Trending
>>   ‘रास्वपा सांसद जगदीश खरेललाई नेवार बन्ने रहर–मागे ज्यापू समाजको मानार्थ सदस्य’ >>   जलवायु न्यायको बाटोमा घरेलु सुशासनको ऐना >>   ललितपुरका अधिकांश सम्पदा संरक्षण तथा पुनर्निर्माणका काम गरिसक्यौँः चिरिबाबु महर्जन >>   हावाहुरीले बुढीचौरका गोलभेँडा खेतीमा क्षति, किसानको लगानी जोखिममा >>   सम्पदा र संस्कृति संरक्षणका लागि आवश्यक कानून निर्माणमा पहल गर्छुः सभामुख अर्याल >>   कुलेखानी ड्याम सुरक्षित छः ऊर्जामन्त्री श्रेष्ठ >>   काँग्रेस फुटेको छैन, विवाद मिलाउने जिम्मेवारी हाम्रो होः डा. सुनिल शर्मा >>   सुनिल शर्माले गरे काँग्रेस महामन्त्रीमा उम्मेद्वारी घोषणा >>   हेटौंडामा सुमो काउन्टर एकै ठाउँमा ल्याइँदै, बजारको ट्राफिक चाप घटाउने तयारी >>   बाढीपछिको पुनःस्थापनामा प्रभावित नागरिकको जीविकोपार्जनलाई प्राथमिकता दिन सांसदहरुको आग्रह
Logo
१७ आश्विन २०८३, शनिबार
१७ आश्विन २०८३, शनिबार

दोलखामा पहिरोमा परी ३ जना बेपत्ता, एक जनाको शव भेटियो


१९ श्रावण, दोलखा । दोलखा जिल्लाको गौरीशङ्कर गाउँपालिका ८ मा गएको पहिरोको कारण एक जनाको शव फेला परेको छ भने ३ जना बेपत्ता भएका छन् ।

गए राती ९ बजेको अविरल वर्षा सँगै आएको पहिरोले गाउँपालिका ८ बाट आएको पहिरोले ७ नम्बर वडाको बस्तीमा क्षति पुर्‍याएको जिल्ला प्रहरी कार्यालय दोलखाका प्रहरी प्रमुख डिएसपी दीपक खड्काले बताए ।

पहिरोले गाउँपालिका ७ का हरिलाल श्रेष्ठ, कृष्ण बहादुर मगर र उनकी श्रीमती र यज्ञ बहादुर थामीको १५ महिनाको नाति रहेको उनले बताए ।

थामीका १५ महिनाको नातिको शव फेला परेको प्रहरी प्रमुख खड्काले बताए । पहिरोमा परि ३ जना घाइते भएका जिल्ला प्रहरी कार्यालय दोलखाले जनाएको छ ।बेपत्ताको खोजी भइरहेको घटनाको विषयमा थप विवरण आउन बाकी रहेको प्रहरीले जनाएको छ ।


प्रकाशित मिति: १९ श्रावण २०८०, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?