Trending
>>   माजिपा लाखे आजुको उग्र तर करुणामयी नृत्यारम्भ (फोटो फिचर) >>   डीएनए परीक्षण गर्न चीनद्वारा नेपाललाई आवश्यक प्रविधि हस्तान्तरण >>   बेपत्ता नागरिकलाई ‘मृतक सरह’ मान्यता दिन नेकपा सांसदको माग >>   सुरक्षाकर्मीका लागि जलविद्युत आयोजनामा २ प्रतिशत आईपीओ सुनिश्चित गरिने >>   मन्त्रिपरिषद्को दैनिक कार्यभार अर्थमन्त्री वाग्लेलाई >>   बाढीका कारण जलविद्युत क्षेत्रमा ४१० मेगावाट क्षतिः ८ सयभन्दा बढी अझै बेपत्ता >>   जानकी मन्दिर विश्व सम्पदा सूचीमा लैजाने प्रक्रिया अघि बढ्यो : सांसद झा >>   महँगी, बाढी पीडितको राहत र सञ्चार क्षेत्रका समस्यामा सांसदहरूको सरकारलाई दबाब >>   एमाले केन्द्रिय कमिटी बैठक आज पनि जारी >>   हनुमानढोकामा इन्द्रध्वजा स्थापनासँगै काठमाडौंमा ऐतिहासिक इन्द्रजात्रा आरम्भ (तस्बिरहरु)
Logo
७ आश्विन २०८३, बुधबार
७ आश्विन २०८३, बुधबार

कीर्तिमानी पर्वतारोहीलाई विमानस्थलमा भव्य स्वागत


२० ,श्रावण ,काठमाडौँ । तीन महिनामा १४ हिमाल चढेर विश्वकीर्तिमान कायम गर्ने दुई पर्वतारोहीलाई आज त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा भव्य स्वागत गरिएको छ ।

नर्वेकी आरोही क्रिस्टिन हरिला र नेपाली गाइड तेन्जेन (लामा) शेर्पाले यही साउन ११ गते विश्वको दोस्रो अग्लो केटु हिमालको सफल आरोहण गरेका थिए । आरोहण सकेर नेपाल फर्कने क्रममा उनिहरुलाई संस्कृति, पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री सुशिला सिर्पाली ठकुरीले विमानस्थलमा स्वागत गरिन् ।

पर्यटन मन्त्रालय, पर्यटन विभाग, नेपालल पर्वतारोहण सङ्घलगायत विभन्नि पर्यटनसँग सम्बन्धित सङ्घसंस्था एवं आरोहीहरुको विमानस्थलमा उपस्थित थियो । कीर्तिमानी आरोहीको स्वागत तथा सम्मानमा सरकारी प्रतिनिधि तथा पर्यटन व्यवसायीहरुले विमानस्थलमा सांस्कृतिक बाजागाजासहित भव्य स्वागत गरिएको सङ्घका अध्यक्ष निमानुरु शेर्पाले जानकारी दिए ।

पाकिस्तानमा रहेको केटु हिमाल ब्रोडपिक (८,६११ मिटर) को हरिला र शेर्पाले साउन ११ गते बिहान १०ः४५ बजे सफल आरोहण गरेको सेभेन समिट ट्रेक्स कम्पनीले जानाएको छ । उक्त हिमालको सफल आरोहणसँगै क्रिष्टिन र तेन्जेनले विश्वका आठ हजार मिटरभन्दा अग्ला १४ वटा हिमालहरु तीन महिनामा सफल आरोहण गरी कीर्तिमान बनाएको कम्पनीको भनाइ छ ।

उनिहरुले तीन महिनामा १४ वटै हिमाल आरोहण गर्नुभएको कम्पनीका प्रबन्ध निर्देशक मिङमा शेर्पाले जानकारी दिए । यसअघि आरोही निर्मल पुर्जाले सन् २०१९ मा छ महिना छ दिनमा पूरा गरेका थिए ।

हरिला र शेर्पाले आठ हजार मिटरभन्दा अग्ला १४ बाट हिमाल चार महिनाभित्रै आरोहण गर्ने लक्ष्य राखेका थिए । हरिला यसअघि विश्वका आठ हजार मिटरभन्दा अग्ला १४ वटा हिमाल एक वर्ष पाँच दिनमा सफल आरोहण गरी सबैभन्दा छिटो आरोहण गर्ने पहिलो महिला आरोही बनेका थिए ।

हरिला र शेर्पाले सगरमाथा, कञ्चनजङ्गा, ल्होत्से, मकालु, धौलागिरि, अन्नपूर्ण, मनास्लु, चो ओयु, शिशपाङ्मा, नङ्गा पर्वत, गाशरब्रम–२, गाशरब्रम–१, ब्रोडपिक र केटु हिमालको सफल आरोहण गरिसकेका छन् ।

कीर्तिमानी आरोहीलाई केहीबेरपछि नेपाल पर्यटन बोर्डमा आयोजना गरिने कार्यक्रममा बधाई तथा सम्मान गरिने सङ्घले जनाएको छ ।


प्रकाशित मिति: २० श्रावण २०८०, शनिबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?