Trending
>>   प्रतिनिधिसभा चुनावका लागि महोत्तरी–४ बाट प्रचण्डको नाम सिफारिस >>   निर्वाचन आयोगको कडा कदमः ६ दल खारेज >>   सरकार एमाले निर्वाचनमा सहभागी होस् भन्ने चाहँदैनः रघुवीर महासेठ >>   शान्तिपूर्ण निर्वाचनका लागि राजनीतिक दलहरुसँग सघन संवाद जरुरीः नेकपा >>   दलहरूमार्फत निर्वाचनको सन्देश तल्लो तहसम्म पुर्‍याउन संवाद थालेका छौँः मन्त्री सिन्हा >>   आइसिसी महिला टी ट्वान्टी विश्वकपमा छनोट हुन्छौंः हर्षल पाठक >>   अध्यादेशमार्फत समानुपातिक प्रतिनिधित्व हटाइएको भन्दै अपाङ्गता भएका व्यक्तिहरूको संघ–संस्थाद्वारा विरोध >>   संसारका लागि हात्ती र बाघ पाल्दा नेपालले के पाउँछ:नारायणदत्त मिश्र >>   सरकारविरुद्ध माईतीघरमा जेन–जीको नाराबाजीः ‘जेन–जीको माग हरायो, निर्वाचन भनि करायो’ (तस्बिरहरु) >>   एमाले निर्वाचनमा जान तयार भयो, ओलीको स्थानहदमा सरकार लचिलो बन्नसक्छः सञ्चारमन्त्री खरेल
Logo
९ पुष २०८२, बुधबार
९ पुष २०८२, बुधबार

राष्ट्रिय किक बक्सिङ प्रतियोगिता हुने


२१ ,श्रावण ,काठमाडौँ । ललितपुर किक बक्सिङ सङ्घ तथा ललितपुर जिल्ला खेलकुद विकास समितिको संयुक्त आयोजनामा राजधानीमा पाँचौँ गणेशमान सिंह खुल्ला राष्ट्रिय किक बक्सिङ प्रतियोगिता हुने भएको छ ।

आगामी भदौ २१ देखि २३ गतेसम्म सञ्चालन हुने उक्त प्रतियोगिता गोदावरी नगरपालिका–११ प्याङगाउँस्थित खेलमैदानमा सञ्चालन हुने आज यहाँ आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो ।

प्रतियोगितामा नेपाल आर्मी, नेपाल प्रहरी, सशस्त्र प्रहरी बलको एपिएफ क्लब, कराते, तेक्वान्दो, उसु, बक्सिङ, मुवाथाई, किक बक्सिङ, फुल कन्ट्याक्ट कराते, आइटिएफ र विभिन्न सात प्रदेशका राष्ट्रियस्तरका खेलाडीहरुको सहभागिता रहने आयोजकले जनाएको छ ।

प्रतियोगितामा पुरुषतर्फ ५० केजी, ५५ केजी, ६० केजी, ६५ केजी, ७० र खुल्ला तौल समूहमा प्रतिस्पर्धा रहनेछ भने महिलातर्फ ४५ केजी, ५० केजी, ५५ केजी, ६० केजी, ६५ केजी र खुल्ला तौल समूहमा प्रतिस्पर्धा हुनेछ ।

प्रथम टिम च्याम्पियनले रु एक लाख र दोस्रो टिम च्याम्पियनले रु ५० हजार प्राप्त गर्नेछ भने तेस्रो टिम च्याम्पियनले रु २५ हजार प्राप्त गर्नेछ । त्यस्तै प्रतियोगितामा पुरुष र महिलातर्फको उत्कृष्ट घोषित हुने खेलाडीले जनही रु एक लाख २५ हजार प्राप्त गर्ने छन् ।

उक्त प्रतियोगिता सञ्चालनका लागि करिब रु ५२ लाख ८१ हजार ६ सय खर्च लाग्ने आयोजकको भनाइ छ ।


प्रकाशित मिति: २१ श्रावण २०८०, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?