Trending
>>   गएको साता ८७ अंकले बढेको नेप्सेको यो साता कस्तो रहला ? >>   सम्पती धितोमा आधारित कर्जा प्रणालीले परियोजना कर्जालाई निरुत्साहित गर्‍योः राष्ट्र बैंक >>   नेपाल शक्ति राष्ट्रको प्रतिष्पर्धाको ‘भिक्टिम’ बन्नु हुँदैन:पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी >>   संविधान नागरिकका सपना, आशा र अधिकारको साझा प्रतिज्ञा होः राष्ट्रपति पौडेल >>   संविधान केवल कानूनी दस्तावेज र शब्दहरूको संग्रह होइनः प्रदेश प्रमुख देवकोटा >>   मुलुकमा भ्रष्टाचार र दण्डहिनताको जरा गहिरो छः प्रधानमन्त्री बालेन्द्र शाह >>   शहीदहरुको रगतले लेखेको संविधान कामबाट पूरा गर्छौंः प्रधानमन्त्री बालेन्द्र शाह >>   गत भदौको उपद्रवमा कसको संलग्नता थियो, खुल्दै गएको छ : ओली >>   बालेनलाई विश्वप्रकाशको सुझावः जलावयु विपद्बारे दूरदर्शी राजनीतिज्ञको रूपमा सिङ्गो संसारकै प्रतिनिधित्व गर्नुस् >>   शंकर पोखरेलको टिप्पणी–‘दलहरुसँगको संवाद प्रधानमन्त्रीका लागि एकादेशको कथा बन्यो’
Logo
५ आश्विन २०८३, सोमबार
५ आश्विन २०८३, सोमबार

अभिनयको स्वर, योगेन्द्रको संगीतमा ‘घिर्लिङ’ सार्वजनिक


काठमाडौं । गायिका रचना रिमाल र गायक तथा गीतकार अभिनय निरौलाको सुमधुर स्वरमा रहेको ‘घिर्लिङ’ बोलको म्यूजिक भिडियो सार्वजनिक गरिएको छ । स्वयम गायक निरौलाको शब्द रहेको यस गीतलाई योगेन्द्र उपाध्यायले संगीतवद्द गरेका हुन्। कुशल सिंहले गीतलाई संगीत संयोजन गरेका हुन्।

यूवायूवतीको भेटपछि सुरु भएको कुराकानी बिहेसम्म पुगेको प्रसंगलाई गीतमा उठाइएको छ । यो गीतको भिडियोलाई निर्देशक निकेश खड्काले निर्देशन गरेका हुन् । म्युजिक भिडियोमा मोडलद्धय सागर लम्साल र सिम्पल खरेललाई फिचर्ड छन् । विकास धमलाको सम्पादन रहेको यो भिडियोमा वुद्ध थापाको छायांकन छ ।

मेलबर्न अस्ट्रेलियामा बसोबास गर्दै आएका गायक तथा गीतकार निरौलाले यसअघि ‘हुन्न नभन, ‘अन्तै मबाट’ बोलको म्युजिक भिडियोहरु सार्वजनिक गरिसकेका छन्। साहित्य लेखन र वाचनमा रुचि राख्ने निरौलाको नयाँ भिडियो ‘अभिरन इन्टरटेन्मेन्ट’को युट्युव च्यानलमार्फत भिडियो सार्वजनिक गरिएको हो।


प्रकाशित मिति: २७ माघ २०७९, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?