Trending
>>   भरतपुरको राधापुर नहरमा मोटरसाइकल खस्दा एक जनाको मृत्यु >>   प्रतिनिधिसभा निर्वाचन मितव्ययी बनाउने आयोगको रणनीति >>   लुटपाटविरुद्ध प्रहरीको कडा प्रहार: गोली चलाएर मूलपानीबाट १० लुटेरा नियन्त्रणमा >>   महाराष्ट्रका उपमुख्यमन्त्री चढेको विमान दुर्घटनाग्रस्त >>   ढकाल नेतृत्वको एनआरएनए जर्मनीको पदस्थापना >>   श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ >>   कांग्रेसको वेबसाइटबाट देउवा नेतृत्वको कार्यसमितिको नाम हटाइयो >>   गोरखा–१ बाट घरदैलो अभियान सुरु गर्दै सुदन >>   काठमाडौं–तराई द्रुतमार्गको प्रधानमन्त्री कार्कीले गरिन् स्थलगत निरीक्षण >>   गैँडाको आक्रमणबाट माडीमा एक युवकको मृत्य
Logo
१६ माघ २०८२, शुक्रबार
१६ माघ २०८२, शुक्रबार

सेफ्टीट्याङ्कीमा फसेको गैँडाको उद्धार


चितवन राष्ट्रिय निकुञ्जबाट पर्यटकीय नगरी सौराहा प्रवेश गरेको दुर्लभ एकसिङ्गे गैँडालाई सेफ्टीट्याङ्कीबाट उद्धार गरिएको छ । होटलको सेफ्टीट्याङ्कीमा खसेको गैँडालाई निकुञ्जका कर्मचारी र स्थानीयले उद्धार गरेका हुन् ।

आहारको खोजीमा बस्ती पसेको गैँडा स्थानीय होटलको सेफ्टीट्याङ्कीमा फसेको थियो । आज बिहान २ बजे फसेको सो गैँडालाई बिहान ४ बजे उद्धार गरिएको निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीले जानकारी दिनुभयो । स्काभेटरको प्रयोग गरेर घाउचोट लाग्न नदिइ गैँडाको उद्धार गरिएको उहाँले बताउनुभयो ।

अन्दाजी १६ वर्षको सो गैँडालाई निकुञ्जले दुई वर्षअघि मेघौलीबाट उद्धार गरी ल्याएको थियो । सो गैँडा हरेक रात आहारको खोजीमा बस्ती प्रवेश गर्ने गरेको छ । राप्ती नदीतर्फबाट बस्ती छिर्न खोज्दा गैँडा सेफ्टीट्याङ्कीमा फसेको हो ।


प्रकाशित मिति: २८ माघ २०७९, शनिबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?