Trending
>>   बेपत्ता नागरिकलाई ‘मृतक सरह’ मान्यता दिन नेकपा सांसदको माग >>   सुरक्षाकर्मीका लागि जलविद्युत आयोजनामा २ प्रतिशत आईपीओ सुनिश्चित गरिने >>   मन्त्रिपरिषद्को दैनिक कार्यभार अर्थमन्त्री वाग्लेलाई >>   बाढीका कारण जलविद्युत क्षेत्रमा ४१० मेगावाट क्षतिः ८ सयभन्दा बढी अझै बेपत्ता >>   जानकी मन्दिर विश्व सम्पदा सूचीमा लैजाने प्रक्रिया अघि बढ्यो : सांसद झा >>   महँगी, बाढी पीडितको राहत र सञ्चार क्षेत्रका समस्यामा सांसदहरूको सरकारलाई दबाब >>   एमाले केन्द्रिय कमिटी बैठक आज पनि जारी >>   हनुमानढोकामा इन्द्रध्वजा स्थापनासँगै काठमाडौंमा ऐतिहासिक इन्द्रजात्रा आरम्भ (तस्बिरहरु) >>   भारी वर्षाको पूर्वानुमानसँगै पदयात्रा र हिमाल आरोहणमा उच्च शतर्कता अपनाउन पर्यटन बोर्डको अपिल >>   केपी ओली बिरुद्धका सबै षड्यन्त्रहरु असफल भएको महेश बस्नेतको दाबी
Logo
७ आश्विन २०८३, बुधबार
७ आश्विन २०८३, बुधबार

आँखा पाक्ने रोगको सङ्क्रमण फैलिएपछि विद्यालय बन्द


२४ श्रावण, बाँके । बाँकेमा आँखा पाक्ने रोगको सङ्क्रमण फैलिएपछि चार दिनका लागि विद्यालय बन्द गरिएको छ । बाँकेका नेपालगन्ज, कोहलपुर, खजुरालगायतका स्थानमा आँखा पाक्ने रोगबाट बढी विद्यार्थी तथा बालबालिका प्रभावित भएका छन् ।

बाँकेका विभिन्न विद्यालयमा अध्ययनरत विद्यार्थीमा आँखा पाक्ने समस्या देखिएको छ । विद्यार्थीमा आँखा पाक्ने रोगको प्रकोप बढेपछि निजी तथा संस्थागत विद्यालय बन्द गरिएको प्याब्सन नेपालगन्जका अध्यक्ष विकास बज्राचार्यले जानकारी दिए ।

नेपालगन्ज उपमहानगरपालिका शिक्षा महाशाखा प्रमुख गोरखबहादुर थापाले उपमहानगरका अधिकांश बालबालिकामा आँखा पाक्ने सङ्क्रमण देखिएकाले विद्यालय चार दिन बन्द गर्ने निर्णय गरिएको बताए । शुक्रबारसम्म यहाँका विद्यालय बन्द रहने छन् । आँखा पाक्ने रोगबाट बालबालिका बढी प्रभावित भएका छन् । उपमहानगरका वडास्तरका आधारभूत स्वास्थ्य सेवा केन्द्र र उपमहानगरपालिकाले सञ्चालन गरेको स्वास्थ्य प्रवर्द्धन केन्द्रमा आँखा पाक्ने समस्याका बिरामी बढी आउने गरेका पाइएको छ ।

बाँकेको खजुरा गाउँपालिकाले पनि बुधबारदेखि चार दिनसम्म विद्यालय बन्द गरेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत अर्जुन सुवेदीले जानकारी दिए ।


प्रकाशित मिति: २४ श्रावण २०८०, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?