Trending
>>   राष्ट्रिय विधि विज्ञान प्रयोगशालालाई विश्वविद्यालय बनाउने बाटो नखोल्न मन्त्री पुनको चेतावनी >>   नयाँ विशेषता सहितको १ हजारको नोट आजदेखि चलनचल्तीमा >>   माजिपा लाखे आजुको उग्र तर करुणामयी नृत्यारम्भ (फोटो फिचर) >>   डीएनए परीक्षण गर्न चीनद्वारा नेपाललाई आवश्यक प्रविधि हस्तान्तरण >>   बेपत्ता नागरिकलाई ‘मृतक सरह’ मान्यता दिन नेकपा सांसदको माग >>   सुरक्षाकर्मीका लागि जलविद्युत आयोजनामा २ प्रतिशत आईपीओ सुनिश्चित गरिने >>   मन्त्रिपरिषद्को दैनिक कार्यभार अर्थमन्त्री वाग्लेलाई >>   बाढीका कारण जलविद्युत क्षेत्रमा ४१० मेगावाट क्षतिः ८ सयभन्दा बढी अझै बेपत्ता >>   जानकी मन्दिर विश्व सम्पदा सूचीमा लैजाने प्रक्रिया अघि बढ्यो : सांसद झा >>   महँगी, बाढी पीडितको राहत र सञ्चार क्षेत्रका समस्यामा सांसदहरूको सरकारलाई दबाब
Logo
८ आश्विन २०८३, बिहीबार
८ आश्विन २०८३, बिहीबार

मार्सल आर्टस् टोली युके जाने


२५ ,श्रावण ,काठमाडौँ । अन्तर्राष्ट्रिय मार्सल आर्टस् च्याम्पियनसिपमा सहभागिताका लागि दुई खेलाडीसहित तीन सदस्यीय नेपाली टोली संयुक्त अधिराज्यको नर्थ योर्कसायर प्रस्थान गर्ने भएको छ ।

यही साउन २७ गते हुने प्रतियोगितामा समीप श्रेष्ठले एकल काता तथा गुना गुरुङले चाइनिज फम्र्समा प्रतिस्पर्धा गर्नेछिन् । टोलीको व्यवस्थापकमा तेजबहादुर बरुवाल छन् ।

टोलीलाई सफलताको शुभकामना दिँदै आदिवासी खेलकुद सङ्घ नेपालका अध्यक्ष एवं नेपाल उमा कुङफु सङ्घका महासचिव भुपेन्द्र गुरुङ र आदिवासी खेलकुद सङ्घ नेपालका महासचिव सुरेश मगरलगायतले आज यहाँ आयोजित एक कार्यक्रममा बिदाइ गरे ।

बिदाइका अवसरमा अध्यक्ष गुरुङले खेलाडीले पदक जितेर अन्तर्राष्ट्रियस्तरमा राष्ट्रको प्रतिष्ठा अभिवृद्धि गर्नेमा आफू विश्वस्त रहेको बताउँदै खेलाडीलाई उच्च मनोबलका साथ प्रतिस्पर्धा गर्न आग्रह गरे ।

प्रतियोगितामा नेपालबाट उद्धव थापामगरले पनि चाइनिज फम्र्समा प्रतिस्पर्धा गर्ने अध्यक्ष गुरुङले जानकारी दिए । उद्धव केही महिनादेखि संयुक्त अधिराज्यमै छन् ।


प्रकाशित मिति: २५ श्रावण २०८०, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?