Trending
>>   भरतपुरको राधापुर नहरमा मोटरसाइकल खस्दा एक जनाको मृत्यु >>   प्रतिनिधिसभा निर्वाचन मितव्ययी बनाउने आयोगको रणनीति >>   लुटपाटविरुद्ध प्रहरीको कडा प्रहार: गोली चलाएर मूलपानीबाट १० लुटेरा नियन्त्रणमा >>   महाराष्ट्रका उपमुख्यमन्त्री चढेको विमान दुर्घटनाग्रस्त >>   ढकाल नेतृत्वको एनआरएनए जर्मनीको पदस्थापना >>   श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ >>   कांग्रेसको वेबसाइटबाट देउवा नेतृत्वको कार्यसमितिको नाम हटाइयो >>   गोरखा–१ बाट घरदैलो अभियान सुरु गर्दै सुदन >>   काठमाडौं–तराई द्रुतमार्गको प्रधानमन्त्री कार्कीले गरिन् स्थलगत निरीक्षण >>   गैँडाको आक्रमणबाट माडीमा एक युवकको मृत्य
Logo
१५ माघ २०८२, बिहीबार
१५ माघ २०८२, बिहीबार

मार्सल आर्टस् टोली युके जाने


२५ ,श्रावण ,काठमाडौँ । अन्तर्राष्ट्रिय मार्सल आर्टस् च्याम्पियनसिपमा सहभागिताका लागि दुई खेलाडीसहित तीन सदस्यीय नेपाली टोली संयुक्त अधिराज्यको नर्थ योर्कसायर प्रस्थान गर्ने भएको छ ।

यही साउन २७ गते हुने प्रतियोगितामा समीप श्रेष्ठले एकल काता तथा गुना गुरुङले चाइनिज फम्र्समा प्रतिस्पर्धा गर्नेछिन् । टोलीको व्यवस्थापकमा तेजबहादुर बरुवाल छन् ।

टोलीलाई सफलताको शुभकामना दिँदै आदिवासी खेलकुद सङ्घ नेपालका अध्यक्ष एवं नेपाल उमा कुङफु सङ्घका महासचिव भुपेन्द्र गुरुङ र आदिवासी खेलकुद सङ्घ नेपालका महासचिव सुरेश मगरलगायतले आज यहाँ आयोजित एक कार्यक्रममा बिदाइ गरे ।

बिदाइका अवसरमा अध्यक्ष गुरुङले खेलाडीले पदक जितेर अन्तर्राष्ट्रियस्तरमा राष्ट्रको प्रतिष्ठा अभिवृद्धि गर्नेमा आफू विश्वस्त रहेको बताउँदै खेलाडीलाई उच्च मनोबलका साथ प्रतिस्पर्धा गर्न आग्रह गरे ।

प्रतियोगितामा नेपालबाट उद्धव थापामगरले पनि चाइनिज फम्र्समा प्रतिस्पर्धा गर्ने अध्यक्ष गुरुङले जानकारी दिए । उद्धव केही महिनादेखि संयुक्त अधिराज्यमै छन् ।


प्रकाशित मिति: २५ श्रावण २०८०, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?