Trending
>>   सत्ता पाए आरजु देउवा र केपी ओलीलाई पहिला जेल हाल्छु : दुर्गा प्रसाईं >>   रोजगारीको प्रलोभनमा अनलाइन दासत्व: दक्षिण–पूर्वी एशियामा सयौँ नेपाली स्क्यामिङको फन्दामा >>   आयोगमा ६ सय १२ हानिकारक सूचनाका उजुरीः १२९ वटा हटाइए, १२ वटा वेबसाईट ब्लक >>   ९ वटा राजनीतिक दल र १ हजार ३ सय ८९ उम्मेदवारले बैंक खाता सञ्चालनमा ल्याए >>   निर्वाचनमा घाइते हुने सुरक्षाकर्मीहरुको उपचार खर्च सरकारले व्यहोर्ने >>   देश–मधेस विभाजनको राजनीति अन्त्य, विभेदको अन्त्य र सुशासन रास्वपाको मुख्य एजेण्डा : रवि लामिछाने >>   कुष्ठरोग निवारणका लागि कानूनी सुधार र अधिकारमुखी सोच आवश्यकः पूर्वप्रशासक र कानूनविद्हरू >>   कानून निर्माणको विषयलाई अड्कलबाजीको विषय बनाइनु हुन्नः कल्याण श्रेष्ठ >>   दक्षिण कोरियाका पूर्व राष्ट्रपति युन सुक–योलद्वारा जीवन कारावासको सजायविरुद्ध अपील >>   निर्वाचनका लागि मतदाताहरु उत्साही
Logo
१४ फाल्गुन २०८२, बिहीबार
१४ फाल्गुन २०८२, बिहीबार

राष्ट्रिय किक बक्सिङ प्रतियोगिता हुने


२१ ,श्रावण ,काठमाडौँ । ललितपुर किक बक्सिङ सङ्घ तथा ललितपुर जिल्ला खेलकुद विकास समितिको संयुक्त आयोजनामा राजधानीमा पाँचौँ गणेशमान सिंह खुल्ला राष्ट्रिय किक बक्सिङ प्रतियोगिता हुने भएको छ ।

आगामी भदौ २१ देखि २३ गतेसम्म सञ्चालन हुने उक्त प्रतियोगिता गोदावरी नगरपालिका–११ प्याङगाउँस्थित खेलमैदानमा सञ्चालन हुने आज यहाँ आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो ।

प्रतियोगितामा नेपाल आर्मी, नेपाल प्रहरी, सशस्त्र प्रहरी बलको एपिएफ क्लब, कराते, तेक्वान्दो, उसु, बक्सिङ, मुवाथाई, किक बक्सिङ, फुल कन्ट्याक्ट कराते, आइटिएफ र विभिन्न सात प्रदेशका राष्ट्रियस्तरका खेलाडीहरुको सहभागिता रहने आयोजकले जनाएको छ ।

प्रतियोगितामा पुरुषतर्फ ५० केजी, ५५ केजी, ६० केजी, ६५ केजी, ७० र खुल्ला तौल समूहमा प्रतिस्पर्धा रहनेछ भने महिलातर्फ ४५ केजी, ५० केजी, ५५ केजी, ६० केजी, ६५ केजी र खुल्ला तौल समूहमा प्रतिस्पर्धा हुनेछ ।

प्रथम टिम च्याम्पियनले रु एक लाख र दोस्रो टिम च्याम्पियनले रु ५० हजार प्राप्त गर्नेछ भने तेस्रो टिम च्याम्पियनले रु २५ हजार प्राप्त गर्नेछ । त्यस्तै प्रतियोगितामा पुरुष र महिलातर्फको उत्कृष्ट घोषित हुने खेलाडीले जनही रु एक लाख २५ हजार प्राप्त गर्ने छन् ।

उक्त प्रतियोगिता सञ्चालनका लागि करिब रु ५२ लाख ८१ हजार ६ सय खर्च लाग्ने आयोजकको भनाइ छ ।


प्रकाशित मिति: २१ श्रावण २०८०, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?