Trending
>>   वाणिज्य बैंकहरुले कमाए पौने १८ अर्ब रुपैयाँ बढी नाफा >>   काठमाडौं महानगरद्वारा सम्यक महादानका लागि तयारी तिब्र >>   कर्णालीका समस्या काठमाडौंले बुझ्नुपर्छः महामन्त्री राणा >>   निसर्ग वाटिका एनएसए कप पौडीमा च्याम्पियन >>   रसुवा बाढीः बेपत्ता भएका नागरिकलाई मृत्यु सरह प्रमाणित गरी मृत्यु प्रमाणपत्र दिने प्रक्रिया अन्तिम चरणमा >>   रुस–युक्रेन ऊर्जा युद्धविराम भएको ट्रम्पको दाबी, जेलेन्स्की अनभिज्ञ >>   सबै दलहरु असफल भइसके, यस्तो बेला राप्रपाले मात्र देशलाई निकास दिनसक्छः अध्यक्ष लिङदेन >>   माओवादी आन्दोलनको आवश्यकता अझै छ, यसलाई नयाँ पुस्ताले पुनर्गठन गर्नुपर्छः जनार्दन शर्मा >>   एमालेमाथि घेराबन्दी चालु छ, एकजुट भएर प्रतिवाद गर्नुपर्छः केपी ओली >>   पुराना दलका सबै नेताहरु भ्रष्टाचारी थिए भन्ने भाष्य निर्माण गर्न खोजिँदैछ:राजेन्द्र पाण्डे
Logo
२८ आश्विन २०८३, बुधबार
२८ आश्विन २०८३, बुधबार

अष्ट्रेलियामा ‘जय हो’ को ट्रेलर सार्वजनिक


२५ ,श्रावण ,काठमाडौँ । नेपाली चलचित्रको बजार अन्तर्राष्ट्रियरुपमा विस्तार भइरहेको छ । नेपालसँगै विदेशमा पनि एकसाथ चलचित्र प्रदर्शन हुने भएपछि दर्शक बढिरहेका छन् ।

डिजिटल प्रविधिका कारण विश्वभर एकसाथ प्रदर्शन सम्भव भएको छ । प्रदर्शन मात्र नभई विदेशमा प्रचारप्रसार पनि सुरू गरिएको छ । आउँदो भदौ ८ गते प्रदर्शन हुने चलचित्र ‘जय हो’ को ट्रेलर अष्ट्रेलियाको सिड्नीस्थित रकडेलमा सार्वजनिक गरिएको छ ।

चलचित्रका अभिनेता सलोन बस्नेत, निर्माताद्वय सुरज ल्वागन (सरकार) र राज के अधिकारी तथा स्थानीय प्रदर्शक देव कार्कीको सहभागितामा भएको कार्यक्रममा चलचित्रको बारेमा जानकारी गराईयो ।

अभिनेता बस्नेतले आफ्नो लागि यो पहिलो अनुभव रहेको बताए । उनले भने, “बजार विस्तारलाई यस्ता प्रवर्द्धनात्मक गतिविधिले सघाउने आश लिएका छौँ । यहाँ प्रदर्शन हुने भएपछि प्रचारात्मक कार्यक्रम गरेका हौँ ।”

टेक पौरखी राईले निर्देशन गर्नुभएको चलचित्रमा अभिनेता बस्नेतसँगै केकी अधिकारी, माओत्से गुरुङ, निशा अधिकारी, अर्पण थापा, सुमिन गुरुङ, सुशान्त श्रेष्ठलगायतका कलाकारले अभिनय गरेका छन् ।

निर्देशक शोभित बस्नेत प्रस्तुतकर्ता रहेको चलचित्रमा सम्राट बस्नेतले द्वन्द्व निर्देशन, कविराज गहतराज र रामजी लमिछानेले नृत्य निर्देशन, बनिश शाहले सम्पादन, समीर मियाँले भीएफएक्स र सन्देश शाहले ट्रेलर सम्पादन गरेका छन् ।


प्रकाशित मिति: २५ श्रावण २०८०, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?