Trending
>>   सेना परिचालनबारे अध्यक्ष ओलीको अभिव्यक्तिलाई गलत व्याख्या गरियो : एमाले >>   एमाले समानुपातिक उम्मेदवारको बन्दसूची पारित, सोमबार निर्वाचन आयोगमा बुझाउने >>   काठमाडौं मेडिकल कलेजमा ‘क्याथल्याव’ र ‘इपिल्याव’ प्रविधिः आधुनिक हृदय–मस्तिष्क उपचारमा नयाँ युग >>   रास्वपा–बालेन सम्झौताः संघीयता र धर्मनिरपेक्षताबारे मौन रहेको भन्दै जसपा नेपालको आपत्ति >>   चुनाव नै नभई प्रधानमन्त्रीको उम्मेद्वार बनाउने सहमति हाँस्यास्पद : एमाले >>   रवि–बालेनलाई काँग्रेस नेता राठौरको चुनौतिः सहकारी ठग र गँजेडीहरुले १० वर्ष पार्टी चलाएर देखाउन् >>   रवि–बालेनको सहमतिलाई अनौठो मान्नु पर्दैनः धनराज गुरुङ >>   रवि–बालेन सहमतिमा मुलुकलाई निकास दिने ठोस एजेण्डा छैनः राजनीतिक विश्लेषकहरू >>   काँग्रेसले समानुपातिक सूचि सोमवार आयोगमा बुझाउने >>   रवि र बालेनले सत्ता स्वार्थको लागि जेन–जी आन्दोलन हाइज्याक गर्न खोजेः योगेश भट्टराई
Logo
१३ पुष २०८२, आईतवार
१३ पुष २०८२, आईतवार

चितवनमा बाघको आक्रमणबाट एकको मृत्यु


२२ ,श्रावण ,भरतपुर । चितवनमा बाघको आक्रमणबाट एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा खैरहनी नगरपालिका–११ का ३५ वर्षीय अनिल तामाङ रहेका छन् ।

खैरहनी नगरपालिका–१२ सहनपुरस्थित केरा घारीमा बाघको आक्रमणबाट हिजो दिउँसो तामाङ मृत्यु भएको वडा नं १२ का वडाध्यक्ष केदार पन्तले जानकारी दिए ।

शव केराघारीबाट निकालिएको र पोष्टमार्टमका लागि भरतपुर पठाउने तयारी भइरहेको पन्तले बताए । बाघ बस्तीमा छिरेर मान्छे आक्रमण गरेपछि दिनभर गाउँमा त्रास फैलिएको थियो ।

चितवन राष्ट्रिय निकुञ्जको प्राविधिक टोली, नेपाली सेना र राष्ट्रिय प्राकृतिक संरक्षण कोषको प्राविधिक टोलीले बाघलाई नियन्त्रणमा लिने प्रयास गरिरहेको छ ।

बाघ नियन्त्रणका लागि १५ वटा हात्ती परिचालन गरिएको छ । बाघ शनिबारदेखिनै प्राविधिकको निगरानीमा रहेको भन्दै खोजी कार्य जारी रहेको र अहिलेसम्म फेला नपरेको निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीले जानकारी दिए । चितवनमा बाघको आक्रमणबाट मानिसको मृत्यु हुनेक्रम रोकिएको छैन ।


प्रकाशित मिति: २२ श्रावण २०८०, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?