Trending
>>   वाणिज्य बैंकहरुले कमाए पौने १८ अर्ब रुपैयाँ बढी नाफा >>   काठमाडौं महानगरद्वारा सम्यक महादानका लागि तयारी तिब्र >>   कर्णालीका समस्या काठमाडौंले बुझ्नुपर्छः महामन्त्री राणा >>   निसर्ग वाटिका एनएसए कप पौडीमा च्याम्पियन >>   रसुवा बाढीः बेपत्ता भएका नागरिकलाई मृत्यु सरह प्रमाणित गरी मृत्यु प्रमाणपत्र दिने प्रक्रिया अन्तिम चरणमा >>   रुस–युक्रेन ऊर्जा युद्धविराम भएको ट्रम्पको दाबी, जेलेन्स्की अनभिज्ञ >>   सबै दलहरु असफल भइसके, यस्तो बेला राप्रपाले मात्र देशलाई निकास दिनसक्छः अध्यक्ष लिङदेन >>   माओवादी आन्दोलनको आवश्यकता अझै छ, यसलाई नयाँ पुस्ताले पुनर्गठन गर्नुपर्छः जनार्दन शर्मा >>   एमालेमाथि घेराबन्दी चालु छ, एकजुट भएर प्रतिवाद गर्नुपर्छः केपी ओली >>   पुराना दलका सबै नेताहरु भ्रष्टाचारी थिए भन्ने भाष्य निर्माण गर्न खोजिँदैछ:राजेन्द्र पाण्डे
Logo
२८ आश्विन २०८३, बुधबार
२८ आश्विन २०८३, बुधबार

दुई वर्षपछि अन्तर माध्यमिक खेलकुद प्रतियोगिता


कोरोना महामारीका कारण दुई वर्षदेखि हुन नसकेका अन्तर माध्यमिक विद्यालयस्तरीय खेलकुद प्रतियोगिता सुरु भएका छन् । खेलाडी उत्पादनको जग मानिने विद्यालयस्तरीय खेलकुद प्रतियोगिता कोरोनाका कारण प्रभावित भएका थिए । कञ्चनपुरका नौवटै पालिकामा १३औँ राष्ट्रिपति रनिङ सिल्डअन्तर्गत पालिकास्तरीय अन्तर माध्यमिक प्रतियोगिता सञ्चालन भएका छन् । अहिले जिल्लाका नौ पालिकामा भलिबल, एथलेटिक्स, कबडी, तेक्वान्दो, लामो तथा छोटो दौडलगायतका खेलकुद प्रतियोगिता सञ्चालन भइरहेका छन् । “कोरोनाका कारण दुई वर्ष विद्यार्थीले खेल्न पाएनन्, अहिले विद्यार्थी खेलाडीको उत्लासपूर्ण सहभागिता छ”, शिक्षक हरि चन्दले भन्नुभयो, “खेलाडी उत्पादनको थलो नै यस्ता प्रतियोगिता भएकाले अन्तर माध्यमिक प्रतियोगिता निरन्तर हुनु पर्दछ ।”

उहाँले वर्षमा एक पटक मात्रै खेलकुद प्रतियोगिता हुन नहुने गरेको बताउनुभयो । “नारा नै राष्ट्रका लागि खेलकुद स्वास्थ्यका लागि खेलकुद छ त्यसैले राज्यले पनि खेलाडीको विकास र भविष्यमा ध्यान दिन जरुरी छ”, उहाँले भन्नुभयो, “वर्षमा एक पटक खेलाडी खोजेर हुँदैन यस्ता प्रतियोगिता बेलाबेला आयोजना भइराख्नुपर्छ ।” दुई वर्षपछि भएका प्रतियोगितामा खेलाडीको उत्साहपूर्ण सहभागिता रहेको उहाँको भनाइ छ । त्यसैगरी जिल्ला समन्वय समितिका प्रमुख दुर्गादत्त बोहराले खेलाडीको विकासका लागि विद्यालयस्तरीय खेलकुद प्रतियोगिता भएराख्नुपर्ने बताउनुभयो । “खेलकुद स्वास्थ्य र अनुशासनका लागि महत्वपूर्ण छ, विश्वमा देशलाई चिनाउन खेलाडी उत्पादन हुने जग भनेकै विद्यालय हो”, उहाँले भन्नुभयो, “खेलकुद प्रतियोगिताले खेलाडीलाई अब्बल बनाउन सहयोग पुग्छ ।” भानु माध्यमिक विद्यालय दोधारा चाँदनीका शिक्षक मोहन बुढा यस्ता प्रतियोगिताले खेलाडीमा निखार ल्याउन सहयोग पुग्ने बताउनुहुन्छ । “पढाइ सँगसँगै खेलकुद पनि महत्वपूर्ण छ, स्थानीय सरकारले खेल क्षेत्रमा लगानी बढाउन जरुरी छ”, उहाँले भन्नुभयो, “यस्ता प्रतियोगिताले खेलाडीको विकास हुनुका साथै स्वस्थ्य र अनुशासितसमेत बनाउँदछ ।” भीमदत्त नगरपालिकाले प्रतियोगितामा सहभागी हुन नसक्ने विद्यालयले सो समयमा नै खेलकुद महोत्सव मनाउन निर्देशन दिएको छ ।

“राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगितामा सहभागी हुन नसके आआफ्नो विद्यालयमा खेलकुद प्रतियोगिता सञ्चालन गर्न भनेका छौँ”, भीमदत्त नगरपालिकाको शिक्षा शाखा प्रमुख हरिदत्त जोशीले भन्नुभयो, “दुई वर्षपछि भएको प्रतियोगिता उत्साहपूर्ण छ ।” तेह्रौँ राष्ट्रपति रनिङशिल्ड प्रतियोगिताको जिल्लास्तरीय छनोट खेल आगामी फागुन ८ गतेदेखि बेलौरी नगरपालिकामा हुने जिल्ला खेलकुद विकास समितिका अध्यक्ष कुवेर खड्काले जानकारी दिनुभयो । उहाँले फागुन २ गतेभित्र पालिकाले सहभागी हुने खेलाडीको नाम पठाइसक्नुपर्ने बताउनुभयो ।


प्रकाशित मिति: २८ माघ २०७९, शनिबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?