Trending
>>   केपी ओली बिरुद्धका सबै षड्यन्त्रहरु असफल भएको महेश बस्नेतको दाबी >>   नेतृत्व परिवर्तनको बहस ‘फेसन’जस्तो भयोः झाँक्री >>   एमाले अध्यक्षको प्रतिवेदन र आत्मालोचना व्यवहारमा देखिनुपर्छः गोकुल बाँस्कोटा >>   ग्यास र चिनीको कालोबजारी रोक्न सरकार निर्मम हुनुपर्छः सांसद प्रसाईं >>   पेट्रोलियमको मूल्य नबढेसम्म चाडपर्वमा भाडा बढाउँदैनौँः अध्यक्ष सिटौला >>   पुनर्निर्माणमा मोडेल परिवर्तनः ‘टाउनसिप’ मोडेलमा बस्ती विकास गरिने’ >>   एउटै आन्दोलनमा निधन भएकाहरु शहीद अनि बाचेकाहरु अपराधी कसरी ? >>   रसुवा बाढीमा सम्पर्कविहीनहरु अब जीवित भेट्टिने सम्भावना कम छ: गृहसचिव शर्मा >>   गएको साता ८७ अंकले बढेको नेप्सेको यो साता कस्तो रहला ? >>   सम्पती धितोमा आधारित कर्जा प्रणालीले परियोजना कर्जालाई निरुत्साहित गर्‍योः राष्ट्र बैंक
Logo
७ आश्विन २०८३, बुधबार
७ आश्विन २०८३, बुधबार

चार दिनदेखि बेपत्ता दमाई मृत भेटिए


१९ श्रावण, कञ्चनपुर । कञ्चनपुरमा चार दिनदेखि बेपत्ता एकजना मृत भेटिएका छन् । कृष्णपुर नगरपालिका–२ बङ्क नवदुर्गा टोलका ३५ वर्षीय कुवेर दमाई मृत भेटिएका हुन् ।

दमाईको शव घरदेखि करिब पाँच सय मिटर टाढा बन्द नदी किनारमा गाडिएको अवस्थामा फेला परेको इलाका प्रहरी कार्यालय झलारीका प्रहरी निरीक्षक सूर्यबहादुर शाहीले जानकारी दिए । स्थानीयले बाख्रा चराउन जाने क्रममा नदीेको किनारमा खनेको माटो देखेपछि बिहीबार साँझ प्रहरीलाई खबर गरेका थिए । दमाई सोमबारदेखि बेपत्ता थिए ।

“खाल्डोमा सडेगलेको अवस्थामा शव फेला परेको छ”, उनले भने, “हत्या गरिएको हो वा अन्य कारणले मृत्यु भई शव गाडिएको भन्नेबारे पत्ता लगाउन अनुसन्धान जारी छ ।” शव परीक्षणका लागि महाकाली प्रादेशिक अस्पताल महेन्द्रनगर पठाइएको छ ।


प्रकाशित मिति: १९ श्रावण २०८०, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?