Trending
>>   नेपाल प्रहरीलाई भविष्यउन्मुख बनाउने आईजीपी कार्कीको संकल्प >>   खगेन्द्र सुनारबारे सरकारः प्रक्रियाअनुसार अनुसन्धान हुन्छ >>   पार्टीभित्रका असन्तुष्ट पक्षलाई समेटेर अघि बढ्छुः सभापति थापा >>   सात दशक पुरानो कानून विस्थापन गर्दै नयाँ प्रहरी विधेयक ल्याउने सरकारको तयारी >>   प्रहरी समायोजन नहुँदा संघीयता कार्यान्वयनमा चुनौती देखियोः मुख्यमन्त्री थापा मगर >>   एक दिनमा ५० पटकसम्म वालेटमा रकम जम्मा गर्न सकिने >>   पार्टीका नियमित कामबाट अलग भएर ‘समुन्नति’ को अभियानमा लाग्छुः सभापति थापा >>   अध्यादेशको विरोध गर्दै काँग्रेसले भन्योः भूमि सम्बन्धी अध्यादेश संसदबाटै ल्याउनुपर्छ >>   नेपाल–भारत सम्बन्धलाई परिणाममुखी र आधुनिक आर्थिक साझेदारीमा बदल्नुपर्छः परराष्ट्रमन्त्री >>   प्रहरी प्रशासनलाई गृहमन्त्रीको निर्देशनः जनतालाई केन्द्रमा राखेर काम गर्नूस्
Logo
१ कार्तिक २०८३, शनिबार
१ कार्तिक २०८३, शनिबार

उपप्रधानमन्त्री लिङ्देन र युरोपेली युनियनका राजदूत डिप्रेजबीच शिष्टाचार भेट


उपप्रधानमन्त्री एवं ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री राजेन्द्र लिङ्देनसँग नेपालका लागि युरोपेली युनियनका राजदूत नोना डिप्रेजबीच आज मन्त्रालयमा शिष्टाचार भेट भएको छ । मन्त्रालयमा भएको भेटवार्तामा उपप्रधानमन्त्री लिङ्देनले विद्युत् उत्पादन, प्रसारण र बजारीकरणलाई प्राथमिकता दिई काम गरिरहेको उल्लेख गर्दै हरित ग्यास उत्पादनको सम्भाव्यता अध्ययन र नीति निर्माणमा समेत निजी लगानीकर्ता र सरोकारवाला पक्षसँग छलफल भइरहेको जानकारी दिनुभयो ।

छिमेकी राष्ट्रलाई विद्युत् निर्यात गर्ने विषयमा राजदूत डिप्रेजको जिज्ञासामा उहाँले बङ्गलादेशसँगको सम्झौता प्रक्रियामा रहेको नेपालले ठूलो मात्रामा विद्युत् निर्यात गर्ने गरी व्यापार सम्झौता गर्न लागेको बताउनुभयोे । उपप्रधानमन्त्री लिङ्देनले आवश्यक ट्रान्समिसनको व्यवस्थासहित समानान्तररूपमा अन्तरदेशीय प्रसारण लाइन विस्तार गरी अन्य छिमेकी मुलुकसँग विद्युत् निर्यात गर्ने गरी व्यापार सम्झौता गरिने स्पष्ट गर्नुभयो ।

नवीकरणीय ऊर्जाको क्षेत्रमा नेपाललाई प्राप्त सहयोगका लागि युरोपेली युनियनललाई धन्यवाद दिँदै उहाँले भविष्यमा पनि ऊर्जा क्षेत्रमा सहयोग प्राप्त हुने विश्वास व्यक्त गर्नुभएको उपप्रधानमन्त्री लिङ्देनका प्रेस संयोजक रञ्जित प्रसाईंद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।


प्रकाशित मिति: २६ माघ २०७९, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?