Trending
>>   सत्ताको खोजीमा यी चार पूर्वप्रधानमन्त्रीहरु चुनावी मैदानमा >>   राजुनाथ पाण्डेले गरे काठमाडौँ–३ बाट उम्मेदवारी दर्ता >>   बालेन्द्र साहले गराए झापा क्षेत्र नं. ५ बाट प्रतिनिधि सभा उम्मेदवारी दर्ता >>   ‘चुनावअघि सन्तुलनको दोसाँधमा नेपालः महाशक्तिहरूको नयाँ रणभूमि र क्षेत्रीय स्थिरताको संकट’ >>   महावीर पुनले गरे म्याग्दीबाट उम्मेदवारी दर्ता >>   महेश बस्नेतले गरे भक्तपुर–२ बाट उम्मेदवारी दर्ता >>   रिक्त मन्त्रालयको कार्यभार प्रधानमन्त्रीले सम्हाल्नुहुने >>   झापा–५ को चुनावी माहोल तात्यो, बालेन हजारौँ समर्थकसहित मनोनयन दर्ता गर्न दमकमा >>   स्पेनमा रेल दुर्घटनाः ४० जनाको मृत्यु, तीन दिने राष्ट्रिय शोकको घोषणा >>   सरकारद्वारा रवि लामिछाने विरुद्धका दुई अभियोग फिर्ता
Logo
७ माघ २०८२, बुधबार
७ माघ २०८२, बुधबार

वाणिज्य बैंक र नलगाड नगरपालिकाबीच सम्झौता


२५ श्रावण, काठमाडाैँ। उद्यमशीलता विकास गर्ने उद्देश्यले  राष्ट्रिय वाणिज्य बैंक र नलगाड नगरपालिकाबीच सहुलियतपूर्ण कर्जा प्रदान गर्नेसम्बन्धमा  सम्झौता भएको छ । सिंहदरबारस्थित वाणिज्य बैंकको केन्द्रीय कार्यालयमा आज नगरप्रमुख डम्बरबहादुर रावत र बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठबीच सो सम्झौता भएको हो ।

स्थानीय क्षेत्रभित्र स्थायी बसोबास गर्ने नगरवासीको जीवनयापनमा सहयोग पुग्ने गरी सहुलियतपूर्ण कर्जा उपलब्ध गराउन ब्याज अनुदान कार्यक्रमअनुसार सम्झौता  सहयोग पुग्ने बताइएको छ ।

यस नगरपालिकाले जोखिमपूर्ण अवस्थामा रहेका सर्वसाधारणको जीवनस्तर माथि उठाउन कोष स्थापना गरेको छ । विभिन्न लघुवित्तले जनतालाई चर्को ब्याज लिएर समस्यमा परिरहेको समयमा सहुलियतपूर्ण कर्जा लागू गरी जनताको जीवनस्तर उकास्न सहयोग मिल्ने अपेक्षा लिइएको नगरप्रमुख रावतले बताए ।

सहुलियतपूर्ण कर्जा कृषि तथा पशुपालन गरी जीवनस्तर सुधारका लागि प्रयोग हुने उहाँको भनाइ थियो । यस क्षेत्रका बासिन्दा जीविकोपार्जनका लागि भारत तथा अन्य मुलुक जानुपर्ने बाध्यतालार्ई अन्त्य गरी गाउँघरमै उद्यमशीलता विकास गर्न यस सम्झौताले सहयोग पुर्याउने पूर्वमन्त्री गणेशप्रसाद सिंहले बताए ।

यसैबीच यस नगरपालिकामा वाणिज्य बैंकको शाखा स्थापनाका लागि पहल भएको छ । बैंकका प्रमुख कार्यकारी अधिकृत श्रेष्ठले छिट्टै बैंकको शाखा सञ्चालन गरिने बताए । नगर क्षेत्रभित्र भेरी करिडोर र चार सय १७ मेगावाट क्षमताको नलगाड जलविद्युत् आयोजना निर्माण भइरहेको र सोही क्षेत्रमा ४०० केभी क्षमताको  सवस्टेशन निर्माण भइरहेकाले उक्त शाखाको बारोबार बढ्ने अनुमान गरिएको छ ।


प्रकाशित मिति: २५ श्रावण २०८०, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?