Trending
>>   सुरेश रजकलाई शहीद घोषणा गर्ने सरकारको निर्णय >>   प्रधानमन्त्रीसँगको भेटपछि दुर्गा प्रसाईंः फागुनमा निर्वाचन हुँदैन, माग पूरा नभए जनविद्रोह हुन्छ >>   आगामी निर्वाचनमा दुई तिहाई बहुमत ल्याउछौँः वामदेव गौतम >>   ईश्वर पोखरेलले पार्टी कार्यालयमा बुझाए पार्टी महाधिवेशनका लागि तयार पारिएको अवधारणा पत्र >>   देशको खाद्य सुरक्षा कायम गर्न सरकार लागिपरेको छः मन्त्री परियार >>   क्रान्तीकारी विकास आजको आवश्यकताः हर्क साम्पाङ >>   ओलीले महाविधेशन पञ्चायतको गाँउ फर्क शैलीमा गर्न खोजिरहेका छन्ः उपाध्यक्ष पाण्डे >>   तन्त्रमन्त्र गरी दुःख दिएको भन्दै हत्या >>   संक्रमणकालीन न्याय प्रक्रिया टुंग्याउनु आजको प्रमुख आवश्यकताः गृहमन्त्री अर्याल >>   सुशासन कमजोर भए भ्रष्टाचार मौलाउँछः अध्यक्ष मगर
Logo
२२ मंसिर २०८२, सोमबार
२२ मंसिर २०८२, सोमबार

अष्ट्रेलियामा ‘जय हो’ को ट्रेलर सार्वजनिक


२५ ,श्रावण ,काठमाडौँ । नेपाली चलचित्रको बजार अन्तर्राष्ट्रियरुपमा विस्तार भइरहेको छ । नेपालसँगै विदेशमा पनि एकसाथ चलचित्र प्रदर्शन हुने भएपछि दर्शक बढिरहेका छन् ।

डिजिटल प्रविधिका कारण विश्वभर एकसाथ प्रदर्शन सम्भव भएको छ । प्रदर्शन मात्र नभई विदेशमा प्रचारप्रसार पनि सुरू गरिएको छ । आउँदो भदौ ८ गते प्रदर्शन हुने चलचित्र ‘जय हो’ को ट्रेलर अष्ट्रेलियाको सिड्नीस्थित रकडेलमा सार्वजनिक गरिएको छ ।

चलचित्रका अभिनेता सलोन बस्नेत, निर्माताद्वय सुरज ल्वागन (सरकार) र राज के अधिकारी तथा स्थानीय प्रदर्शक देव कार्कीको सहभागितामा भएको कार्यक्रममा चलचित्रको बारेमा जानकारी गराईयो ।

अभिनेता बस्नेतले आफ्नो लागि यो पहिलो अनुभव रहेको बताए । उनले भने, “बजार विस्तारलाई यस्ता प्रवर्द्धनात्मक गतिविधिले सघाउने आश लिएका छौँ । यहाँ प्रदर्शन हुने भएपछि प्रचारात्मक कार्यक्रम गरेका हौँ ।”

टेक पौरखी राईले निर्देशन गर्नुभएको चलचित्रमा अभिनेता बस्नेतसँगै केकी अधिकारी, माओत्से गुरुङ, निशा अधिकारी, अर्पण थापा, सुमिन गुरुङ, सुशान्त श्रेष्ठलगायतका कलाकारले अभिनय गरेका छन् ।

निर्देशक शोभित बस्नेत प्रस्तुतकर्ता रहेको चलचित्रमा सम्राट बस्नेतले द्वन्द्व निर्देशन, कविराज गहतराज र रामजी लमिछानेले नृत्य निर्देशन, बनिश शाहले सम्पादन, समीर मियाँले भीएफएक्स र सन्देश शाहले ट्रेलर सम्पादन गरेका छन् ।


प्रकाशित मिति: २५ श्रावण २०८०, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?