन्त्री वाग्लेलाई >>   बाढीका कारण जलविद्युत क्षेत्रमा ४१० मेगावाट क्षतिः ८ सयभन्दा बढी अझै बेपत्ता >>   जानकी मन्दिर विश्व सम्पदा सूचीमा लैजाने प्रक्रिया अघि बढ्यो : सांसद झा >>   महँगी, बाढी पीडितको राहत र सञ्चार क्षेत्रका समस्यामा सांसदहरूको सरकारलाई दबाब >>   एमाले केन्द्रिय कमिटी बैठक आज पनि जारी >>   हनुमानढोकामा इन्द्रध्वजा स्थापनासँगै काठमाडौंमा ऐतिहासिक इन्द्रजात्रा आरम्भ (तस्बिरहरु)
Logo
८ आश्विन २०८३, बिहीबार
८ आश्विन २०८३, बिहीबार

भोजपुर विमानस्थलको नयाँ टर्मिनल भवनको शिलान्यास


२६ श्रावण, भोजपुर । भोजपुर  विमानस्थलको नयाँ टर्मिनल भवनको शिलान्यास गरिएको छ । टर्मिनल भवनको संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले आज  शिलान्यास गर्नुभएको हो ।

जिल्लाको एकमात्र विमानस्थलमा राम्रो टर्मिलन भवन नहुँदा सेवा प्रवाहमा समस्या हुँदै आएको विमानस्थलले जनाएको छ । टर्मिलन भवन नेपाल सरकारको भ्याटसहित रु पाँच करोड ४५ लाख लागतमा निर्माण हुने विमानस्थलले जनाएको छ । करिब एक रोपनी पाँच आना क्षेत्रफलमा निर्माण हुन लागेको टर्मिलन भवन एक वर्ष छ महिनाभित्र निर्माण हुने नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक इन्जिनियर प्रदीप अधिकारीले जानकारी दिए ।

भवनमा निर्माणको जिम्मा आरवी अर्वन बिल्डर्स एन्ड सप्लायर्स कम्पनीले लिएको प्राविधिकरणले जनाएको छ । यात्रुको चाप बढेको अवस्थामा सय यात्रुले सहज रुपमा टर्मिलन भवनको उपभोग गर्नसक्ने गरी डिजाइन गरिएको नागरिक उड्डयन प्राधिकरणले जनाएको छ ।

करिब एक सय ३२ रोपनी क्षेत्रमा फैलिएको टक्सार विमानस्थल विस ३०३५ अर्थात् आजभन्दा ४५ वर्ष अघिबाट सञ्चालनमा आएको हो । पाँच सय ४५ मिटर लम्बाइ र ३० मिटर चौडाइ रहेको टक्सार विमानस्थलको धावनमार्ग २०७४ सालबाट कालोपत्र गरी सञ्चालनमा रहेको छ । यो विमानस्थलबाट नेपाल वायुसेवा निगमको जहाजले भोजपुर–काठमाडौँ उडान भर्दै आएको छ ।


प्रकाशित मिति: २६ श्रावण २०८०, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?