Trending
>>   पेट्रोलियमको मूल्य नबढेसम्म चाडपर्वमा भाडा बढाउँदैनौँः अध्यक्ष सिटौला >>   पुनर्निर्माणमा मोडेल परिवर्तनः ‘टाउनसिप’ मोडेलमा बस्ती विकास गरिने’ >>   एउटै आन्दोलनमा निधन भएकाहरु शहीद अनि बाचेकाहरु अपराधी कसरी ? >>   रसुवा बाढीमा सम्पर्कविहीनहरु अब जीवित भेट्टिने सम्भावना कम छ: गृहसचिव शर्मा >>   गएको साता ८७ अंकले बढेको नेप्सेको यो साता कस्तो रहला ? >>   सम्पती धितोमा आधारित कर्जा प्रणालीले परियोजना कर्जालाई निरुत्साहित गर्‍योः राष्ट्र बैंक >>   नेपाल शक्ति राष्ट्रको प्रतिष्पर्धाको ‘भिक्टिम’ बन्नु हुँदैन:पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी >>   संविधान नागरिकका सपना, आशा र अधिकारको साझा प्रतिज्ञा होः राष्ट्रपति पौडेल >>   संविधान केवल कानूनी दस्तावेज र शब्दहरूको संग्रह होइनः प्रदेश प्रमुख देवकोटा >>   मुलुकमा भ्रष्टाचार र दण्डहिनताको जरा गहिरो छः प्रधानमन्त्री बालेन्द्र शाह
Logo
५ आश्विन २०८३, सोमबार
५ आश्विन २०८३, सोमबार

गमगढी–बालै सडक दुई महिनापछि सञ्चालनमा


गमगढी–बालै सडक दुई महिनापछि सञ्चालनमा आएको छ । असोजको तेस्रो साता परेको वर्षासँगै विभिन्न ठाउँमा पहिरो खसेपछि उक्त सडक अवरुद्ध भएको थियो । छायाँनाथ रारा नगरपालिकाको पहलमा सडकमा खसेको पहिरो र ढुङ्गा पन्छाएपछि सडक सञ्चालनमा आएको हो ।

लामो समयसम्म सडक बन्द हुँदा छायाँनाथ रारा नगरपालिकाका स्थानीयवासीलाई दैनिक उपभोग्य वस्तु ढुवानी गर्न र विद्यालय आउजाउमा विद्यार्थीलाई कठिनाइ भएको थियो । छायाँनाथ रारा नगरपालिका–१ की रामछिता नेपालीले सडक सञ्चालनपछि स्थानीयवासीलाई सुविधा पुगेको बताउनुभयो ।सडक सञ्चालनसँगै गाउँमा उत्पादित कृषि उपज सदरमुकाम र जिल्ला बाहिर लैजान सहज भएको छ । स्थानीय रामकृष्ण भामले कोदो, सिमी, फापरलगायत उत्पादन खरिद गर्न जिल्ला बाहिरका व्यापारी आउन थालेका बताउनुभयो । सडक सञ्चालनपछि बालुवा, गिट्टी र ढुङ्गाको बिक्री बढेको छ । स्थानीयस्तरमा विकास निर्माणमा प्रयोग हुने सामग्री ढुवानी गर्न सहज भएको छायाँनाथ रारा पालिका–६ का हर्कबहादुर कुलालले बताउनुभयो ।

गमगढी–बालै सडक खुलाउन छायाँनाथ रारा नगरपालिकाले पहल गरेको हो । नगरप्रमुख विष्णुकुमार भामले नगरपालिकाको सहकार्यमा भौतिक पूर्वाधार विकास कार्यालयसँग सहकार्य गरी सडक सञ्चालनमा आएको बताउनुभयो । “सडक स्तरोन्नति गरी कालोपत्र गर्न प्रदेश र सङ्घीय सरकारसँग पहल भइरहेको छ”, उहाँले भन्नुभयो ।


प्रकाशित मिति: १५ पुष २०७९, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?