Trending
>>   बालेनलक्षित ओलीको टिप्पणी :‘देशमा चर्चित भनिएकाहरु नै नसामा भेटिन्छन्’ >>   नेपालको न्यायपालिका विकास विरोधी छैनः न्यायाधीश ढुंगाना >>   कुहिरो र हुस्सुले जनकपुरको जनजीवन प्रभावितः स्थानीय सरकारले चासो नदिएको गुनासो >>   विपद् जोखिम न्युनिकरणका लागि पूर्वसूचना सबैको पहुँचमा पुग्नुपर्छः सरोकारवाला >>   मान्छे कर्मले सधैँ अमर रहन्छः सञ्चारमन्त्री खरेल >>   २५ अर्ब निक्षेप खिच्दै राष्ट्र बैंक >>   प्रतिनिधिसभा चुनावका लागि महोत्तरी–४ बाट प्रचण्डको नाम सिफारिस >>   निर्वाचन आयोगको कडा कदमः ६ दल खारेज >>   सरकार एमाले निर्वाचनमा सहभागी होस् भन्ने चाहँदैनः रघुवीर महासेठ >>   शान्तिपूर्ण निर्वाचनका लागि राजनीतिक दलहरुसँग सघन संवाद जरुरीः नेकपा
Logo
१० पुष २०८२, बिहीबार
१० पुष २०८२, बिहीबार

माओवादी केन्द्रको स्थायी समिति बैठक सुरु


१७ श्रावण, काठमाडाैँ । नेकपा (माआवादी केन्द्र) को स्थायी समितिको बैठक सुरु भएको छ । पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बैठक केहीबेर अघि सुरु भएको हो ।

बैठकमा आजदेखि राजधानीमा सुरु हुने केन्द्रीय समिति बैठकको सम्बन्धमा छलफल हुने माओवादीले जनाएको छ । बैठकले केन्द्रीय समितिमा पेस हुने राजनीतिक तथा साङ्गठनिक दस्तावेजलाई अन्तिम रुप दिनेछ । स्थायी समिति अगाडि पार्टी मुख्यालयमा केन्द्रीय समितिको ‘एजेन्डा’ तय गर्न पदाधिकारी बैठक बसेको थियो । पदाधिकारी बैठकमा केन्द्रीय समिति बैठकका बारेमा छलफल भएको बताइएको छ ।

कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा हुने केन्द्रीय समिति बैठकमा पार्टी अध्यक्ष एवम् प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राजनीतिक तथा साङ्गठनिक प्रस्ताव पेस गर्नेछन् । उक्त प्रस्तावमाथि सबै केन्द्रीय सदस्यले धारणा राख्नेछन् । बैठकमा तीन सय ८५ पूर्ण केन्द्रीय सदस्य, एक सय ९८ वैकल्पिक केन्द्रीय सदस्य, तीन आयोगका ७५ सदस्य र पार्टीको १० प्रदेश पदाधिकारी एक सय गरी सात सय ५८ जनाको सहभागिता रहने माओवादी केन्द्रले जनाएको छ ।


प्रकाशित मिति: १७ श्रावण २०८०, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?