Trending
>>   निर्णय नलिने प्रोजेक्ट म्यानेजरलाई छानविन गरेर कारबाही गर्नुपर्छः कुलमान घिसिङ >>   लुम्बिनीमा भारत–नेपाल सांस्कृतिक महोत्सवको तेस्रो संस्करण सम्पन्न(तस्बिरसहित) >>   इन्धनबाट चल्ने गाडीहरु विस्थापन हुँदा सयौँ मजदुरहरु पलायन हुने स्थिति आयोः श्रेष्ठ >>   देशभरका भन्सार कार्यालयमा पेन डाउन, जाँचपास सेवा पूर्णरूपमा ठप्प >>   यो चुनावी सरकार मात्र होइन,कसैको धम्कीबाट डराउँदैनौँः प्रधानमन्त्री कार्की >>   सुरेश रजकलाई शहीद घोषणा गर्ने सरकारको निर्णय >>   प्रधानमन्त्रीसँगको भेटपछि दुर्गा प्रसाईंः फागुनमा निर्वाचन हुँदैन, माग पूरा नभए जनविद्रोह हुन्छ >>   आगामी निर्वाचनमा दुई तिहाई बहुमत ल्याउछौँः वामदेव गौतम >>   ईश्वर पोखरेलले पार्टी कार्यालयमा बुझाए पार्टी महाधिवेशनका लागि तयार पारिएको अवधारणा पत्र >>   देशको खाद्य सुरक्षा कायम गर्न सरकार लागिपरेको छः मन्त्री परियार
Logo
२३ मंसिर २०८२, मंगलवार
२३ मंसिर २०८२, मंगलवार

नेपालमा बन्यो एनिमेटेड चलचित्र ‘सलिना : योद्धा राजकुमारी’


१८ श्रावण, काठमाडाैँ । नेपालमा एनिमेटेड चलचित्र बनेको छ । ‘सलिना ः योद्धा राजकुमारी’ नाम दिइएको चलचित्रको केही झलकसमेत सार्वजनिक गरिएको छ । राजकुमारी र राक्षसनीबीचको लडाइँको लोककथामा आधारित चलचित्र निर्माण हुन छ वर्ष लागेको सम्पादक शिव पुरीले जानकारी दिए ।

“यो हाम्रो लागि नयाँ प्रयाश पनि हो, यस्ता चलचित्रको भविष्य के कस्तो छ भन्ने यसले निर्धारण गर्नेछ”, सम्पादक पुरीले भने । रेनमेकर एनिमेसन र भिजुअल इफेक्ट एकेडेमीले संयुक्त रुपमा तयार पाएको चलचित्रलाई तेजशराज जोशीले निर्देशन गरेका छन् ।

सम्पादक पुरीसँगै श्रुति श्रेष्ठले सम्पादन गरेको चलचित्रमा सगिन महर्जन, अविनाशसिंह थारु र शिरभा मानन्धर ग्राफिक्स कलाकार छन् । कृष्मा राजकर्णिकार, लजिना श्रेष्ठ, बेनिशा खतिवडा, अदिती ज्ञवाली, एज्मे कुइँकेल, झरना राई, तेजशराज जोशी, सुशील नेपाल, देव न्यौपाने, युविन पुजारी, जुना थापा, कुमार न्यौपानेलगायतले स्वराङ्कन गरेको चलचित्रलाई निर्देशक जोशी र सम्पादक श्रेष्ठले निर्माण गरेका हुन् ।


प्रकाशित मिति: १८ श्रावण २०८०, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?