Trending
>>   ‘रास्वपा सांसद जगदीश खरेललाई नेवार बन्ने रहर–मागे ज्यापू समाजको मानार्थ सदस्य’ >>   जलवायु न्यायको बाटोमा घरेलु सुशासनको ऐना >>   ललितपुरका अधिकांश सम्पदा संरक्षण तथा पुनर्निर्माणका काम गरिसक्यौँः चिरिबाबु महर्जन >>   हावाहुरीले बुढीचौरका गोलभेँडा खेतीमा क्षति, किसानको लगानी जोखिममा >>   सम्पदा र संस्कृति संरक्षणका लागि आवश्यक कानून निर्माणमा पहल गर्छुः सभामुख अर्याल >>   कुलेखानी ड्याम सुरक्षित छः ऊर्जामन्त्री श्रेष्ठ >>   काँग्रेस फुटेको छैन, विवाद मिलाउने जिम्मेवारी हाम्रो होः डा. सुनिल शर्मा >>   सुनिल शर्माले गरे काँग्रेस महामन्त्रीमा उम्मेद्वारी घोषणा >>   हेटौंडामा सुमो काउन्टर एकै ठाउँमा ल्याइँदै, बजारको ट्राफिक चाप घटाउने तयारी >>   बाढीपछिको पुनःस्थापनामा प्रभावित नागरिकको जीविकोपार्जनलाई प्राथमिकता दिन सांसदहरुको आग्रह
Logo
१७ आश्विन २०८३, शनिबार
१७ आश्विन २०८३, शनिबार

माओवादी केन्द्रको स्थायी समिति बैठक सुरु


१७ श्रावण, काठमाडाैँ । नेकपा (माआवादी केन्द्र) को स्थायी समितिको बैठक सुरु भएको छ । पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बैठक केहीबेर अघि सुरु भएको हो ।

बैठकमा आजदेखि राजधानीमा सुरु हुने केन्द्रीय समिति बैठकको सम्बन्धमा छलफल हुने माओवादीले जनाएको छ । बैठकले केन्द्रीय समितिमा पेस हुने राजनीतिक तथा साङ्गठनिक दस्तावेजलाई अन्तिम रुप दिनेछ । स्थायी समिति अगाडि पार्टी मुख्यालयमा केन्द्रीय समितिको ‘एजेन्डा’ तय गर्न पदाधिकारी बैठक बसेको थियो । पदाधिकारी बैठकमा केन्द्रीय समिति बैठकका बारेमा छलफल भएको बताइएको छ ।

कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा हुने केन्द्रीय समिति बैठकमा पार्टी अध्यक्ष एवम् प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राजनीतिक तथा साङ्गठनिक प्रस्ताव पेस गर्नेछन् । उक्त प्रस्तावमाथि सबै केन्द्रीय सदस्यले धारणा राख्नेछन् । बैठकमा तीन सय ८५ पूर्ण केन्द्रीय सदस्य, एक सय ९८ वैकल्पिक केन्द्रीय सदस्य, तीन आयोगका ७५ सदस्य र पार्टीको १० प्रदेश पदाधिकारी एक सय गरी सात सय ५८ जनाको सहभागिता रहने माओवादी केन्द्रले जनाएको छ ।


प्रकाशित मिति: १७ श्रावण २०८०, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?