Trending
>>   बालश्रम शोषणको आरोपमा सांसद रेखा शर्मा पक्राउ >>   राइड शेयरिङमा मनोमानी बढेको भन्दै ‘प्रो राइडर समूह’ आन्दोलित, प्रतिकिलोमिटर २७ रुपैयाँ भाडा तोक्न माग >>   सरकारको कार्ययोजनाः सार्वजनिक खरिद सुधारदेखि ऊर्जा निर्यात रणनीतिसम्म >>   ‘बखान’ उपन्यासलाई शहीद शिवप्रसाद पौडेल स्मृति राष्ट्रिय पुरस्कार >>   पीएसपीपी कार्यान्वयन गर्ने सरकारी निर्णयको निजी क्षेत्रबाट स्वागत >>   पूर्वप्रधानमन्त्री र गृहमन्त्रीको पक्राउः कानूनको शासन कि शक्तिको कानून ? >>   सरकारको कदम प्रतिशोधपूर्ण र घृणायुक्त, अध्यक्ष र पूर्व गृहमन्त्रीलाई तत्काल रिहा गरियोस्ः महेश बस्नेत >>   अहंकार >>   अध्यक्ष ओलीको गिरफ्तारी प्रतिशोधपूर्ण र गैरकानूनी, आजैबाट प्रदर्शनका कार्यक्रम शुरुः एमाले >>   प्रतिशोधको जवाफ प्रतिवाद हुन्छः लालबाबु पण्डित
Logo
१५ चैत्र २०८२, आईतवार
१५ चैत्र २०८२, आईतवार

सरकारले ‘मानसिक स्वास्थ्य राष्ट्रिय अभियान’ कार्यक्रम सञ्चालन गर्ने


२४ श्रावण, काठमाडाैँ । सरकारले सरकारले ‘मानसिक स्वास्थ्य राष्ट्रिय अभियान ‘ कार्यक्रम सञ्चालन गर्ने भएको छ ।  प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव विनोद प्रकाश सिंहको अध्यक्षतामा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव, विभागीय प्रमुखहरु तथा अन्य सम्बद्ध निकायका प्रतिनिधिहरुको बैठकले मानसिक स्वास्थ्य राष्ट्रिय अभियान कार्यक्रम सम्बन्धी कार्यक्रम संचालन गर्ने निर्णय गरेको हो ।

उक्त बैठकले मानसिक स्वास्थ्य राष्ट्रिय अभियान कार्यक्रमको सम्योजन स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले र प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयले समन्वय गर्ने गरी विभिन्न विषयगत मन्त्रालय सहितको नीतिगत मार्गदर्शन र निकायगत समन्वयका लागि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव विनोद प्रकाश सिंहको अध्यक्षतामा अनुगमन तथा सहजीकरण समिति, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखा प्रमुखको अध्यक्षतामा द्रुत कार्य समूह तथा प्रधानमन्त्रीका स्वकीय सहसचिव  गोकर्ण भट्टकको अध्यक्षतामा प्रचार प्रसार समिति गठन गरेको छ।

बैठकले विश्वव्यापी रूपमा बढ्दो तनाव, बेरोजगारी, रोगको महामारी जस्ता कृयाकलापले जनताको मानसिक स्वास्थ्यलाई असर गरिरहेकोले त्यस सम्बन्धी कानुन एवम् नीतिमा सुधार गरी सरोकारवाला निकायहरूको साझा प्रयासमार्फत मानसिक रोग बारे जनचेतना फैलाउने उद्देश्यले मानसिक स्वास्थ्य राष्ट्रिय अभियान सफलतापूर्वक सञ्चालन गर्न साथ र सहयोगको लागि सवै सरोकारवाला निकाय तथा आम सर्वसाधरणमा अपिल गर्ने निर्णय समेत गरेको छ ।


प्रकाशित मिति: २४ श्रावण २०८०, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?