Trending
>>   प्रेस काउन्सिल अध्यादेश मिडिया क्षेत्रलाई नियन्त्रण गर्ने उद्देश्यबाट प्रेरितः महासंघ >>   ‘सरकारले चाहे जस्तो पत्रकारिता गर्न सक्दैनौँ, सञ्चारमन्त्रीले पत्रकारिता नसिकाए हुन्छ’ >>   राष्ट्रपति पौडेलद्वारा सम्यक महादानको प्रशंसा, सफलताको शुभकामना >>   पार्टी नेतृत्वविरुद्धको षड्यन्त्रको संसद र सडकबाटै प्रतिवाद गर्छौँ :काँग्रेस >>   सरकारले आफ्ना गल्ती ढाकछोप गर्न सभापति थापाबारे अफवाह फैलायो, तर्सिंदैनौँ- महामन्त्री पौडेल >>   न्यायाधीशलाई मेलमिलापकर्ता बनाउन मिल्दैनः बार अध्यक्ष मिश्र >>   आईजीपी नियुक्तिविरुद्ध दानबहादुर कार्की सर्वोच्चमा >>   सुनका असर्फी र चाँदीका सिक्का बिक्री गर्दै नेपाल राष्ट्र बैंक >>   प्रहरीको नयाँ नेतृत्वको प्राथमिकताः अपराधको डिजिटल रूपान्तरणविरुद्ध जुध्न ‘गुनासो सुनुवाइ संयन्त्र’ ल्याइने >>   प्रहरी र नागरिकबीचको दूरी घटाउने गरी काम गर्न नवनियुक्त आईजीपी केसीलाई गृहमन्त्री गुरुङको निर्देशन
Logo
२० कार्तिक २०८३, शुक्रबार
२० कार्तिक २०८३, शुक्रबार

कैलालीमा बाढीको वितण्डा : ३ हजार परिवार प्रभावित


२५ श्रावण, कैलाली । वर्षासँगै कैलाली जिल्लाका विभिन्न नदी तथा खोलामा आएको बाढी बस्तीमा पसेपछि भएको डुबानको समस्याले जिल्लाका दक्षिणपूर्वी क्षेत्रका झण्डै तीन हजार चार सय घरधुरी प्रभावित भएका छन् ।

डुबानका कारण धेरै परिवार विस्थापित भएको जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी शिवराज जोशीले बताए । प्रभावितलाई नेपाल प्रहरी सशस्त्र प्रहरी बलको टोलीले सकुशल उद्धार गरी सुरक्षित स्थानमा सारेको छ । जिल्लाको भजनी, जोशीपुर, कैलारी, जानकीनगर क्षेत्र डुबानबाट बढी प्रभावित भएको छ ।

डुबानले घरभित्र पानीपस्दा खाद्याह्न र अन्य धनमाल भिजेर क्षति पुगेको छ । डुबानको जोखिमा रहेका व्यक्तिलाई ‘मोटर बोट’को प्रयोग गरी नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको टोलीले उद्धार गरी सुरक्षित स्थानमा सारेको हो ।

वर्षासँगै मोहना, खुटिया, पथरैया, मुढा, गोरीगङ्गा, कान्द्रा, शिवगङ्गा र काँडा नदीमा पानीको बहाव बढेको छ । बुधबार प्रदेशसभाका सभामुख भीमबहादुर भण्डारीको नेतृत्वको एक टोलीले डुबान प्रभावित क्षेत्रको अवलोकन गरी डुबानबाट पुगेको क्षतिबारे जानकारी लिएको छ ।

बाढी र डुबानको समस्या बढ्दै गएपछि कैलाली जिल्लामा निर्माण भएको पूर्व–पश्चिम हुलाकी राजमार्ग स्थानीयवासीको सुरक्षित वासस्थान बन्न थालेको छ । जिल्लाको दक्षिणी क्षेत्रको होचो भूभाग हुँदै निर्माण गरिएको यो राजमार्ग बस्तीभन्दा अग्लो भएपछि डुबानको समयमा स्थानीयवासीको ‘सेल्टर’ बन्न थालेको हो ।

भइरहेको डुबानको जोखिमबाट जोगिन स्थानीयवासी यो राजमार्ग छेउमा त्रिपालको टहरा बनाएर बस्न थालेका छन् । “वर्षा हुनासाथ स्थानीयवासी त्रासमा बस्ने गरेका छन्”, स्थानीय शिवलाल चौधरीले भने, “नदीको बहाव बस्तीमा पस्ने खतरा देखिँदा स्थानीयवासी राजमार्गलाई आफ्नो सेल्टर बनाउन विवश भएका छन् ।”

बर्सेनि नदीको सतहमा गेग्रान, माटो, ढुङ्गा, बालुवाले सतह पुरिँदै जाँदा नदी तथा खोलाको सतह बढेर डुबानको समस्या बढ्दै गएको स्थानीयको भनाइ छ । डुबानको समस्या बर्सेनि बढ्दै जाँदा दशकौँअघिदेखिका कतिपय पुराना बस्तीनै स्थानान्तरण गर्नुपर्ने देखिएको छ ।

नदीको बहाव बढेर हुने कटानले कतिपय ठाउँको हुलाकी राजमार्ग र अन्य सडकसमेत कटान हुने गरेको छ । वर्षासँगै गएको पहिरोले धनगढी–डडेलधुरा (भीमदत्त) राजमार्गमा यातायात आवागमन सोमबार रातिदेखि अवरुद्ध छ । पहिरोले राजमार्ग अवरुद्ध हुँदा सुदूरपश्चिमका सात पहाडी जिल्ला आवागमन गर्ने यात्रु र मालवाहक यातायातका साधनबीच बाटोमै रोखिएर अलपत्र छन् । यो राजमार्गको बूढीतोला खानीडाँडा सडकखण्ड भासिएको छ भने ठाउँ ठाउँमा पहिरो गएको छ । पहिरो पन्छाउने काम भइरहेको छ ।


प्रकाशित मिति: २५ श्रावण २०८०, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?